Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सरकार-मोर्चा दूरी बढ्यो

\"\"काठमाडौं, २३ चैत । चीन भ्रमणबाट फर्केपछि सुस्ताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी दलहरूसँगको वार्ताका लागि कुनै तयारी गर्न सकेका छैनन् । चीनबाट फर्केपछि दलहरूबीच सहमति हुने बताएका प्रधानमन्त्री प्रचण्डले अहिले वार्ताका लागि कुनै पहलसम्म गरेका छैनन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ–गत आइतबारको बैठकमा मधेसी मोर्चाले दुईवटा नयाँ माग थपेपछि वार्ता सकारात्मक रूपमा अघि बढ्ने सम्भावना नदेखिएको हो । स्रोतका अनुसार मधेसी मोर्चाले मधेसमा छुटेको मतदाता नामावली पुनः संकलन गर्नुपर्ने र स्थानीय तहको संख्या बढाउनुपर्ने माग वार्तामा अघि सारेको थियो । तर स्थानीय तहको संख्या थप गरेर राजपत्रमा प्रकाशित गरिसकेको र सोहीअनुसार निर्वाचन आयोगले चुनावको तयारी थालेकाले त्यसलाई हेरफेर गर्न नसकिने निष्कर्षमा सरकार पुगेको हो । निर्वाचन आयोगले पनि स्थानीय तहको संख्या फेरि हेरफेर गरेर वैशाख ३१ मा चुनाव हुन नसक्ने सुझाव प्रधानमन्त्री प्रचण्डलाई दिएको छ । मोर्चाको माग सम्बोधन गर्न नसकिने भएपछि सहमतिमा वैशाख ३१ मा स्थानीय तहको चुनाव हुने सम्भावना घट्दै गएको छ । ‘वार्ताका लागि सरकारले पहल नै गरेको छैन’, वार्ताका लागि गठन गरिएको अनौपचारिक कार्यदलका सदस्य रहेका मोर्चाका नेता लक्ष्मणलाल कर्णले भने। सरकारले वार्तालाई महत्व दिन छाडेपछि मोर्चामा सहभागी दलहरू भने समस्या समाधान भएर चुनाव हुने सम्भावना नरहेको निष्कर्षमा पुगेका छन् । संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ समस्या समाधान हुने अवस्था नदेखिएको बताउँछन् । ‘समस्या समाधान हुने स्थिति देखिएको छैन’, श्रेष्ठले भने । चुनावको मिति पाँच साता मात्रै बाँकी रहँदा मधेसी मोर्चासँग सहमति हुन नसकेपछि वैशाख ३१ मै चुनाव हुनेमा थप आशंका उब्जिएको छ । मोर्चाले चुनावमा भाग नलिए के गर्ने भन्ने विषयमा पनि सत्तारूढ दलहरू प्रस्ट छैनन् । कांग्रेसले मधेसमा पनि सहज रूपमा चुनाव हुने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्री प्रचण्ड भने मोर्चाको माग सम्बोधन गर्न सकिनेमा सकारात्मक भएपछि एकै चरणमा चुनाव गर्न सम्भव नहुने भन्दै दुई चरणमा चुनावमा जानुपर्ने पक्षमा छन् । यता कांग्रेस भने जेठ १५ गते बजेट ल्याउनैपर्ने संविधानमै व्यवस्था भएकाले चुनाव दुई चरणमा गर्न नहुने पक्षमा उभिएको छ । उसले वैशाख ३१ मै चुनाव गर्ने गरी मोर्चालाई सहमतिमा ल्याएर अघि बढ्नुपर्ने धारणा राख्दै आएको छ ।मोर्चाका पछिल्ला माग पूरा गर्न नसकिने भएपछि चुनावका लागि देशभर बन्दै गएको वातावरण खल्बलिने हो कि भन्ने आशंका उब्जिएको छ । प्रधानमन्त्री प्रचण्डले एकातिर उपप्रधानमन्त्रीको मर्यादाक्रम विवाद निम्त्याएर मन्त्रिपरिषद् बैठक राख्न सकेका छैनन् भने मोर्चासँग सहमति नजिक पुगेको वार्ता पनि फेरि तोडिने अवस्थामा पुगेको छ ।सरकारमा सहभागी दल, मधेसी मोर्चा र प्रतिपक्ष एमालेबीच संविधान संशोधन प्रस्तावको प्रदेशको सीमांकन हेरफेर संघीय आयोगले टुंग्याउने गरी तत्काल स्थगन गर्ने सहमति भएको थियो । संशोधन प्रस्तावमा पूरक विधेयक पेस गरेर राष्ट्रिय सभाका सदस्य चयनमा स्थानीय तहको प्रमुख र उपप्रमुखले मतदान गर्ने अधिकार कटौती गर्ने लगभग सहमति भएको थियो । तर चुनावको मुखमा मधेसमा मतदाता नामावली पुनः लिनुपर्ने र स्थानीय तहको संख्या पनि थप गर्नुपर्ने मोर्चाको नयाँ मागले वार्ता सफल हुने सम्भावना क्षीण बन्दै गएको हो । सहमतिको खाका तयार गर्न माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठका साथै राप्रपा नेता एवं आपूर्तिमन्त्री दीपक बोहोरा रहेको अनौपचारिक कार्यदल बनेको थियो । उक्त कार्यदलले एमालेसँग पनि छलफल गरी सहमतिको प्रयास गरेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending