Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

भारतमा विद्युतीय भोटिङ मेसिनमा गडबढी, अलग अलग बटन थिच्दा पनि भाजपाकै चिन्हमा भोट !

\"\"काठमाडौं, २० चैत । भारतीय निर्वाचन आयोगले प्रयोगमा ल्याएको इलेक्ट्रोनिक भोटिङ मेशिनमा भोट हालेपछि कागको बिल निस्कन व्यवस्था अर्थात भोटर भेरिएबल पेपर अडिट ट्रेल (भीभीपीएटी) शंकाको घेरामा परेको छ । मध्यप्रदेशका निर्वाचन अधिकारी सलिना सिंहले विधानसभाको दुई क्षेत्रमा हुने उपचुनावमा प्रयोग गर्न लागेको मेसिनको प्रदर्शन गरेको थियो । आजको राजधानी दैनिकमा खबर छ– प्रदर्शनका क्रममा दुई अलग अलग बटन थिच्दा समेत भारतीय जनता पार्टीको चुनाव चिन्ह कमलको नै पर्चा निस्किएपछि मेशिनमाथि नै शंका उत्पन्न भएको हो । गत मार्च ११ मा सार्वजनिक मतपरिणाममा भारतको उत्तर प्रदेशमा भाजपाले अप्रत्यासित रुपमा दुई तिहाईभन्दा बढी मत ल्याएको थियो । प्रदर्शनका क्रममा उपस्थित पत्रकारलाई निर्वाचन अधिकारी सलिना सिंहले यसको खबर नछापिदिन आग्रह गरेकी थिइन् । तर काँग्रेसले तत्काल यसलाई मुद्दाको रुपमा लिएर शनिबार निर्वाचन आयोगमा हुन लागेको राजनीतिक दलको बैठक समेत बहिस्कार गरेको छ । यसपछि बहुजन समाजवादी पार्टीले समेत बैठक बहस्कार ग¥यो । यस प्रकरणबारे मुख्य निर्वाचन आयुक्त सिंहले भने यसलाई पत्रकारलाई नयाँ व्यवस्था जानकारीका लागि मात्रै प्रदर्शन गरिएको भन्दै त्यसलाई ढाकछोप गर्ने प्रयास गरेकी छन् । उनले मेशिनलाई ठीक ढंगले जाँचेर नल्याई केबल पत्रकारको जिज्ञासालाई शान्त पार्नका लागि मात्रै प्रदर्शन गरिएको जिकिर गरिन् । उनले यसबारेमा सम्पूर्ण जानकारी केन्द्रीय निर्वाचन आयोगमा पठाएको समेत जानकारी दिएकी छन् । काँग्रेसका प्रदेश अध्यक्ष अरुण यादवले समेत निर्वाचन आयोगलाई पत्र लेखेर प्रदेशमा प्रयोग हुने भोटिङ मेशिनमा गडबढी रहेकोले मतपत्रको आधारमा निर्वाचन गराउँन माग गरेका छन् । यादवले भने, ‘अहिले मुख्य निर्वाचन आयुक्तको अगाडि त मेशिनले कलम चुनाव चिन्ह देखाईरहेको छ भने साँच्चै चुनावमै के हालत होला ?’ उनले सलिना सिंहलाई बर्खास्त गर्न पनि माग गरेका छन् । यसअघि भारतको उत्तर प्रदेशमा निर्वाचनमा पराजित भएपनि बहुजन समाजवादी पार्टीकी अध्यक्ष मायावती र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले समेत इलेक्ट्रोनिक भोटिङ मेशिनमाथि प्रश्न उठाएका थिए । उत्तर प्रदेशमा अघिल्लो विधानसभाको निर्वाचनमा तेस्रो भएको भारतीय जनता पार्टी यो निर्वाचनमा अप्रत्यासित रुपमा दुई तिहाईभन्दा बढी सिटसहित सत्तामा पुग्न सफल भएको छ । अघिल्लो निर्वाचनमा जित हासिल गरेर सत्ताको नेतृत्व गरेको समाजवादी पार्टी यसपटक नराम्ररी पराजित भएको छ । भाजपा नेता किरिट सोमैया र सुब्रमन्यम स्वामीले समेत भोटिङ मेशिनमाथि गडबडीको आशंका जनाएका थिए । के हो भीभीपीएटी ? भोटर भेरिएबल पेपर अडिट ट्रेल (भीभीपीएटी) को व्यवस्था अनुसार भोटरले भोट हाल्ने वित्तिकै एउटा कागजको टुक्रा (पर्ची) आउँछ । जसमा जुन उम्मेदवारलाई भोट दिइयो, उसको नाम र चुनाव चिन्ह छापिएको हुन्छ । यो व्यवस्था कुनै प्रकारको विवाद आएमा ईभीएममा परेको भोटका साथ पर्चीलाई तुलना गर्न सकियोस भन्नका लागि गरिएको हो । ईभीएममा लगाएको सिसाको स्क्रिनमा यो पर्ची ७ सेकेन्डसम्म देखिन्छ । भारत इलेक्ट्रोनिक्स लिमिटेड र इलेक्ट्रोनिक कर्पोरेशन अफ इण्डिया लिमिटेडले यो मेशिनको डिजाइन् सन् २०१३ मा गरेका थिए । सबैभन्दा पहिले यसको प्रयोग नागाल्यान्डको निर्वाचनमा सन् २०१३ मा नै गरिएको थियो । यसपछि सर्वोच्च अदालतले भीभीपीएटी मेशिन बनाउने र यसलाई रकम उपलब्ध गराउन केन्द्र सरकारलाई दिइएको थियो । निर्वाचन आयोगले सन् २०१४ जुनमा सन् २०१९ को निर्वाचनमा सबैस्थानमा विद्युतीय भोटिङ मेशिनको प्रयोग गर्ने जनाएको थियो । त्यसका लागि आयोगले सरकारसँग ठूलो रकम समेत मागेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending