Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

मुख्य प्रतिद्वन्द्वी हराउन मुख्य पद लिएर तालमेल : माओवादी

\"\"काठमाडौं, २२ चैत । आगामी ३१ वैशाखका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आन्तरिक तयारी तीव्र बनाएको छ । आजको राजधानी दैनिकमा खबर छ– उम्मेदवार छनोट कार्यविधि तथा मापदण्ड र आन्तरिक रूपमा चुनावी घोषणापत्रको समेत तयारी सम्पन्न गरिसकेको माओवादी केन्द्रले चुनावी तालमेल तथा मोर्चाबन्दीको तयारीसम्बन्धी नीतिसमेत बनाएर तल्ला कमिटीमा पठाएको छ । उम्मेदवार तथा चुनावी तालमेलअन्तर्गत माओवादी केन्द्रले मुख्य प्रतिद्वन्द्वीभन्दा केही कमजोर र अन्य पार्टीभन्दा बलियो भएको ठाउँमा मुख्य पद आफूलाई राखेर अन्य पद छाड्ने गरी अन्य पार्टीसँग तालमेल गर्ने नीति अगाडि सारेको छ । माओवादीले कुनै किसिमले महत्व राख्ने कुनै स्थानलाई सुरक्षित राख्न एक वा एकभन्दा बढी एकाइहरूको तालमेललाई समेत जोड दिएको छ । माओवादी केन्द्रले तालमेल नै नगर्दा पनि जित सुनिश्चित हुने ठाउँमा एकल प्यानल बनाएर लड्न सक्ने तर मुख्य प्रतिद्वन्द्वी शक्ति वा स्थान विशेषको अन्तरविरोधको प्रधानता हेरी अन्य शक्तिहरूसँग कुनै प्रकारको उम्मेदवारीको लेनदेन गर्नु आवश्यक हुन सक्नेबारे भने ध्यान दिएर मात्र निर्णय लिने रणनीति अघि सारेको छ । माओवादीले आफू कमजोर भएको ठाउँमा र अन्य कुनै पनि शक्तिसँग तालमेल हुनै नसक्ने ठाउँमा पनि मतदाता संरक्षणका लागि भए पनि उम्मेदवारी दिने नीति लिएको छ । ‘कसैसँग सहकार्य हुन नसक्ने स्थानमा विचार, राजनीतिको प्रचार संगठन तथा मतदाता संरक्षणका निम्ति पनि सक्दो उम्मेदवारी दिने नीति अवलम्बन गर्नुपर्नेछ ।’ पार्टीले आन्तरिक कमिटीमा सर्कुलर गरेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार तय गर्ने कार्यविधि र मापदण्डमा उल्लेख छ । माओवादीले कुनै पनि स्थानमा पार्टीबाट आवश्यक व्यक्तित्व नपाएको खण्डमा कुनै पनि इमानदार व्यक्तिलाई पार्टीको सहमति–पत्रका आधारमा उम्मेदवार बनाउन सक्ने नीतिसमेत लिएको छ । तर, पार्टीबाहिरको व्यक्तिलाई उम्मेदवार बनाउँदा उक्त व्यक्ति वामपन्थी पृष्ठभूमि भएको, स्वतन्त्र, सामाजिक रूपमा प्रतिष्ठित भएको जनविरोधी चरित्र नभएकालाई प्राथमिकता दिइनुपर्ने पार्टीको सर्कुलरमा उल्लेख छ । माओवादीले चुनावी तालमेल वा मोर्चाबन्दी उम्मेदवार एकलको निर्णयले भने गर्न नपाइने मापदण्ड बनाएको छ । उम्मेदवारीको निर्णय लिने पहिलो कमिटीको रायमा उम्मेदवारको अन्तिम निर्णय दिने कमिटीको स्वीकृतिमा मात्र तालमेलको निर्णय गर्नुपर्नेछ । तर, समय र परिस्थिति प्रतिकूल रहेको अवस्थामा उम्मेदवार निर्णय गर्ने कमिटीमा भन्दा माथिल्लो कमिटी वा जिल्ला पार्टीको निर्वाचन प्रमुखको अनिवार्य अनुमतिमा निर्णय गर्न सकिने मापदण्डमा उल्लेख गरिएको छ । माओवादीले सबै वार्डहरूमा हाम्रो पार्टी र अन्य पार्टीहरूको अवस्थाबारे विभिन्न माध्यमबाट निरन्तर सर्भेक्षण गरी तथ्य–तथ्यांकहरूको संकलन गर्ने र तत्सम्बन्धी आवश्यक विश्लेषण गरी निर्देशन गर्न हरेक गाउँ नगरमा संयन्त्र निर्माण गर्नुपर्ने, नगर गाउँ र वडामा पार्टीको संगठनात्मक स्थिति, पार्टीको घोषणा–पत्रलाई जनताले बुझ्ने भाषामा प्रचार–प्रसार गर्ने र हरेक नगर÷गाउँ र वार्डहरूले विधि निर्माण, सुशासन, विकास निर्माणलगायतका योजनाहरूसम्बन्धी प्रतिबद्धता–पत्र सार्वजनिक गर्नुपर्ने पार्टी कमिटीमा सर्कुलर गरेको छ । माओवादीले वार्ड तहसम्म पार्टी कार्यालयहरू सञ्चालन गर्न र सम्भव भएसम्मका टोलहरूमा पार्टी सम्पर्क कार्यालय स्थापना गर्न र अन्य पार्टीहरूसँग चुनावी तालमेललगायतका विषयहरूमा आवश्यक छलफल संवादका लागि जिल्ला, नगर÷गाउँमा वार्ता टोली निर्माण गर्नसमेत परिपत्र गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE