Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

केन्द्रमा १६ मन्त्रालय प्रस्ताव, यी हुन् सम्भावित मन्त्रालय र मातहतका विभाग

\"\"काठमाडौं, १८ चैत । केन्द्रमा बढीमा १६ मन्त्रालय राख्न प्रस्ताव गरिएको छ। अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ मन्त्रालय छन्। सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित उच्चस्तरीय समितिमातहतको उपसमितिले केन्द्रमा रहने मन्त्रालयको प्रस्ताव गरेको हो। आजको नयाँ पत्रिकामा खबर छ– मन्त्रालयका प्रशासन सुधार महाशाखा प्रमुख सहसचिव नीता पोखरेलको संयोजकत्वमा उपसमितिले अहिलेका गाभिने मन्त्रालयसहित मातहतका विभागको प्रस्तावित सूचीसमेत तयार गरेको छ । उपसमितिकी संयोजक पोखरेलले मन्त्रालयको प्रारम्भिक टुंगो लागे पनि विभाग तथा अन्य केन्द्रीय निकायको अन्तिम टुंगो लगाउन बाँकी रहेको बताइन्। उपसमितिले हाल कायम ६५ विभाग तथा ३७ सार्वजनिक संस्थानमध्ये कुन विभाग र सार्वजनिक संस्थान केन्द्रमा रहने भन्ने प्रारम्भिक प्रस्ताव पनि अन्तिम टुंगो लगाउँदै छ। उपसमितिमा उपसचिवहरू नन्दराज ज्ञवाली, प्रेमलाल लामिछाने, टंकप्रसाद पाण्डे, प्रकाश दाहाल तथा शाखा अधिकृतहरू विशाल ज्ञवाली, लीला काफ्ले, किरण जोशीलगायत सदस्य छन्। यसरी लाग्नेछ अन्तिम टुंगो उपसमितिले प्रस्ताव गरेको मन्त्रालयको संख्यामा सचिव नेतृत्वको समितिले थप अध्ययन गर्न सक्छ। उपसमितिको प्रस्ताव सचिव नेतृत्वको समिति हुँदै मुख्यसचिव नेतृत्वको संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समन्वय समितिमा पुग्नेछ। समन्वय समितिले प्रतिवेदनलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पेस गर्नेछ । सरकारले प्राप्त प्रतिवेदनलाई थप अध्ययनपछि अन्तिम निर्णय गर्नेछ। प्रस्तावित मन्त्रालय र मातहतका विभाग १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय : मातहत रहने निकाय : नेपाल ट्रस्टको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, लगानी बोर्डको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय २. अर्थ तथा योजना मन्त्रालय : मातहत रहने निकाय : आन्तरिक राजस्व विभाग, भन्सार, महालेखा नियन्त्रकको कार्यालय, राजस्व अनुसन्धान विभाग, राजस्व प्रशासन तालिम केन्द्र, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय योजना आयोग ३. गृह मन्त्रालय : मातहत रहने निकाय: अध्यागमन विभाग, कारागार व्यवस्था विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रहरी किताबखाना, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय परिचयपत्र व्यवस्था केन्द्र ४. परराष्ट्र मन्त्रालय: मातहत रहने निकाय : कन्सुलर सेवा विभाग, राहदानी विभाग, अतिथि सत्कार विभाग, राजदूतावास र महावाणिज्य दूतावास ५. रक्षा मन्त्रालय : मातहत रहने निकाय : नेपाली सेना जंगी अड्डा ६. कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय: मातहत रहने निकाय : कानुन आयोग, न्यायसेवा तालिम केन्द्र, सर्वोच्च अदालत र अन्य अदालतहरू ७. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय: गाभिने : उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय मातहत रहने निकाय : खानी तथा भूगर्भ विभाग, वाणिज्य आपूर्ति, गुणस्तर तथा नापतौल विभाग ८. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय: मातहतका निकाय : पर्यटन विभाग, पुरातत्व विभाग ९. सूचना तथा सञ्चार एवं विज्ञान तथा प्रविधि मन्त्रालय: गाभिने मन्त्रालय : सूचना तथा सञ्चार मन्त्रालयमा विज्ञान तथा प्रविधि मन्त्रालय मर्ज हुने मातहत रहने निकाय : प्रमाणीकरण नियन्त्रणको कार्यालय, मुद्रण विभाग, राष्ट्रिय सूचना आयोग, सूचना तथा प्रविधि विभाग, हुलाक सेवा विभाग १०. जलस्रोत तथा ऊर्जा मन्त्रालय : गाभिने : ऊर्जा मन्त्रालय र सिँचाइ मन्त्रालय मर्ज हुने मातहत रहने निकाय : जल तथा ऊर्जा आयोग, विद्युत् विकास विभाग, सिँचाइ विभाग ११. स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्रालय : गाभिने : स्वास्थ्य मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय मर्ज हुने मातहतका निकाय : औषधि व्यवस्था विभाग, अस्पताल चिकित्सालय प्रयोगशाला, आयुर्वेद विभाग, स्वास्थ्य सेवा विभाग १२. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : गाभिने : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय मर्ज हुने मातहत निकायहरू : सडक तथा रेल विभाग, यान्त्रिक प्रयोगशाला, नागरिक उड्डयनसम्बन्धी कार्यहरू १३. कृषि सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय : गाभिने : कृषि विकास मन्त्रालय, पशुपक्षी विकास मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालय मर्ज हुने मातहत रहने निकायहरू : कृषि विभाग, नापी तथा भूव्यवस्थापन विभाग १४. वन भूसंरक्षण तथा वातावरण मन्त्रालय : गाभिने : वन तथा भूसंरक्षण मन्त्रालय र वातावरण मन्त्रालय मर्ज हुने मातहतका निकायहरू : वन व्यवस्थापन विभाग, वातावरण तथा मौसम विज्ञान विभाग १५. संघीय मामिला तथा समावेशी मन्त्रालय: गाभिने : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय मर्ज हुने मातहत रहने निकायहरू : केन्द्रीय पञ्जीकरण विभाग, महिला तथा बालबालिका विभाग १६. शिक्षा तथा मानव संसाधन मन्त्रालय : गाभिने : शिक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय श्रम तथा रोजगार मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय मर्ज हुने मातहत रहने निकायहरू : परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्र शैक्षिक जनशक्ति विकास केन्द्र, राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद्, श्रम तथा वैदेशिक रोजगार विभाग
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE