Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

अनलाइनबाटै हुन्डी कारोबार

\"\"काठमाडौं, २३ चैत । अमेरिका जाने प्रलोभनमा काठमाडौंका एक युवक ठगिए । एक अमेरिकन व्यक्तिले उनीबाट ६ सय ६० डलर हात पारे । पैसा लिएपछि ती व्यक्ति बेपत्ता भए । ठगिएका युवक उजुरी लिएर महानगरीय अपराध महाशाखा टेकु पुगे । तर, पैसा लिने व्यक्ति को हुन् भन्ने उनलाई नै थाहा छैन । किनकि उनले पैसा पठाउन अवैध रूपमा अनलाइन गेटवे प्रयोग गरेका थिए । आजको नयाँ पत्रिकामा खबर छ– अमेरिकामा नेपालबाट पैसा पठाउन सहज छैन । हुन्डीबाट पठाउँदा उता रिसिभ गर्न गाह्रो थियो । त्यसकारण ती अमेरिकीले पर्फेक्ट मनीनामक पेमेन्ट नेटवर्कमार्फत पैसा पठाउन लगाए । नेपालमा रहेका व्यक्तिले उक्त नेटवर्कमा खाता खोल्न पाउँदैनन् । उनले आफ्ना एजेन्ट विकास शाहीमार्फत पैसा पठाएका थिए । अनलाइनबाटै अवैध तरिकाले अमेरिकामा पैसा पठाइएकाले प्रहरीले ठगी गर्ने गिरोहलाई पत्ता लगाउन सकेन । अनलाइन कारोबारको सरकारी निकायले नियमन गर्दैनन् ठगी मात्र होइन, अन्य विभिन्न कारोबारमा पनि अवैध रूपमा अनलाइनबाट पैसाको कारोबार हुँदै आएको छ । हरेक दिन अनलाइनबाट यस्ता सयौँ कारोबार हुने गरेका छन्, जुन कारोबारको राज्यको कुनै पनि निकायबाट नियमन हुने गरेको छैन । नेपालमा दर्ता नै नगरी अनलाइन गेटवेमार्फत ठूलो मात्रामा अवैध डलर कारोबार भइरहेको छ । विदेशमा अवैध रूपमा पैसा पठाउन र कुनै सामान किनेर पेमेन्ट गर्न अवैध रूपमा अनलाइन कारोबार हुँदै आएको छ । यसरी करोडौँ रुपैयाँ अवैध बाटो हुँदै विदेश पुग्ने गरेको छ । सरकारी निकायले नियमन नगर्दा यस्तो कारोबार फस्टाउँदै गएको हो । महाशाखाले सुरु गर्यो अनुसन्धान ठगिएका पीडित युवक उजुरी लिएर महाशाखा गएपछि प्रहरीले अवैध रूपमा भइरहेका कारोबारउपर छानबिन थालेको छ । प्रहरीले एजेन्टका रूपमा काम गर्ने शाहीलाई पक्राउ गरेको छ । उनको पेसा नै यही भएको खुलेको छ । उनले आफूजस्ता धेरै व्यक्तिले यस्तो काम गर्दै आएको बताएका छन् । महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार प्रहरी अनुसन्धान प्रारम्भिक चरणमै छ । अनुसन्धानका क्रममा कतिपयले कार्यालय नै खोलेर यस्तो अवैध कारोबारको धन्दा चलाइरहेका छन् । पेपाल, पर्फेक्ट मनी, स्क्रिल, पायोनियर, पेजा, नेटलर, वालेटजस्तो विश्वका प्रचलित अनलाइन पेमेन्ट गेटवे प्रयोग गरी नेपालबाट समेत हुन्डी तथा डलरको अवैध कारोबार हुँदै आएको छ । ती कम्पनीले नेपालमा कारोबारका लागि अनुमति लिएका छैनन् । तर, तिनै गेटवेहरू प्रयोग गरी ठूलो मात्रामा कारोबारहरू भइरहेको छ । अनुगमन र कारबाही गर्ने जिम्मेवारी भएको नेपाल राष्ट्र बैंकले यसमा चासो नै दिएको छैन । कार्यालय नै खोलेर कारोबार स्रोतका अनुसार ठमेललगायतका क्षेत्रमा कार्यालय नै खोलेर केहीले यस्तो कारोबार गर्र्दै आएका छन् । ट्राभल एजेन्सी, आइटीसम्बन्धी काम गर्ने कार्यालय खोलेर उनीहरूले डलरको अवैध कारोबार गर्दछन् । अनलाइन गेटवेबाट विदेशमा पैसा पठाउने मात्र होइन, उनीहरूले डलरको समेत अवैध खरिदबिक्री गर्दै आएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए । सामाजिक सञ्जालमा खरिद–बिक्री अनलाइन कारोबारका लागि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न समूहहरू बनाइएको छ । सोही समूहबाट पेपाललगायत अकाउन्टहरू खरिदबिक्रीसमेत हुने गरेको छ । पेपाललगायत अन्तर्राष्ट्रिय कम्पनीले नेपालमा बस्ने व्यक्तिहरूको अकाउन्ट अस्वीकार गर्ने भएकाले विदेशमा बस्ने व्यक्तिले अकाउन्ट खोलेर बेच्ने गर्दछन् । त्यस्तै, पेपाललगायत अकाउन्टमा भएको ब्यालेन्सको समेत खरिदबिक्री हुने गरेको छ । सोही समूहले बिटक्वाइनको समेत कारोबार गर्ने महाशाखाका एसपी श्याम ज्ञवालीले बताए । फेसबुकलगायत सामाजिक सञ्जालमा ग्रुपहरू बनाएर डलरको अनलाइन किनबेच हुने गरेको महाशाखाका एसपी ज्ञवाली बताउँछन् । हालै नेपाल राष्ट्र बैंकले पेमेन्ट सिस्टमलाई नियमन हेर्न पेमेन्ट सिस्टम विभाग नै गठन गरेको छ । उक्त विभागले अनलाइनबाट हुने अवैध कारोबारमाथि अनुगमन थालेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । बैंकहरूद्वारा अनुमतिविनै कारोबार हालसम्म नेपालमा बैंकहरूले सञ्चालन गर्दै आएको इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डेबिट कार्डलगायतको सेवासमेत कानुनतः अवैध छन् । वर्षौँदेखि यस्तो सेवा दिँदै आएका ४७ बैंक तथा वित्तीय संस्थाले त्यस्तो कारोबारका लागि हालै मात्र आवेदन दिएका छन् । बैंक–वित्तीय संस्थाबाट अन्य ४० वटा कम्पनीले पेमेन्ट गेटवे सञ्चालनका लागि राष्ट्र बैंकमा आवेदन दिएका हुन् । लाइसेन्स दिने प्रक्रिया अघि बढाइएको प्रवक्ता पौडेलले बताए । विदेशी मुद्राको कारोबारलाई नियमित गर्न नेपाल राष्ट्र बैंकअन्तर्गत विदेशी विनिमय विभाग स्थापना गरिएको छ । तर, विभागले अनुगमनको काम राम्रोस“ग गर्न नसक्दा अनलाइनबाट अवैध डलर कारोबार बढेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE