Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

कता छन् लोकमान ?

\"\"काठमाडौं, २१ चैत । सर्वोच्च अदालतद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि अयोग्य घोषित प्रमुख आयुक्त लोकमान सिंह कार्की जब महाभियोग प्रस्ताव संसदमा दर्ता भयो तब निलम्बन परे, अनि सबैतिरबाट ‘भ्याकुर’खेदाइमा परे । साँघु साप्ताहिकमा खबर छ– ओराली लगेको मृगलाई सबैले खेदछन् भने झै कार्कीलाई कालोमोसो दलेर विप्लव माओवादीले बहादुरी देखायो । अख्तियार निवासमै पनि उनीमाथि पटक–पटक आक्रमण प्रयास भए । भौतिक कारवाहीका चेतावनी उनले उत्तिकै झेले । राज्यले पनि निरीह बनेका तिनै लोकमानमाथि नै निशाना दाग्यो र आजीवन सुरक्षा सुविधा खोस्ने निर्णय ग¥यो । यी सबै घटनाक्रमले निकै अपमानबोध गर्न पुगेका लोकमान सर्वोच्चबाट २०७३ पुस २४ गते अयोग्यको फैसला भएपछि अख्तियारको निवासबाट निस्किएर केही दिन आफ्नो भाईको घरमा बास बसे । त्यसपछि खै के सोचे, भारतको नयाँदिल्लीतर्फ हान्निए त्यसयता लोकमानबारे अनेक अड्कलबाजी भइरहेका छन् । तैपनि, उनको अवस्था सार्वजानिक जानकारीमा आउन सकेको छैन । दाजुको मृत्युमा मन छुने फेसबुक स्ट्याटस लेखेका लोकमान त्यसयता सधै छाइरहने सामाजिक सञ्जालमा समेत निस्क्रिय छन् । आखिर हिजो आज लोकमान कहाँ के गर्दै छन् ? स्रोतका अनुसार, नेपाल छाडेर भारतको दिल्ली हिँडेका लोकमान डेढ महिना त्यतै बसेका थिए । त्यसपछि दिल्लीबाट श्रीमती र अन्य परिवारका सदस्यसहित क्यानडा लागेको खबर आएको थियो । यद्यपि, यसको पुष्टि अझैसम्म हुन सकेको छैन । तर, उनी निकटस्थहरु लोकमान सिंह अहिले पनि क्यानडामै रहेको दाबी गर्छन । काठमाडौं रहेका उनका मित्रहरुका अनुसार लोकमान सिंह कार्की यही राजनितिक परिस्थिति र अवस्थामा नेपाल फर्किने सोचमा छैनन् । उनले निकटहरुसँग अनिश्चितकाल सम्म नेपाल नफर्किने बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending