Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

मतदाताको नङमा मार्कर

\"\"काठमाडौं, १८ चैत । स्थानीय तहको निर्वाचनका लागि मतदाताको नङमा लगाउने मसी भारतबाट नआएपछि निर्वाचन आयोगले \'मार्कर पेन\' किनेको छ । भारतबाट मसी आउने/नआउने टुंगो नभएपछि आयोगले स्थानीय तहको निर्वाचनमा मार्कर पेन प्रयोग गर्ने तयारी गरेको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– २०७० को संविधानसभा निर्वाचनमा नङमा लगाउने मसी भारत सरकारले दिएको थियो । यसपटक पनि आयोगले मसी उपलब्ध गराइदिन भारत सरकारसँग अनुरोध गरेको थियो । तर भारत सरकारबाट सकारात्मक जबाफ नआएपछि मार्कर पेन किनेको आयोगले जनाएको छ । \'भारतले दिने/नदिने केही भनेको छैन\', निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने, \'निर्वाचनको दिन नजिकिँदै गएकाले आयोगले तयारी अवस्थामा रहन मार्कर पेन किनेको हो ।\' भारतबाट मसी प्राप्त भए त्यसलाई आगामी निर्वाचनमा प्रयोगमा ल्याउन सकिने दाहालले बताए । \'मसीभन्दा मार्कर प्रयोग गर्न सहज हुन्छ होला भन्ने हाम्रो विश्वास हो\', दाहालले भने, \'मसी आयो भने प्रतिनिधिसभा र प्रदेशको निर्वाचनमा पनि प्रयोगमा ल्याउन सकिन्छ ।\' आयोगले नउड्ने मसी भएको मार्कर किनेको जनाएको छ । आयोगका अर्का आयुक्तले निर्वाचन सुरक्षाका लागि भारत सरकारसँग केही सवारीसाधन माग भएकोमा अहिलेसम्म कुनै खबर नदिएको बताए । \'हामीले भारत सरकारबाट सवारीसाधन सहयोगका लागि माग गरेका थियौं तर अझै आएका छैनन्\', ती आयुक्तले भने, \'सवारीसाधन नआउँदैमा चुनावमा भने असर पर्दैन।\' आयोगले मिनीबस, मोटरसाइकलसमेत गरी ३८ वटा सवारीसाधन भारतसँग माग गरेको थियो । उत्तरी छिमेकी चीनबाट भने निर्वाचन सामग्री प्राप्त भएको आयोगले जनाएको छ । कैंची, रातो र कालो कलम, स्ट्याप्लर, पन्चिङ मेसिनलगायत १२ प्रकारका सामग्री चीन सरकारबाट आएको जानकारी आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले दिए । आयोगले निर्वाचनमा प्रयोग हुने ६७ सामग्रीको जोहो गरिरहेको छ । सियो, धागोलगायत १२ वटा सामग्री जिल्लाबाट किन्न भनिएको र अन्य सामग्री ठेक्कापट्टा र दातृ संघसंस्थाको सहयोगमा जुटाउने काम आयोगले गरिरहेको छ । अपुग मतपेटिका चीनबाट र मतदाता परिचयपत्र आयोग परिसरमै छाप्ने काम भइरहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE