Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

एमालेमा स्थानीय तहका उम्मेदवार प्रदेश र केन्द्रमा अयोग्य

\"\"काठमाडौं, २२ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको स्थानीय तह, प्रदेश र केन्द्रीय संसद्को निर्वाचनमा पार्टीको तर्फबाट एक व्यक्ति एक पदमा मात्रै उम्मेदवार हुन पाउने निर्णय गरेको छ । स्थानीय तहमा अकांक्षी धेरै देखिएपछि एक व्यक्ति एक निर्वाचनमा उम्मेदवारको बनाउने नीति एमालेले तय गरेको हो । आजको राजधानी दैनिकमा खबर छ– सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले अब हुने तीन तहको निर्वाचनमा पार्टीको तर्फबाट एक व्यक्ति एक तहको निर्वाचनमा मात्रै उम्मेदवार हुन पाउने निर्णय गरेको छ । एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले एउटै नेताले सवै तहको निर्वाचनमा उम्मेदवार बन्न खोज्ने प्रवृत्ति देखिएकाले एक व्यक्ति एक तहको मात्र उम्मेदवार हुन पाउने निर्णय गरिएको बताए । ‘एउटै व्यक्ति स्थानीय तह, प्रदेश र केन्द्रीय सांसदको पनि उम्मेदवार बन्नुहुँदैन, यता पराजित भए उताको उम्मेदवार ताक्ने प्रवृत्तिको अन्त्य होस् भन्नलाई यस्तो निर्णय गरिएको हो,’ बैठकपछि भट्टराईले भने, ‘एउटा नेता स्थानीय तह, प्रदेश वा केन्द्रीय संसद्मध्ये एक ठाउँमा मात्रै उम्मेदवार उठ्न पाउँछ ।’ आगामी ३१ वैशाखमा स्थानीय तहको निर्वाचन मिति तोकिएको छ । संविधानमा भएको व्यवस्थाअनुसार ७ माघ २०७४ भित्र प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन हुने भएकाले एमालेले यस्तो निर्णय गरेको हो । बैठकले स्थानीय तहका उम्मेदवारको सिफारिस गर्न समयसीमा तोकेरै सम्बन्धित कमिटीलाई निर्देशनसमेत दिएको छ । बैठकले वडा कमिटीलाई ३० चैत, गाउ“पालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीलाई ४ वैशाखसम्म, जिल्ला कमिटीलाई ७ वैशाख र प्रदेश कमिटीलाई १० वैशाखसम्म उम्मेदवारको नामावली सिफारिस तथा निर्णय गर्न निर्देशन दिएको हो । सम्बन्धित कमिटीले सर्वसम्मत निर्णय गर्नुपर्ने, सर्वसम्मत निर्णय हुन नसकेको अवस्थामा एकजना महिलासहित बढीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने निर्देशन पनि एमालेले मातहतका कमिटीलाई दिएको छ । विवाद भएको अवस्थामा जिल्ला कमिटीले गाउँपालिकाको वडाध्यक्ष र प्रदेश कमिटीले गाउँपालिका प्रमुख–उपप्रमुख, नगरपालिकाको प्रमुख–उपप्रमुखको अन्तिम टुंगो लगाउने निर्णय एमालेको छ । यस्तै, महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छनोटमा सर्वसम्मत हुन नसके स्थायी कमिटीले १२ वैशाखमा निर्णय लिने एमालेले जनाएको छ । स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउने अभियानमा जुट्नका लागि बैठकले पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकाय तथा विभागका सदस्य, सांसद, जनसंगठनका केन्द्रीय नेताहरूलाई सम्बन्धित प्रदेश समन्वय कमिटीस“ग समन्वय गरी आ–आफ्नो स्थानीय तह रहेको क्षेत्रमा तत्काल क्रियाशील हुन निर्देशनसमेत दिएको छ । बैठकले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा १४ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । समितिको सदस्यमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवालीसहित नेताहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, डा. पुष्प कँडेल, लालबाबु पण्डित, विन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव रहेका छन् । समितिलाई घोषणापत्र तयार गर्न एक साताको समयसीमा तोकिएको छ । घोषणापत्र तयार भएपछि त्यसलाई सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख भट्टराईले बताए । स्थायी समिति बैठकले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समितिसमेत गठन गरेको छ । समितिमा सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र योगेश भट्टराई, नेताहरू सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य छन् । स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारीका लागि केन्द्रीय कमिटीको बैठक ३ वैशाखमा काठमाडौंमा गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिए । गाउँ–गाउँमा निर्वाचनको माहोल बन्दै गइरहेको र निर्वाचनमा मतदान गर्न जनता तयार रहेको भन्दै समृद्ध राष्ट्र निर्माणका लागि एमालेलाई पहिलो पार्टी बनाउने अभियानमा जुट्न निर्देशन दिएको एक नेताले बताए । उनले सरकारका तर्फबाट निर्वाचन अचारसंहिताको उल्लंघन भइरहेको बताउँदै निर्वाचन आयोगलाई पुनः ध्यानाकर्षण गराउन आवश्यक रहेको धारणासमेत राखेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE