Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

‘कालो दिन' सम्झन पनि चाहन्नन् खाराबासी

\"\"काठमाडौं, १८ चैत । ‘पत्याऊँ म कसरी बा, तिमी मर्‍यौ भनेर, हाम्लाई छोडी अन्तै बसाइँ सर्‍यौ भनेर, निर्दोष तिमी हाम्लाई छोडी जान्छौ कसरी, आमाले भने झैं स्वर्गको बाटो तय गर्‍यौ भनेर । त्रिवेणी गाउँपालिका-४ खारा रुकुमकी तारा खड्काका औंला यो कवित कोर्दै गर्दा निकै काँपिरहेका थिए । बुबाको याद आउँदा उनी आफ्नै कविताका यी हरफ पढ्छिन् र आँसु बगाउन थाल्छिन् । ‘माओवादी\' को आरोपमा उनका बाबुलाई प्रहरीले गोली हान्दा उनी गर्भमै थिइन् । बाबुको अनुहार पनि याद छैन उनलाई, आमाले दिमागमा कोरिदिएको बुबाको चित्रबाहेक । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– आफ्ना साथीभाइले बुबाको कुरा गर्दा उनलाई पनि लाग्छ, बुबा अझै ज्युँदै छन् । अनि फेरि त्यही कवितामा बुबाको छायाँ देख्छिन् । उनकी आमा रामकली खड्काले भनेकी थिइन्, ‘प्रहरीले उनका बाबुलाई ‘माओवादी\' भएको आरोपमा मारेका थिए । त्यो ‘युद्ध\' उनले देखिनन् तर बुबाको तस्बिर दिमागभरि नाचिरहन्छ । ‘बुबालाई सम्झिन्छु तर उहाँको अनुहार कस्तो थियो थाहा छैन । आमाले भनेको कुरा दिमागमा चित्रजस्तै बन्छ\', तारा भन्छिन्, ‘अब त सम्झेर कति दिन रुनु र ? यतिका वर्ष भइसक्यो ।\' उनले यसै वर्ष एसईई परीक्षा दिएकी छन् । २०५६ साल फागुन १० गते बिहान घाँस लिन वनतिर गएका रामकलीका श्रीमान् त्यसपछि कहिल्यै फर्किएनन् । दिउँसोतिर खबर आयो, ‘तिम्रा श्रीमानलाई प्रहरीले मारिदियो । तिमी पनि जोगिएर बस्नू ।\' एकछिनपछि रामकलीको घरमै आएर प्रहरीले आगो झोसिदियो । पाँच महिनकी गर्भवती रामकली भने भागेर बाँचिन् । माओवादी द्वन्द्व दमन गर्न त्यो बेला प्रहरी निकै आक्रोशित भएर लागेको थियो । राज्य पक्षबाटै अन्याय बेहोरेको खारा र खारावासीसँग रामकलीको भन्दा पनि अझै दर्दनाक र कहाली लाग्दा कथा छन् । तर, अब विस्तारै ती काला दिनलाई खारावासी बिर्सने प्रयासमा छन् । नजिकै रहेकोे सिम्रुतु प्रहरीचौकीबाट खाराको गस्तीमा निस्किएका प्रहरीमाथि २०५६ साल फागुन १० गते बिहानपख माओवादीले आक्रमण गर्दा प्रहरी जवान गणेश खड्का मारिएपछि त्यही निहँमा ‘माओवादी मास्ने\' भन्दै थप प्रहरी परिचालन गरी खारा गाउँलाई घेरा हालेर निर्दोष खारावासीमाथि राज्यद्वारा ठूलो आक्रमण भयो । यसलाई ‘खारा काण्ड\' भनेर पनि चिनिन्छ । राज्य पक्ष र तत्कालीन विद्रोही माओवादीबीच चलिरहेको सशस्त्र द्वन्द्वले चरम रूप लिएका बेला ‘माओवादी\' आरोपमा त्यो दिन खारावासी र खाराले बेहोरेको अत्याचारका कारण फागुन १० लाई ‘कालो दिन\' मान्छन् यहाँका स्थानीय । खारा काण्डका क्रममा प्रहरीको गोलीबाट निर्दोष १५ जना खारावासीको हत्या भयो । दर्जनौं घाइते भए भने ‘माओवादी बस्ने अखडा\' भन्दै खाराका ७६ वटा घरमा आगो लगाएर पूरा गाउँ नै सखाप पारियो । खारा कुरलकी ६१ वर्षीया सुशीला खत्री हतपति त्यो दिन सम्झिन चाहन्नन् । सम्झँदा आज पनि उनलाई भाउन्न हुन्छ । गहभरि आँसु हुन्छ उनको । आँखा अगाडि भर्खरको छोरो छट्पटाउँदै ‘पानी\' पनि भन्न नपाएर मरेको देखिन् उनले । पलभरमै बस्ने घर जलेर खरानी भयो । खत्री भन्छिन्, ‘त्यो दिन सम्झन चाहन्नँ । भगवानसँग एउटै कामना छ, अब त्यस्तो कहिल्यै नहोस् । देशमा शान्ति होस् ।\' खारामा त्यो घटना हुँदा ६-७ वर्ष मात्र उमेर पुगेका त्यो बेलाका बालबालिका अहिले २२-२४ वर्षका जवान भएका छन् । उनीहरूलाई त्यो दिनको डर लाग्दो घटनाको मधुरो सम्झना मात्र छ । अहिले झट्ट सम्झनु पर्दा उनीहरूलाई कताकता सपनाजस्तो लाग्छ त्यो दिन । खारा पोखरीकी २४ वर्षीया गीता खड्का भन्छिन्, ‘हाम्रै आँखा अगाडि ठूली भाउजूलाई प्रहरीले गोली हान्दा म आँखा चम्लिएर कराएको अलिअलि सम्झन्छु । तर, अहिले त्यो दिन सपनाजस्तो लाग्छ ।\' त्यसपछि खारामै जन्मेकाहरू पनि अहिले १६-१७ वर्षका भइसके । उनीहरूलाई त्यो दिनको दुखान्त वर्णन सुन्दा कुनै चलचित्रको कथा सुनेजस्तो लाग्छ । उनीहरू हतपति पत्याउँदैनन् पनि । आमाको गर्भमै रहँदा खारा काण्डमा परेर बुबा गमाएकी खारा पोखरीकी सावित्रा खड्कालाई बुबाको मृत्युको कथा दुखान्त चलचित्रको कथाजस्तो लाग्छ । उनी प्रश्न गर्छिन्, ‘त्यस्तो त फिल्ममा मात्रै हुन्छ होइन र ? \' सावित्राजस्ता खारा गाउँमा अहिले धेरैजना छन् जो त्यो दिनको डर लाग्दो वर्णन सुन्नै चाहन्नन् । फागुन १० को भयानक आक्रमणको प्रत्यक्षदर्शी बनका यहाँका स्थानीय अग्रज पुस्ता पनि पछिल्लो पुस्तालाई त्यो दिनको घटना विस्तृत बताउन अघि सर्दैनन् । खारा काण्डमा श्रीमान् र जेठो छोरो गुमाएकी खारा कुरलकी रती वली भन्छिन्, ‘दुःखको दिनलाई त भुलेकै राम्रो । सम्झेर धेरै रोयौं, केही फाइदा भएन । जिउ मात्रै गल्यो, कमजोर भइयो । अब त हामी दुःख बिर्सन चाहन्छौँ । बाँकी रहेको जीवन सहज बनाउन चाहन्छौं ।\' खाराको त्यो घटनापछि देश शान्ति प्रक्रियामा प्रवेश गरेसँगै खारालाई सरकारले ‘शान्ति गाउँ\' घोषणा गरी थुप्रै राहतका कार्यक्रम पनि ल्यायो तर कति राहतका कार्यक्रम बीच बाटोमै हराएर गए त कति खारासम्म पुगे पनि प्रभावकारी हुन सकेनन् । स्थानीय शान्ति समितिमार्फत मृतकका आफन्तलाई राहत स्वरूप प्रतिपरिवार पाँच लाख रुपैयाँ नगद प्रदान गरियो । यतिले मात्र आफूहरूको पीडा काम नहुने भएकाले सरकारले गठन गरेको सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत दोषीलाई कारबाही हुनुपर्ने माग खारावासीको छ । यो घटनामा परेर घाइते र अपांग भएका धेरै अहिले पनि राहतको पहुँचभन्दा बाहिर छन् । पीडितलाई आवश्यक क्षतिपूर्तिसहित दोषीलाई कारबाही हुन सकेमा मात्र खारावासीप्रति सच्चा न्याय हुने भएकाले राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताउँछन् घटनाको प्रत्यक्ष अनुगमनमा सक्रियता तत्कालीन इन्सेक प्रतिनिधि जीवन खड्का । खड्का भन्छन्, ‘खारावासीलाई न्यान दिन दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । अनि जनतालाई अब यस्तो हँदैन भन्ने विश्वास पनि राज्यले नै दिलाउन सक्नुपर्छ ।\'
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE