Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

मधेसी मोर्चाबीच एकीकरण प्रयास, तत्काल तीन दलबीच एकता हुँदै

\"\"काठमाडौं, १८ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका दलहरूले एकता प्रयास थालेका छन् । मोर्चामा सात दल आबद्ध भए पनि तत्कालका लागि तीन दलबीच मात्रै एकता हुने भएको छ । शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) बीचमा पार्टी एकीकरण चैत महिनाभित्रै हुने भएको हो । आजको राजधानीमा खबर छ– रामसपाका महासचिव केशव झाले पार्टी एकीकरणका लागि सैद्धान्तिक सहमति भइसकेको जानकारी दिए । ‘पार्टी सञ्चालनका लागि अध्यक्ष मण्डलको निर्माण गर्ने, हाइलेबल कमिटी गठन गर्ने सहमति भएको छ,’ झाले राजधानीसँग भने, ‘पार्टी एकीकरण भएको ६ महिनाभित्र जिल्लाजिल्लामा अधिवेशन गर्ने र महाधिवेशन गरेर अगाडि बढ्ने तयारी भइरहेको छ ।’ तीन दलबीच पार्टी एकीकरणका लागि सातपटक बैठक बसेको थियो । मधेसी मोर्चामा रहेका सात दलबीच पार्टी एकीकरणको सम्भावना कम हुँदै गएका कारण तीन दलबीच पार्टी एकीकरण गर्ने काम अघि बढेको उनले बताए । त्यस्तै, तमसपाका वरिष्ठ नेता रामनरेश रायले पार्टी एकीकरणको पुष्टि गर्दै चैत महिनाभित्र तीनवटै दल एक हुने बताए । मधेसी, आदिवासी जनजातिको माग नै पार्टी एकीकरण गर्नुपर्ने रहेको बताउँदै उनले मधेसी मोर्चामा रहेका दलबीच पनि पार्टी एकीकरण हुनुपर्ने बताए । तर, नेताहरूको ‘अध्यक्ष’ पद लोभका कारण पार्टी एकीकरण हुन नसकेको रायले बताए । ‘विचार, सिद्धान्त, लक्ष्य, उद्देश्य एउटै छ, तर अध्यक्ष पदका लोभीपापी यहाँ बढी छन्,’ रायले भने, ‘अध्यक्ष पदकै कारण पार्टी एकीकरणमा समस्या भएको छ ।’ आपूm पनि कुनै दिन अध्यक्ष भएर पार्टी सञ्चालन गरे पनि पार्टी एकीकरण गरेर अगाडि बढ्ने प्रयास गरेको उनले बताए । अध्यक्ष पद नपाउने भएपछि मधेसवादी दलहरूले एकीकरण प्रक्रिया तोड्ने गरेको आरोप उनले लगाए ।संसद्मा अहिले रामसपा र तमसपाको ३/३ र फोरम गणतान्त्रिकको १ सिट छ । सद्भावना पार्टीका महासचिव मनीष सुमनले मधेसी मोर्चामा रहेका सातवटै दलबीच पार्टी एकीकरण गरेर अगाडि बढ्ने प्रयास भइरहेको बताए । पहिलो चरणमा मधेसी मोर्चामा रहेका दलबीच पार्टी एकीकरण गरेर दोस्रो चरणमा मोर्चाबाहिर रहेका दलबीच पार्टी एकीकरण गरिने योजना रहेको उनले बताए । ‘आजको आवश्यता र समयको माग नै मधेसी मोर्चाबीच पार्टी एकीकरण हो,’ सुमनले भने, ‘पहिलो चरणमा मधेसी मोर्चाबीच र दोस्रो चरणमा मोर्चा बाहिर रहेका दलबीच पार्टी एकीकरण गर्ने प्रयास भइरहेको छ ।’ पहिलो चरणको पार्टी एकीकरण भएपछि दोस्रो चरणमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, जयप्रकाश गुप्ता, शान्ति प्रक्रियामा आइसकेका मधेसका भूमिगत संगठनलगायतसँग पार्टी एकीकरण गर्दै जाने रोडम्याप बनाएको सुमनको भनाइ छ । पार्टी एकीकरण प्रक्रियाबाट बाहिरिने दललाई मधेसी जनताले दण्डित गर्ने उनले बताए । तर, संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले मधेसी मोर्चाबीच पार्टी एकीकरण गर्ने विषयमा ठोस छलफल नभएको बताए । विगतमा फोरम नेपाल, तमलोपा र सद्भावना पार्टीबीच पार्टी एकीकरणको प्रयास असफल रहे पनि अब एकीकरणको प्रयास पुन गरिने उनले बताए । ‘जनता, नेता, कार्यकर्ताको चाहना नै पार्टी एकीकरण हो, सिद्धान्त, नीति, विचार मिल्नेसँग पार्टी एकीकरण हुन्छ,’ यादवले भने, ‘वातावरण बन्दै गएपछि छरिएर रहेका पार्टीहरूबीच एकीकरण हुनेछ ।’ तमलोपा महामन्त्री जितेन्द्र सोनलले मधेसको मुद्दा र मधेसको लक्ष्य प्राप्त गर्दै मधेसलाई समृद्ध बनाउन मधेसवादी पार्टीबीच एकीकरणको आवश्यकता रहेको बताए । विचार, सिद्धान्त, नीति मिल्ने पार्टीबीच एकीकरण गर्नुपर्ने जोड दिँदै उनले एकीकरणपश्चात् नेतालाई व्यवस्थापन गर्न समस्या हुने बताए । सैद्धान्तिक रूपमा भिन्नता नभए पनि नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने समस्याले दलहरूबीच एकीकरण हुन नसकेको उनले बताए । ‘थ्रेस होल्डको व्यवस्था, जनताको चाहना र जनदबाबका कारण पार्टी एकीकरण हुन्छ,’ सोनलले भने, ‘पार्टी एकीकरण भए मधेसको मुद्दा ५० प्रतिशत समाधान हुने र बाँकी मुद्दा आफैं समाधान हँुदै जान्छ ।’ नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले विगतमा विभिन्न पार्टीसँग एकीकरण गरिए पनि मधेसी मोर्चाभित्र रहेका दलबीच पार्टी एकीकरणको वातावरण नबनेको बताए । उपयुक्त वातावरण बन्दै गएपछि पार्टी एकीकरण पनि हुँदै जाने उनले बताए । व्यवस्थापिका संसद्बाट राजनीतिक दलसम्बन्धी विधेयक पारित भएसँगै मधेसी मोर्चामा रहेका दलबीच एकीकरणको प्रयास सुरु भएको हो । राष्ट्रिय दल बन्न समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड र प्रत्यक्षतर्फ एक सिट ल्याउनुपर्ने व्यवस्थाले छुट्टाछुट्टै दलका रूपमा रहेका पार्टी एकीकरण गर्न तातेका हुन् । यसैबीच मधेसी जनता पार्टी र लोकतान्त्रिक पार्टी नेपालबीच एकीकरण गर्ने सैद्धान्तिक सहमति भएको छ । मजपाका अध्यक्ष महेश कलवार र लोकतान्त्रिक पार्टीका अध्यक्ष जीवन साहलगायत पदाधिकारीको बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेका हुन् । एकीकृत नयाँ पार्टीका अध्यक्ष कलवार रहने पार्टीको नाम र विधानका विषयमा छलफल गरेर छिट्टै पार्टी एकीकरणको घोषणा गरिने तयारी भइरहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending