Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

वैशाखदेखि देशभर लोडसेडिङ नहुने

\"\"काठमाडौं, २३ चैत । दैनिक घन्टौं लोडसेडिङको सामना गर्दै आएका उपभोक्ताले वैशाखदेखि भने त्यस्तो समस्या झेल्न नपर्ने भएको छ । बिहान र बेलुकाको पिक आवरमा समेत विद्युत् कटौती गर्न छाडेको नेपाल विद्युत् प्राधिकरणले आगामी वैशाखदेखि मुलुकभरबाट पूर्ण रूपमा लोडसेडिङ हटाउने घोषणा गरेको छ । प्राधिकरणको यस घोषणासँगै लोडसेडिङका कारण वर्षौंदेखि सास्ती बेहोर्दै आएका उपभोक्तालाई राहत मिल्ने भएको छ । आजको राजधानी दैनिकमा खबर छ– प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर अब पिक आवरमा समेत लोडसेडिङ नहुने घोषणा गरे । मंगलबार प्राधिकरणमा सञ्चारकर्र्मीहरूसँग कुरा गर्दै घिसिङले आगामी वैशाखदेखि उद्योग क्षेत्रमा समेत २४ घण्टा बिजुली दिने उद्घोषसहित मुलुकबाट सदाका लागि लोडसेडिङ अन्त्य भएको घोषणा गरे । हाल औद्योगिक क्षेत्रमा दैनिक ४ घण्टा विद्युत् कटौती हुँदै आएको छ । प्राधिकरणले बर्खायाममा मात्र नभई हिउँदमा समेत लोडसेडिङ हुन नदिने योजना तयार गरिसकेको बताउँदै कार्यकारी निर्देशक घिसिङले अब जनताले पुनः लोडसेडिङको सास्ती झेल्न नपर्ने बताए । उनले लामो समयदेखि लोडसेडिङबाट आक्रान्त भएको मुलुक अब बिजुली बिक्री गर्ने अवस्थामा पुग्न लागेको दाबीसमेत गरे । उनले तामाकोसीबाट विद्युत् उत्पादन सुरु भएपछि वर्षको ६ महिना नेपालले बिजुली बेच्न सक्ने तथ्यांकसमेत प्रस्तुत गरे । भारतबाट थप विद्युत् आयातका लागि रक्सौल–परवानीपुर र कटैया–कुशाहा प्रसारण लाइन तयार भइसकेको उल्लेख गर्दै घिसिङले यी दुई प्वाइन्टबाट सय मेगावाट हाराहारी बिजुली ल्याउन सकिने बताए । ढल्केबर सब–स्टेसनसमेत केही महिनामा निर्माण पूरा हुने र त्यसपछि २ सय २० केभीएमा चार्ज हुने उनको भनाइ छ । यसबाहेक स्वदेशी आयोजनाबाट समेत २ सय मेगावाट हाराहारी बिजुली थप हुने घिसिङले बताए । निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट सो परिमाणको बिजुली थपिन लागेको हो । त्यसमध्ये थप ३० मेगावाट बढी बिजुली चालू आर्थिक वर्षमा नै राष्ट्रिय प्रसारण लाइनमा जोडिने उनले बताए । विद्युत् आयात प्वाइन्टहरू फ्लेक्जिबल भएको उल्लेख गर्दै उनले अब लोडसेडिङ चिन्ताको विषय नरहेको प्रस्ट पारे । यसपालि समेत अहिलेसम्मको अवस्थामा प्राधिकरण सोचेभन्दा बढी सफल भएको घिसिङको दाबी छ । अहिले उद्योगमा साँझ ४ घण्टाबाहेक देशको कुनै पनि भागमा लोडसेडिङ नरहेको घिसिङले बताए । मौसमका कारण बेलाबेला बिजुली जाने गरे पनि आपूर्तिमा समस्या नरहेको उनले बताए । ‘चट्याङलगायत कारणले ठाउँठाउँमा बिजुली जाने गरेको छ,’ उनले भने, ‘तर त्यो बिजुली आपूर्तिका कारणले होइन ।’ प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले देशभर ‘पिक आवर’ को लोडसेडिङ हटेको हुनाले अब प्राधिकरणको ध्यान निर्माणाधीन आयोजना सम्पन्न गर्न र काठमाडौंका ट्रान्सफर्मर अपग्रेडिङमा जाने जानकारी दिए । उनका अनुसार अहिलेका काठमाडौंका ट्रान्सफर्मर ४ सय मेगावाट क्षमताका छन् । यसलाई अपग्रेड गरेर हजार मेगावाट बनाउने योजना प्राधिकरणको छ । यसअघि काठमाडौं, पोखरा र चितवनलाई लोडसेडिङमुक्त घोषणा गरेको प्राधिकरणले देशका अन्य भागमा भने केही घण्टा विद्युत् कटौती गर्दै आएको थियो । अब पिकआवरमा देशभर नै लोडसेडिङ नहुने घिसिङले बताए । प्राधिकरणले बिहान ५ देखि ८ बजे र साँझ ५ देखि साढे ८ बजेसम्मलाई पिकआवर मानेको छ । लोडसेडिङ हटाउने अभियानमा मौसमका कारण पनि केही सहज भएको उनले बताए । ‘पुष, माघ, फागुन र चैतको सुक्यायाम समेत सहज ढंगले पार भएको छ,’ उनले भने । प्राधिकरणले तिहारयता राजधानीमा लोडसेडिङ अन्त्य गरेको थियो । १० कक्षाको बोर्ड परीक्षाको अवसर पारेर देशभरबाट लोडसेडिङ हटाउने परीक्षण सफल भएपछि विद्युत् कटौतीको समस्या नदोहोरिने निष्कर्षमा प्राधिकरण पुगेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending