Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

तीन ठूला दलको चुनावी तयारी तीव्र

\"\"काठमाडौं, २३ चैत । तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय तह चुनावको तयारी तीव्र बनाएका छन् । उम्मेदवार छनोट, प्रचार र घोषणापत्र तयार गर्न तीनै दलले नेताहरूलाई जिम्मेवारी दिइसकेका छन् । जिम्मेवारी पाएका तीनै पार्टीका समितिहरूले आफ्नो काम थालिसकेका छन् । आजको कान्तिपुरमा खबर छ– कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेल र घोषणापत्र मस्यौदा समितिका संयोजक महेश आचार्यले आ–आफ्नो समितिलाई पूर्णता दिँदै तयारी अघि बढाएका छन् । निर्वाचन परिचालन समिति सातै प्रदेशमा चुनावी सभा घोषणा गरी त्यसको तयारीमा जुटेको छ । मस्यौदा समितिले पनि घोषणापत्रमा समेट्ने विषयबारे सुझाव लिन थालेको छ । ‘हाम्रा सबै समितिले काम अघि बढाइरहेका छन्,’ वरिष्ठ नेता पौडेलले भने । कांग्रेसले निर्वाचन सार्नुपर्ने औचित्य नदेखेका कारण संविधान संशोधनमा साझा धारणा बनेका विषयलाई अघि बढाएरै मधेसी मोर्चाले निर्वाचनमा भाग लिनुपर्ने पौडेलले बताए । राष्ट्रिय सभा गठनका लागि बन्ने निर्वाचनमण्डलबाट स्थानीय तहका प्रमुखरउपप्रमुखको प्रतिनिधित्व हटाउन तयार भएपछि मोर्चाको सरोकार सम्बोधन भएको पौडेलको भनाइ छ । मधेसमा स्थानीय इकाईको संख्या कम हुँदा राष्ट्रिय सभाको प्रतिनिधित्वमा असर गर्ने भन्दै मोर्चाका नेताले स्थानीय इकाईको संख्या बढाउन माग गरेका हुन् । ‘मतदाता नामावली थप गर्ने र स्थानीय तहको संख्या बढाउने विषयले निर्वाचनका लागि अप्ठ्यारो बनाउँछ, यसले कतै निर्वाचन हुन नदिने उद्देश्य त होइन भन्ने शंका भएको छ,’ पौडेलले भने, ‘अन्तिम तयारी अघि बढिसकेकाले अब निर्वाचन सार्नु या दुई चरणमा गर्नुको औचित्य छैन ।’ उनले निर्वाचन सार्दा प्रधानमन्त्रीलाई फाइदा पुगे पनि मोर्चालाई कुनै फाइदा नहुने बताए । ‘औचित्यका आधारमा मोर्चाका माग सम्बोधन गर्न लचक छौं तर वैशाख ३१ मै निर्वाचन हुनुपर्छ,’ पौडेलले भने, ‘निर्वाचन आयोग र राजनीतिक दलले समेत सबै तयारी अघि बढाइसकेकाले फर्कने ठाउँ छैन ।’ कांग्रेसको निर्वाचन परिचालन समितिले मंगलबार पूर्वसांसद र शुभेच्छुक संघसंस्थाका प्रतिनिधिसँग छुट्टाछुट्टै परामर्श गरेको थियो । मस्यौदा समितिले पनि पार्टीको घोषणापत्रमा ल्याउनुपर्ने विषयबारे समितिका सदस्यबीच छलफल गरेको थियो । समितिले बुधबार बुद्धिजीवी, शुभेच्छुक र नागरिक समाजका प्रतिनिधिसँग बृहत् अन्तक्र्रिया गर्दैछ । दोस्रो ठूलो दल एमालेले चुनावका लागि गत साता नै उम्मेदवार छनोट मापदण्ड बनाएर तल्लो तहमा पठाइसकेको छ । स्थायी समितिको सोमबारको बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा घोषणापत्र र महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन समन्वय समिति बनाइएको छ । यी दुवै समितिले मंगलबारबाट आफ्नो काम थालेका छन् । गौतम संयोजकत्वको समितिले मंगलबार बैठक गरी विज्ञहरूबाट राय लिएर घोषणापत्रलाई अन्तिम रूप दिने निर्णय गरेको छ । घोषणापत्रमा मुलुकको विकास र समृद्धिको खाका अघि सार्ने र संविधानले नै समाजवाद स्थापनाको परिकल्पना गरेकाले त्यो दिशामा जाने खालको विकासको मार्गचित्र ल्याउन एमाले तयारी छ । ‘संविधानले नै अबको कार्यभार आर्थिकरसामाजिक रूपान्तरणमार्फत समाजवाद उन्मुख हुने तय गरिसकेकाले समाजवाद प्राप्तिका लागि आवश्यक घोषणापत्र जनतामा लैजाने गरी छलफल अघि बढाइएको छ,’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने । एमालेले प्रवासमा रहेका सबै नेपालीलाई स्वदेश फर्किएर चुनावमा भाग लिन अपिल गरेको छ । करिब २० वर्षपछि हुन लागेको स्थानीय चुनावबाट नेतृत्व छनोट गर्ने अवसरमा सकेसम्म स्वेदश आउन उसको आग्रह छ । संसदको तेस्रो शक्ति माओवादी केन्द्रले पनि घोषणापत्र, निर्देशिका र उम्मेदवार छनोट कार्यविधि बनाएर छलफलका लागि मातहत कमिटीमा पठाइसकेको छ । सरकारको नियमित कार्य सञ्चालनमा सहभागीबाहेक सबै नेतालाई जिल्ला र स्थानीय तहमा केन्द्रित गरिएको पार्टीले जनाएको छ । पार्टी निर्वाचन परिचालन समिति सदस्य विश्वभक्त दुलाल ‘आहुति’का अनुसार त्यसै कार्यविधि र निर्देशिकाअनुरूप वैशाख पहिलो साताभित्र देशैभरि उम्मेदवार घोषणा भइसक्ने छन् । ‘उम्मेदवार छनोटका लागि हामीले जिल्ला र सम्बन्धित स्थानीय तहअन्तर्गतका पार्टी कमिटीलाई निर्देशिका र कार्यविधि पठाइसकेका छौं,’ दुलालले भने, ‘त्यसलाई अगाडि बढाउन पार्टी केन्द्रका साथीहरू स्थानीय तहसम्म पुगिरहेका छन् । वैशाख पहिलो साता निर्वाचन समिति बैठक बसेर चुनाव परिचालनसम्बन्धी कामलाई अन्तिम रूप दिइनेछ ।’ माओवादी केन्द्रले यसअघि नै अर्को वर्ष पार्टी महाधिवेशन गर्ने कार्ययोजना बनाए पनि कतिपय मातहत कमिटीको एकता सम्मेलन अहिलेसम्म गर्न सकेको छैन । अधिवेशन गर्न बाँकी पार्टीका स्थानीय तह र जिल्ला अधिवेशन तथा भ्रातृ संगठनको समायोजन कार्यक्रमलाई पनि चुनावी तयारीकै रूपमा सम्पन्न गर्ने माओवादी केन्द्रको रणनीति छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending