Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

खड्ग ओलीले किन गरे त्यसदिन रुवाबासी

\"\"काठमाडौं, १८ चैत । नेकपा (एमाले) सक्रिय रुपमा चुनाव भाड्न लागिरेको छ । सरकारमा नभएको अवस्थामा हुन लागेको स्थानीय तहको निर्वाचनमा आफूहरु विजयी नहुने भन्दै उसले चुनाव भाड्ने रणनीति अगाडि सारेको छ । एमाले स्थायी समितिका्े बैठकमा सो बारेमा वृहद छलफल भएको एक नेताले जानकारी दिए । २०५४ सालको निर्वाचनमा सरकारमा नै भएका कारण विजयी हुन सम्भव भएको भन्दै एमालेले जसरी भएपनि निर्वाचन भाड्नुपर्ने र तराई मधेशका जिल्लामा थप आतंक सिर्जना गर्नुपर्ने निष्कर्ष निकालेको छ । आजको जनआव्हान साप्ताहिकमा खबर छ–विशेष गरी पछिल्लो दिनमा एमालले अख्तियार गरेको रणनीति नै चुनाव भाड्ने दिशातिर केन्द्रीत रहेको छ । खड्ग ओलीको व्यवहार र चरित्र नै अराजक रहेको छ । अराजकताको हद नाघ्नु नै उनको असली चरित्र हो । अरुलाई गाली गर्न पाए, होच्याउन पाए, अरुको मान मर्दन गर्न पाए ओलीलाई मिठो निद्रा लाग्छ । ओली अराजक छन् र रहन्छन् , त्यसको मतलब उनलाई निर्वाचन चाहिएको छैन । मुखमा राम राम बगलीमा छुरा ओलीको खास परिचय हो । स्थानीय निकायमा निर्वाचन हार्ने निश्चित प्राय छ यस पटक ओलीको हकमा । एनजिओ, आइएनजिओको रवाफ र धाक देखाएर ओली आफूलाई सर्वेसर्वा भएको दावी गर्छन, उनलाई जनतामा विश्वास छैन, उनलाई केवल लैठतगिरीमा लाग्नु छ । जनतालाई मूर्ख बनाउनुछ । विदेशी प्रभुका सामु लम्पसार परेर राष्ट्रवादको नाममा राष्ट्रघात गर्ने खड्ग ओलीको चरित्र हो । एमालेले जसरी भएपनि निर्वाचन भाड्ने मनसायका साथ सरकारको हरेक काम कारवाही लाई असंगत देख्न थालेको छ । सरकारको सामान्य काम कारवाहीलाई पनि निर्वाचनको आचारसंहिता विपरित गएको भन्दै मानमर्दन गर्न थालेको छ । एमालेलाई जनतासँग विश्वास छैन, उसलाई केवल अराजकताको भूमरीमा मुलुकलाई फसाएर आफू हिरो भएको नाटक गर्नुछ । स्थानीय तहमा एमालले फरक विचार राख्ने माथि पनि असिष्णु व्यवहार देखाएको छ । खड्ग ओलीले हामी सरकारका नभइ चुनाव हुनै दिनु हुन्न भन्दै स्थायी समितिको बैठकमा घोषणा नै गरेका छन् । चुनाव हुन नदिन उनले भारतीय एजेन्सीका अधिकारीसँग पनि अनुनय विनय गरेका छन् । एजेन्सीसँग ओलीको नियमित भेटवार्ता मात्रै हुने गरेको छैन, निर्वाचन भाड्नका लागि के के गर्नुपर्छ महोदय भन्दै हार गुहार गरेका छन् । एमाले नेता राजन भट्टराईले ओलीले नियमित रुपमा भारतीय अधिकारी र रअका प्रमुखसँग भेटवार्ता हुने गरेको स्वीकार गरेका छन् । उनले भने अरुले भेटदा केही नहुने हाम्रा अध्यक्षले भेट्दा चाही हल्ला गर्नुपर्ने । उनले कार्यकर्तालाई भन्ने गरेका छन् । एमाले अध्यक्ष खड्ग ओलीले नयाँ भारतीय राजदूत मञ्जिव सिंहलाई काठमाडौँ आउने वित्तिकै भेटवार्ता गर्नुपर्छ, मसँग नभेट्ने भए राम्रो हुन्न भन्दै रुवाबासी नै गरेका थिए । रुवाबासी पछि नवनियुक्त भारतीय राजदूतले ओलीसँग भेटवार्ता गरेको समेत भारतीय दूतावासका एक कर्मचारीले बताए । हत्ते नै हालेपछि केही लाग्दो रहेनछ , मर्छु नै भने जसरी ओली प्रस्तुत भए त्यही भएर पत्रकारसमेत बोलाएर ओलीकहाँ भेटन गएका हुन, नवनियुक्त राजदूत, दूतावास स्रोतले भन्यो । भारतीय राजदूतसँग ओलीले निर्वाचन गर्ने तिर होइन तपाई हामी मिलेर भाड्न तिर लाग्नुपर्छ भन्दै अनुरोध गरेका थिए । यो सरकारले निर्वाचन गरायो भने हामीले चुनाव हार्छौ त्यसकारण अहिले जसरी भएपनि चुनाव भाड्ने तिर नै हामी केन्द्रीत छौ । जसो गर्दा पनि भएन, सरकार त लागि सक्यो, शक्ति पहुँच र पैसाको प्रभाव देखाएर सरकार पक्षीय दलले स्थानीय तहको निर्वाचन गराउने योजनामा लागेको छ । त्यसकारण अब जसरी भएपनि भाड्नु परेको छ , के गर्ने होला महोदय भन्दै ओलीले नवनियुक्त राजदूतसँगको पहिलो भेटमा नै भनेका थिए । त्यतिमात्रै होइन भाजपा नेता विजय जोलीलाई समेत तत्काल निर्वाचन गर्न दिन नहुने बताउँदै आएका छन् । ओली नियमित भेटवार्ताका लागि निवेदन हाल्छन्, रुदै आउँछन्, नभेटनु भएन, पूर्व प्रधानमन्त्री हुन् दूतावास स्रोत बताउँछ । ओलीले निर्वाचन भाड्ने प्रयोजनका लागि भन्दै प्रदीप ज्ञवाली, राजन भट्राईलाई दिल्लीको सम्पर्कका पठाएका छन् । जसरी भएपनि निर्वाचन भाड्ने लक्ष्यको इरादा पूरा गराउन दिल्ली पठाएका छन् । कहिले सडक मार्गबाट दिल्ली पठाएका छन् भने कहिले हवाईमार्गबाट दिल्ली पठाएका छन् । यसको अर्थ उनी निर्वाचन भाड्न जे जे गर्नुपर्दछ, जसो गर्दा निर्वाचन भाडिन्छ त्यस्तै गर्न ओली तयार भएका छन् र देख्निछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE