Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

‘हामी नबसेको भए भारतले जमिन कब्जा गरिसक्थ्यो'

[caption id=\"attachment_125547\" align=\"alignleft\" width=\"750\"]\"\" कञ्चनपुर पुनर्वास ८ आनन्द बजारमा फागुन २६ गते भारतीय सुरक्षाकर्मीबाट मारिएका सहिद गोविन्द गौतमको परिवार ।[/caption] काठमाडौं, २० चैत । ७२ वर्षीय खेमलाल गौतम २०२७ सालमा बागलुङबाट कञ्चनपुर झरे । सुरुमा जंगल रहेको कञ्चनपुरको पुनर्वास क्षेत्रमा घाँस काट्ने काम गरेका उनी पछि त्यहीँ रहेको चार कट्ठा जग्गामा घर बनाएर बसे । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– भारतसँग सीमा जोडिएको ऐलानी चार कट्ठा जग्गामा उनको परिवारले कष्टकर जीवन बितायो । सीमा क्षेत्रमा रहेको नेपाली भूमिमा पटकपटक भारतीय पक्षले मिच्ने प्रयास गथ्र्यो तर सीमा क्षेत्रमा बस्ती बनाएर मानिसहरू बस्न थालेपछि भारतले सीमा मिच्न सकेन । बस्ती बसाउने बेला पनि भारतीय पक्षले निकै दुःख दिएको उनी सम्झन्छन् । ऐलानी जमिनमा बसेर सीमा रक्षा गर्दागर्दै फागुन २६ गते उनले माइलो छोरो गोविन्द गौतमलाई गुमाउनुपर्‍र्यो । ‘छोरो त बितेर गयो, अब फर्केएर आउँदैन\', उनले भने, ‘ऐलानी जमिनमै बसेर सीमा रक्षा गर्दै आएका नागरिकका विषयमा सरकारले ध्यान दिनुपर्छ\', उनले भने । खेमलाल गौतम मात्रै होइन थुप्रै मानिस बर्सौदेखि ऐलानी जमिनमा बसेर जीविकोपार्जन गर्दै आएका छन् । उनले ज्यानको आहुति दिएर भए पनि नेपाली भूमिमा भारतीयको हस्तक्षेप हुन नदिने बताए । पुनर्वासको बिसपट्टादेखि आनन्द बजारसम्म ऐलानी बस्ती छ । त्यहाँ अहिलेसम्म नापीसमेत गरिएको छैन । ‘सीमामा बसेर हामीले आफ्नो भूमिको रक्षा गरिरहेका छौं\', पुनर्वास ८ कै रामबहादुर जिसीले भने, ‘सीमामा बस्ती नभएको हुँदो हो त भारतले यो भूभाग कब्जा गरी सक्थ्यो\' । उनले सीमा क्षेत्रको व्यवस्थित रूपले सर्भे गरेर ऐलानी बस्तीमा बसेका नागरिकलाई लालपुर्जा दिनुपर्ने बताए । त्यहाँ २०२८ सालदेखि बस्ती बस्न थालेको उनले बताए । अहिलेसम्म फिल्ड बुक कायम गर्नसमेत सरकारी निकाय नआएको स्थानीय बताउँछन् । ‘सुरुमा केही घर परिवार मात्रै थियौं\', उनले बस्ती बस्दाको अनुभव सुनाउँदै भने, ‘जंगलमा रोग ब्याधीको पनि त्यस्तै डर थियो । थोरै परिवार बस्दा भारतीयले केही समय त निकै दुःख दिए ।\' उनले उक्त क्षेत्रका तीन सय घरपरिवारसँग जमिनको लालपुर्जा नभएको बताए । सुकुमबासी समस्या समाधान आयोग गठन हुँदा लगत राख्ने काम भए पनि अहिलेसम्म कुनै टुंगो नलागेको त्यस क्षेत्रका स्थानीय बताउँछन् । ‘पहिलेदेखि नै पटकपटक भारतले भूमि मिच्न खोज्थ्यो\', स्थानीय खड्गबहादुर थापाले भने, ‘दुवैतिरका प्रशासन बसेर मेलमिलाप हुन्थ्यो तर फागुन २६ गते भने नसोचेको घटना भयो\' । गत साता आनन्द बजारनजिकै नेपाली पक्षले कल्भर्ट राख्ने विषयमा विवाद बढ्दै गएपछि भारतीय पक्षले चलाएको गोली लागेर गोविन्द गौतमको ज्यान गएको थियो । जमिन ऐलानी भएकै कारणले स्थानीयले खरिद बिक्री तथा अन्य कुनै पनि काम गर्न पाएका छैनन् । ‘सरकारले ऐलानी जमिनका विषयमा ध्यान दिएर काम गर्नुपथ्र्यो\', थापाले भने, ‘हामी बसेर सीमा जोगिएको छ, नत्र भारतले अतिक्रमण गरेर लगिसक्थ्यो ।\' उनले ऐलानी जमिनको समस्या समाधान गरेर उक्त क्षेत्रको सीमा व्यवस्थित बनाइनुपर्ने बताए । सहिद गोविन्द गौतमका परिवारलाई राहत दिन पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग उनीहरूले ऐलानी भूभागको लालपुर्जा उपलब्ध गराउने विषयमा पहल गरिदिन आग्रह गरे । बिसपट्टादेखि आनन्द बजारबाहेक अन्य सीमावर्ती नेपाली बस्तीका मानिसले भने लालपुर्जा पाएका छन् । पुनर्वास नगरपालिकाका सबइन्जिनियर लालमन तामाङले सीमावर्ती बस्ती ऐलानी रहेको बताए । उनले सरकारी निकायबाट ऐलानी जमिनमा बसोबास गर्ने नागरिकलाई लालपुर्जा दिनुपर्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE