Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

उपत्यकामा विद्यार्थीको रहस्यमय मृत्यु

\"\"काठमाडौं, २१ चैत । राजधानीको एक कलेजमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको तथ्य पाँच दिनपछि खुलेको छ । गोठाटारस्थित मदन–आश्रित मेमोरियल टेक्निकल कलेजमा डिप्लोमा इन होटेल म्यानेजमेन्ट तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुरज चौहानको शव पानीट्यांकीभित्र भेटिएको हो । अाजको नयाँ पत्रिकामा खबर छ– प्रारम्भिक अनुसन्धानमा प्रहरीले आत्महत्या वा भवितव्य मृत्यु भएको आशंका गरेको छ । रामेछाप फुलासी घर भएका चौहान काठमाडौंंको सोह्रखुट्टेमा बस्दै आएका थिए । मृतकका आफन्तले उनको हत्या भएको आशंका गर्दै प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको आरोप लगाएका छन् । पाँच दिनपछि घटना सार्वजनिक साथीको डेरामा गएका चौहान नजिकै रहेको पानीट्यांकीमा मृत अवस्थामा भेटिएका हुन् । चौहानको मृत्यु भएको पाँच दिनपछि घटना बाहिर आएको हो । उनको १५ चैतमै मृत्यु भएको र शव १७ गते फेला परेको प्रहरीले जनाएको छ हो । आइतबार शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गरिएको र रिपोर्ट आएपछि मात्रै घटनाको सत्यतथ्य विवरण आउने महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० नारायणप्रसाद चिमोरियाले घटना शंकास्पद रहेको भन्दै तत्काल केही भन्न नसकिने जानकारी दिए । मृत्यु होइन, हत्या हो : आफन्तजन चौहानका आफन्तले उनको हत्या नै भएको दाबी गरेका छन् । ‘पानीट्यांकीबाट शव फेला पर्दा पनि शरीर फुलेको छैन,’ घटनास्थल पुगेकी चौहानकी फुपू लक्ष्मी थापाले भनिन्, ‘शव नफुलेकाले भाइको हत्या नै भएको देखिन्छ ।’ अनुहारमा निलडाम देखिएकाले पनि हत्या नै गरिएको उनको भनाइ छ । चौहानका साथी अमित तामाङका अनुसार परीक्षा सकिएपछि मंगलबार राति उनी चन्द्रबहादुर थापाको डेरा गएका थिए । परीक्षा सकिएको खुसीयालीमा आयोजित पार्टीमा अन्य ११ जना पनि सहभागी रहेको उनले बताए । ‘त्यसको भोलिपल्ट मैले फोन गरेँ, तर उसको फोन स्विच अफ थियो,’ अमितले भने, ‘अर्का साथी सचिनले सुरज कहाँ गयो भनेर फेसबुकमा म्यासेज गरेपछि हामी सबैजना चिन्तित भएर प्रहरीलाई जानकारी गरायौैँ ।’ उनी सम्पर्कविहीन भएपछि आफन्तजनले प्रहरीमा खबर गरेको थियो । दुई दिनपछि प्रहरीले पानीट्याकीभित्रबाट शव फेला पारेको हो । थापाको डेराबाट पानीट्यांकी हिँडेर करिब पाँच मिनेटको दूरीमा छ । प्रहरीले बेवास्ता गरेको आरोप सुरजको मृत्यु घटनामा प्रहरीले बेवास्ता गरिरहेको आफन्तजनहरूको गुनासो छ । प्रहरीमा किटानी जाहेरी दिए पनि दोषीहरू पक्राउ पर्न सकेका छैनन् । ‘प्रहरीमा हत्यामा संलग्न रहेका व्यक्तिको नामसहित कारबाहीका लागि जाहेरी दिए पनि प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो उल्टै हामीलाई हतोत्साही गर्ने गरेको छ,’ मृतक सुरजका दाजु सरोजले भने, ‘भाइको मृत्यु भएको पा“च दिन बितिसक्यो, तर अहिलेसम्म किटानी जाहेरी दिएकामध्ये कसैलाई पनि प्रहरीले पक्रेको छैन, प्रहरीले निष्पक्ष अनुसन्धान नगर्दा अन्यायमा परेका छौँ ।’ बानेश्वर प्रहरी वृत्तका डिएसपी चिमोरियाले प्रहरीले घटनाको तथ्य प्रमाण संकलन गरिरहेको बताए । प्रहरीले पीडित पक्षको जाहेरीका आधारमा कानुनी प्रक्रिया र ज्यानसम्बन्धी अनुसन्धान प्रक्रियासमेत अगाडि बढाइसकेको उनको भनाइ छ । गाली गरेपछि विद्यार्थीद्वारा आत्महत्या काठमाडौं/प्रहरी स्कुलमा एक विद्यार्थीले हाम फालेर आत्महत्या गरेका छन् । गत बुधबार आठ कक्षामा अध्ययनरत विद्यार्थी कुन्दन थापामगरले सामाखुसीस्थित प्रहरी स्कुलमै आत्महत्या गरेका हुन् । स्कुलको लापरबाहीले उनको ज्यान गएको भन्दै मृतकका आफन्तले स्कुल व्यवस्थापनमाथि कारबाहीको माग गरेका छन् । प्रहरी स्कुलमै पढ्ने एक छात्राको नाममा नक्कली फेसबुक आइडी खोलेर अश्लील फोटो पोस्ट गरेको आरोपमा विद्यालयले उनलाई बुधबार स्कुल बोलाएको थियो । परीक्षा सकिएकाले थापा बिदामा थिए । स्कुलकी कमान्डेन्ट इन्स्पेक्टर शर्मिला गुरुङले किन त्यस्तो गरेको भनेर उनीस“ग सोधपुछ गरेकी थिइन् । त्यसको केही समयपछि स्कुलकै तेस्रो तलाको बरन्डाबाट उनले हाम फालेका थिए । उपचारका लागि प्रहरी अस्पताल पु¥याइएकोमा उनको मृत्यु भएको हो । आठ कक्षाको परीक्षा सकिएकाले सबै विद्यार्थी बिदामा थिए । सात कक्षामा अध्ययनरत अवकाशप्राप्त एक प्रहरीकी छोरीलाई उनी मन पराउँथे । तर, सम्बन्ध राम्रो नभएपछि उनले नक्कली फेसबुक आइडी बनाएको दाबी गरेका थिए । छात्राको परिवारले मगरविरुद्ध स्कुलमा उजुरी गरेपछि स्कुल व्यवस्थापनले घटनाको छानबिन थालेको थियो । तर, अभिभावकलाई खबर नगरी स्कुलले विद्यार्थीलाई मात्र बोलाएर हप्काउँदा उक्त घटना भएको मृतकका आफन्तहरूको आरोप छ । आफन्तजनले घटनाप्रति आशंका जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उजुरीसमेत दिएका छन् । महानगरीय प्रहरी कार्यालयले घटनाको छानबिनका लागि महानगरीय अपराध महाशाखाका एसपी श्याम ज्ञवालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending