Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

निधिलाई नै दोस्रो वरीयता दिने तयारी

\"\"काठमाडौं, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूपछिको वरीयतामा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई तोक्ने भएका छन् । गत २६ फागुनमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री नियुक्त भएदेखि प्रधानमन्त्रीपछिको वरीयतामा को भन्ने विवाद छ । ‘अब प्रधानमन्त्रीले वरीयता विवाद मिलाउँदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘मंगलबारसम्ममा उहाँले वरीयता टुंग्याउनुहुन्छ ।’ आजको नयाँ पत्रिकामा खबर छ– थापालाई सरकारमा सहभागी गराएर आफूपछिको वरीयतामा राख्न खोजेपछि निधिले प्रधानमन्त्रीदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मलाई भेटेर असन्तुष्टि जनाएका थिए । वरीयता विवादकै कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित बनेको थियो । स्रोतका अनुसार मंगलबार प्रधानमन्त्रीले निधिलाई आफूपछिको वरीयतामा राख्दै छन् । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा निधि नै सिनियर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट ओपिएमसिएम डट जिओभी डट एनपीमा भने प्रधानमन्त्रीपछि निधि नै वरीयतामा दोस्रो सूचीमा छन् । त्यसपछि माओवादी नेता तथा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा तेस्रो र कमल थापा चौथो नम्बरमा छन् । मन्त्रिपरिषद्को बैठक बस्न सकेन निधि र थापाको वरीयता विवादका कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित बनेको छ । मन्त्रिपरिषद् बैठकबाट आफ्नो चीन भ्रमण स्वीकृत नगराई प्रधानमन्त्री प्रचण्ड भ्रमणमा गएका थिए । थापा सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद्को बैठक एकपटक मात्र बसेको छ । पछिल्लो बैठक ३ चैतमा बसेको थियो । त्यसवेला प्रधानमन्त्रीले थापालाई आफूपछिको वरीयतामा राखेका थिए । निधि नयाँदिल्लीमा रहेकाले बैठकमा उपस्थित थिएनन् । थापा सरकारमा सहभागी हुनुअघि प्रधानमन्त्रीले आफूपछिको वरीयतामा निधिलाई राख्दै आएका थिए । आफू विदेश भ्रमणमा जाँदा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि निधिलाई नै दिँदै आएका थिए । तर, चीन भ्रमणमा जाँदा भने विवादका कारण कसैलाई पनि कार्यबाहक दिएनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending