बागलुङ। जिल्ला प्रहरी कार्यालयले बागलुङमा आवश्यक पर्ने म्यादी प्रहरी अपुग भएको बताएको छ । जिल्लामा आवश्यक सङ्ख्या एक हजार दुई सय ९८ जना भए पनि अझै ६३ जना म्यादी प्रहरी नपुगेको प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।
त्यसबाहेक सशस्त्रमा पनि एक सय ७९ जना म्यादी चाहिएकोमा अपुग भएको हो । छनोट भएकाहरु तालिममा नआएका, आएकाहरुले नियुक्ति लिने समयमा छाड्ने गरेकाले थप सङ्ख्या आवश्यक पर्ने भएको भारतीको भनाइ छ । त्यसका लागि छिमेकी पर्वत, म्याग्दी र गोरखाबाट समेत केही म्यादी झिकाएको छ । आसन्न निर्वाचनमा बागलुङमा २९ वटा मतदान केन्द्र अति संवेदनशिल, २५ वटा केन्द्र संवेदनशिल रहेकाले सुरक्षाका लागि सचेत भएको समेत प्रहरी उपरीक्षक भारतीले बताए।
प्रहरीले बुधबार चालु आर्थिक वर्षभरि भएका अन्य क्रियाकलापबारे पनि जानकारी गराएको छ । विशेषगरी नियमित रुपमा आउने अन्य मुद्दाबारे प्रहरीले जानकारी गराएको हो । प्रहरीका अनुसार चालु आर्थिक वर्ष कुल एक सय १८ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ५२ मुद्दा फर्छ्यौट भएको र ६६ बाँकी रहेका छन् ।
पछिल्लो समय बैंकिङ कसुरका घटना बढेको, घरेलु हिंसाका घटना बढीरहेको समेत प्रहरी जनाएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयन गराउने र जरिवाना समेत सङ्कलन गरेर राजस्व बढाएको बढाएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षमा ५२ लाख ७३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ भने जरिवानाबाट ४९ लाख ७६ हजार रुपियाँ सङ्कलन भएको बागलुङका प्रहरी प्रमुख भारतीले जानकारी दिए।
निर्वाचन नजिक आइरहेको बेला प्रहरीले अवैध हतियार बरामद अभियान थालेको छ । पछिल्लो ४० दिनमा प्रहरीले एक सय १५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो । चुनावको सुरक्षा तथा अवैध हतियार मुक्त समाज बनाउने अभियान स्वरुप थालिएको अभियानमा इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट ६६ नाल भरुवा बन्दुक, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ थान र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट चार वटा हतियार बरामद गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...



प्रतिकृया लेख्नुहोस्: