Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

प्रचण्ड र देउवाबीच दरार

\"\"काठमाडौं, २१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ताका प्रमुख साझेदार शेरबहादुर देउवाबीच स्थानिय तहको निर्वाचन र सर्वोच्चको फैसलापछि प्रहरी महानिरीक्षक नियुक्तिको विषयलाई लिएर दरार उत्पन्न भएको छ। आजको नागरिक दैनिकमा खबर छ– प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र देउवाबीच ती विषयमा लामो कुराकानी भएपनि आइतबारको द्विपक्षीय बैठक कुनै निष्कर्षमा पुग्न सकेन जसका कारण स्थानीय तहको निर्वाचन र प्रहरी महानिरीक्षक नियुक्तिको विषय अन्योलमा छ। सोमबार पेस गर्ने भनिएको संविधान संशोधनका लागि ‘पूरक संशोधन’ प्रस्ताव पनि अन्योलमा परेको छ भने दुई सातादेखि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।सत्ताको प्रमुख साझेदार देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नआए पनि निर्वाचनमा जानुपर्छ भनेर अडान कस्न थालेका छन् भने प्रधानमन्त्री प्रचण्ड मोर्चालाई मनाएर मात्रै निर्वाचनमा जानुपर्ने पक्षमा छन् । ‘प्रधानमन्त्री मधेसी मोर्चालाई पनि साथ लिएर निर्वाचनमा जानुपर्छ भनेर लागिरहनुभएको छ तर देउवाभने मोर्चालाई छाडेर भए पनि निर्वाचनलाई बढाउनुपर्छ भन्नेमा हुनुहुन्छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो । स्रोतका अनुसार मोर्चाले मिति सारेर निर्वाचनमा जानुपर्ने सर्त राखेपछि देउवाले प्रधानमन्त्रीलाई सत्ता लम्ब्याउनका लागि प्रयास गरेको आरोप लगाएका छन् । जबाफमा प्रधानमन्त्री प्रचण्डले ‘निर्वाचनको मिति सार्ने पक्षमा आफू नरहेको’ प्रस्ट पारेका छन् । दाहालले आगामी बजेटसमेत कांग्रेस नेतृत्वको नयाँ सरकारलाई ल्याउन दिने भन्दै देउवालाई आश्वस्त पार्ने प्रयास गरेका छन् । प्रधानमन्त्री प्रचण्ड मोर्चाले माग गरेअनुसारस्थानीय तहको संख्या बढाइने क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गराउनुपर्ने सोचमा छन् । ‘जहाँजहाँ स्थानीय तहको संख्या बढाइन्छ, त्यहाँत्यहाँ दोस्रो चरणमा निर्वाचन गराउन सकिन्छ भन्ने विकल्प प्रधानमन्त्रीले दिनुभएको हो’, प्रचण्ड निकट स्रोतले भन्यो । प्रचण्ड–देउवाविवादकै कारण प्रहरी महानिरीक्षकको नियुक्तिसमेत हुन सकेको छैन । देउवाको प्रस्तावअनुरूप जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएपनि सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रचण्ड–देउवा अनिर्णयको बन्दी भएका हुन् । त्यसो त दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापाको मर्यादाक्रम विवादले पनि प्रचण्ड र देउवाबीचको सम्बन्धमा खटपट उत्पन्न गरिदिएको छ । चीन भ्रमणबाट फर्केपछि देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री प्रचण्डलाई देउवाले निधिलाई नै दोस्रो वरीयतामा राख्न दबाब दिएका थिए। तर, प्रचण्ड यसअघि पनि उपप्रधानमन्त्री भएका थापालाई पहिलो नम्बरमा राख्नुपर्ने पक्षमा छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE