Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

बैंकको हरेक कारोबार गर्दा एसएमएस अलर्ट अनिवार्य

\"\"काठमाडौं, २३ चैत । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई हरेक कारोबारको सूचना (सतर्कता सन्देश) दिनुपर्ने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले करिब दुई महिनाअघि दिएको उक्त निर्देशन आउँदो वैशाख १६ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आइसक्नुपर्ने छ । त्यसपछि प्रत्येक ग्राहकको प्रत्येक कारोबारको सूचना अनिवार्य रूपमा एसएमएसमार्फत दिनुपर्ने छ । आजको कान्तिपुरमा खबर छ– पछिल्लो समयमा एटीएममार्फत चोरी बढेपछि ग्राहकलाई सचेत बनाउन यसो गर्न लागिएको हो । ‘प्रत्येक कारोबारपछि अनिवार्य रूपमा सम्बद्ध ग्राहकलाई तत्काल एसएमएस अलर्ट दिनुपर्ने छ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । यस्तो एसएमएस सुविधाबापत थप शुल्क लिन नपाइने पनि राष्ट्र बैंकले जनाएको छ । ‘यो ग्राहकले खाता खोलेबापत बैंकले दिने सुविधा हो । त्यसैले एसएमएसमार्फत थप शुल्क उठाउन पाइँदैन,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । निर्देशनमा शुल्कबारे केही उल्लेख नभए पनि बैंकले निस्शुल्क एसएमएस सुविधा दिनैपर्ने उनले बताए । हाल बैंक तथा वित्तीय संस्थाले अतिरिक्त सेवाअन्तर्गत थप शुल्क लिएर एसएमएस, इमेललगायतमा सतर्कता–सन्देश दिँदै आएका छन् । त्यस्तो शुल्क बैंकअनुसार फरक–फरक छ । बैंक तथा वित्तीय संस्थाले भने निस्शुल्क एसएमएस सुविधा दिन नसकिने बताएका छन् । एसएमएस सुविधा दिएबापत आफूहरूले मोबाइल सेवा प्रदायकहरूलाई पैसा तिर्नुपर्ने भएकाले ग्राहकलाई निस्शुल्क सेवा दिन नसकिने उनीहरूको तर्क छ । ‘राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई सतर्कता सन्देश दिन सुरु गरेका छन्,’ बैंकर्स संघका कार्यकारी सदस्य भुवन दाहालले भने, ‘तर त्यसबापत ग्राहकले शुल्क तिर्नुपर्छ ।’ गत पुससम्म बैंक तथा वित्तीय संस्थामा १ करोड ८२ लाख निक्षेप खाता खुलेका छन् । ऋण खाताको संख्या ११ लाख ५६ हजार छ । सोही अवधिमा २२ लाख ३६ हजार ग्राहकले मोबाइल बैंकिङ सुविधा लिएका छन् । इन्टरनेट बैंकिङ सेवा लिनेको संख्या ५ लाख ६४ हजार छ । बैंक तथा वित्तीय संस्थाले करिब २ हजार एटीएममार्फत बैंकिङ सेवा दिइरहेका छन् । पुससम्म साढे ४८ लाख एटीएम कार्ड जारी भएको राष्ट्र बैंकको तथ्यांक छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE