Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

गृहमा क-कसको जागिर धरापमा ?

\"\"काठमाडौं, २२ चैत । संसदीय समितिको आइतबारको निर्णयका कारण गृह मन्त्रालयमा हलचल मच्चिएको छ । कर्मचारीकै मिलेमतोमा मानवतस्करी भएको भन्दै संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अध्यागमन कार्यालय एयरपोर्टका प्रमुखलाई निलम्बन गरी कारबाही गर्न निर्देशन दिएपछि गृहमा यसको तरंग उत्पन्न भएको हो । बैठकमा गएका गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले दोषीहरुलाई आफूले तत्काल कारबाही गर्ने बताएका थिए । ् दृष्टि साप्ताहिकमा खबर छ– अब को को निलम्बनमा पर्दछन् भन्ने हलचल गृहमन्त्रालयमा सुरु भएको छ । संसदीय समिति खाडी देशमा स्थलगत रुपमा गएर अनुसन्धान गर्दा मानवतस्करी भइरहेको खुलेको थियो । पीडितहरुले आफूहरुलाई एयरपोर्ट अध्यागमनका कर्मचारीहरुले केही सोध्दै नसोधी खाडी देश पठाएको बताए । भिजिट भिषामा गएका सयौं नेपाली युवायुवतीहरु खाडी तथा मध्यपूर्वी देशमा गएर अलपत्र पर्दै आएका छन् । मानवतस्करीमा संलग्न गिरोहले अध्यागमनका कर्मचारीलाई प्रभावमा पारी त्यसरी तस्करी गर्दै आएका हुन् । स्थलगत रिपोर्टपछि प्रभु शाह सभापति रहेको सो समितिले एयरपोर्टका अध्यागमनका प्रमुखलाई निलम्बन गर्न सिफारिस गरेको हो । एक वर्षयता एयरपोर्ट अध्यागमनमा उद्धव भट्टराई प्रमुख छन् । त्यस्तै २ महिनाअघिसम्म महानिर्देशकमा केदार न्यौपाने थिए । मानवतस्करीमा संलग्न गिरोहसँगको सम्बन्धकै कारण न्यौपाने २ वर्षसम्म विभागमा टिकेका थिए । हाल उनी गृह मन्त्रालयमा छन् । अध्यागमनमा वर्षौंदेखि मस्ती गर्दै आएका दर्जनौं कर्मचारीहरु छन् । जसले गृहमन्त्रालयका हाकिमलाई समेत खुशी बनाएर धन्दा चलाउँदै आएका छन् । यदी गृहले संसदीय समितिको निर्देशनअनुसार निष्पक्ष रुपमा छानबिन र कारबाही गरेमा अध्यागमनका दर्जनौं कर्मचारकिो जागिर जाने निश्चित छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending