Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

बाँकेको जानकीमा पहिलो पटक ग्रामीण भिडियो एक्सरे सेवा सुरु

खबरडबली संवाददाता

नेपालगन्ज। बाँकेको सदरमुकाम नेपालगन्जसँग जोडिएको जानकी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । वडा नम्बर ५ स्थित बेलहरी स्वास्थ्य चौकीबाट उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।  

लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको मागअनुसार करिब १२ लाख रुपियाँ बराबरको अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराएपछि सो सेवा सुचारु गरिएको नम्बर ५ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष टिका नाथ यादवले बताए।  

यसअघि उनलाई सो भिडियो एक्सर मेसिन हस्तान्तरण गरिएको थियो । जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले वडा अध्यक्ष यादव र स्वास्थ्य चौकी इन्चार्ज गंगा मरासिनीलाई मेसिन हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष खाँका अनुसार सेवा सुरु भएसँगै अब वडा भित्रका गर्भवती महिलाले सामान्य गर्भ जाँचका लागि पालिकाबाहिर वा सदरमुकाम नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ । यसअघि समय, खर्च र झन्झटका कारण गर्भ जाँचमा समस्या हुँदै आएको थियो । नयाँ सेवाले ग्रामीण महिलालाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ । अल्ट्रासाउण्ड सेवा सञ्चालनका लागि तालिम प्राप्त एक जना अनमीको व्यवस्था गरिएको छ ।

सेवा शुभारम्भको अवसरमा गाउँपालिका अध्यक्ष खाँले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार पालिकाको प्राथमिकता रहेको बताउँदै यसले आमा र शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

वडा अध्यक्ष यादवले अल्ट्रासाउण्ड सेवा सुरु भएपछि स्वास्थ्य सेवा थप सहज भएको उल्लेख गर्दै वडाको बजेटबाट क्यालसियम औषधि नि:शुल्क वितरण भइरहेको जानकारी दिए । उनले पालिकाका सबै ६ वटै वडामा चरणबद्ध रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाए।

पालिकाको स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले वडा नम्बर ५ मा सेवा विस्तार गर्न पाउँदा खुशी लागेको बताए।कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य राम अचल धोबी, कान्ति काँदु, स्वास्थ्य चौकी इन्चार्ज, महिला स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीयको सहभागिता रहेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समर्थन मूल्यभन्दा कममा धान खरिद गरे कारबाही

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...

सामान्य अंकले बढ्यो सेयर बजार, निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...

नयाँदिल्लीको एक होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...

पार्टी नेतृत्व नछोड्ने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेकपा एमालेको नेतृत्वमा निरन्तर रहने स्पष्ट गरेका छन्। राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रम...

सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न राष्ट्रियसभा सदस्यहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...

नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार: मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...

रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँदिल्लीमा भेटवा...

प्रधानमन्त्रीको अभिव्यक्ति असत्य, झुटो र राष्ट्रहितविपरीत: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। एमालेको ‘सदस्यता न...

राष्ट्रपति सरकारको ‘रबरस्ट्याम्प’ बनेर जे मा पनि हस्ताक्षर गरे: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...

चुनावी नतिजा पूर्वनिर्धारित थियो, अरु पार्टीहरूले साँच्चै चुनाव हुन्छ ठाने: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending