Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

साझालाई 'रुटपरमिट' नदिन मन्त्रालयकै दबाब

\"\"काठमाडौं, २३ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेवास्ता गर्दा साझा यातायातले भक्तपुरमा सडक इजाजत (रुटपरमिट) पाउन सकेको छैन । आजको कान्तिपुरमा खबर छ– यातायात व्यवस्था विभाग अधिकारीले रुट इजाजतबारे ढिलाइ गर्दासमेत मन्त्रालयले कुनै चासो लिएको छैन । उल्टै रुट परमिट नदिन मन्त्रालयका अधिकारीले दबाब दिँदै आएको स्रोतको दाबी छ । ‘मन्त्रालयदेखि नै रुट परमिट नदिन दबाब आउँछ, हाम्रो प्रयासले मात्र केही चल्दैन,’ विभागका एक अधिकारीले भने, ‘सिन्डिकेटलाई मन्त्रालयले नै प्रश्रय दिन्छ अनि कसरी हुन्छ यातायात क्षेत्रमा सुधार ?’ साझा यातायातले भक्तपुरमा बस सञ्चालन गर्न रुट परमिटका लागि विभागमा निवेदन दर्ता गरेको तीन साता बितिसक्यो । साझाले कानुनी प्रक्रिया पुर्‍याएर भक्तपुरमा सेवा विस्तार गर्न खोजे पनि राजनीतिक दल र मन्त्रालयको दबाबमा विभागले अनुमति दिन सकेको छैन । ‘भक्तपुरवासीको अनुरोधमा बस सेवा विस्तार गर्न खोजेका हौं,’ साझा यातायातका कार्यकारी प्रमुख महेन्द्र पाण्डेले भने, ‘जनताको इच्छाविपरीत कोही चल्छ भने त्यसको छिनोफानो सरकारले गर्छ । हामी त सेवा दिन तयार छौं, जनता लिन आतुर छन् ।’ रुट परमिट पाएको भोलिपल्टैदेखि भक्तपुरका विभिन्न रुटमा २० वटा बस गुड्ने उनले बताए । सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार यातायात व्यवसायीले विभागको अनुमति लिएर जुनसुकै स्थानमा सवारी चलाउन सक्ने प्रावधान छ । तर, स्थानीय व्यवसायीको दादागिरी र मन्त्रालयको दबाबका सामु विभाग अधिकारी मौन छन् । नियमावलीमा ‘इजाजतपत्र लिन चाहने सवारीधनी वा व्यवस्थापकले तोकिएको दस्तुरसहित दरखास्त हाले सम्बन्धित कार्यालयले जाँचबुझ गरी ऐनको दफा ८१ बमोजिम अवधिका लागि अनुसूची–३५ अनुसारको ढाँचामा पटके बाटो इजाजतपत्र दिनुपर्ने’ प्रावधान छ । साझाले कानुनबमोजिम सार्वजनिक सवारीको बाटो इजाजतपत्र लिन सवारी जाँचपाससमेत गराइसकेको छ । विभागले नै सिन्डिकेटलाई प्रश्रय दिन खोजेको भन्ने भक्तपुरका बासिन्दाको आरोप छ । । भक्तपुर नवदुर्गा मन्दिर टोलका शिवराम वनमालाले विभागले नै ऐनविपरीत सिन्डिकेट लगाएको आरोप लगाए । ‘प्रतिस्पर्धाको युगमा पनि साझालाई चल्न दिन्नौं भन्दैछन्,’ उनले भने, ‘कहाँ गयो कानुनी राज्य ? अनि कसरी पाउँछन् जनताले सेवा रु’ यातायात व्यवस्था विभाग सानाठूला सवारी कार्यालय वागमतीका प्रमुख वसन्त अधिकारीले यसबारे ललितपुरका प्रमुख जिल्ला अधिकारी नेतृत्वको बैठकले निर्णय गर्ने बताए । ‘समस्या सुल्झाउन प्रजिअको नेतृत्वमा समिति गठन भइसकेको छ,’ उनले भने, ‘अब चाँडै निर्णय आउँछ होला ।’ १० दिनभित्र यातायात व्यवसायीलाई नै निर्णय गरेर निष्कर्षमा पुग्न मौका दिइएको समेत जनाउँदै अधिकारीले अन्यथा विभागले एकतर्फी रूपमा निर्णय गर्ने बताए । ललितपुरका प्रजिअ दीपक काफ्लेले रुटपरमिट दिने विषय प्रक्रियामै रहेकाले ढिलाइ भएको दाबी गरे । ‘भक्तपुर प्रशासनसँग छलफल गरेर निर्णय गर्छौं,’ उनले भने, ‘प्रतिस्पर्धात्मक हिसाबले यातायात व्यवसाय सञ्चालन गर्न लगाउनेछौं, सरकारले सिन्डिकेट हटाइसकेको छ ।’ कमलविनायक बसपार्क हुने गरी पुरानो र नयाँ रुटमा १०/१० वटा बस सञ्चालन गर्ने साझाको योजना छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE