Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

कमल थापाका पक्षमा प्रधानमन्त्री

\"\"काठमाडौं, १८ चैत । उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो दाबी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्थानीय विकासमन्त्री कमल थापाका पक्षमा उभिएका छन् । तर, औपचारिक रूपमा त्यसको घोषणा नभएका कारण मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित भएपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग निधिलाई सम्झाउन आग्रह गरेको स्रोतले जानकारी दिएको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– \'मैले कमल थापाजीलाई यसअघि नै उपप्रधानमन्त्री भइसकेको हुनाले दोस्रो मर्यादामा राख्ने प्रतिबद्धता गरेको थिएँ, अहिले समस्या देखियो\', देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो, \'यसमा तपाईंले सम्झाइदिनुपर्यो ।\' \'उपप्रधानमन्त्रीसँग नै कुरा गरेर सहमतिमै टुंग्याउनुस्\' भन्ने जबाफ देउवाले दिएका थिए । प्रचण्डले देउवासँग \'यस विषयमा छलफल गरी मिलाउँछु\' भन्ने प्रतिबद्धता गरेका थिए । \'प्रधानमन्त्रीले सहमति गरेर मर्यादाक्रम मिलाउँछु भन्नुभएको छ\', देउवाका निजी सचिव भानु देउवाले भने । पहिलो नम्बरको उपप्रधानमन्त्री को हुने भन्ने विवादका कारण मन्त्रिपरिषद् बैठक नै प्रभावित भएको छ । प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएको र नियमित मन्त्रिपरिषद् बैठक हुने दिन भएकाले पनि बिहीबार मन्त्रीहरू बैठकको खबर कुरेर बसेका थिए । तर साँझसम्म पनि मन्त्रिपरिषद् बैठक बस्ने खबर नआएपछि उनीहरूले उपप्रधानमन्त्री वरियताक्रममा को माथि हुने भन्ने विवाद चुलिएको थाहा पाएका थिए। उपप्रधानमन्त्रीबीच देखिएको विवाद चुलिएर मन्त्रिपरिषद् बैठक नै बस्न नसक्ने अवस्थामा पुगेपछि त्यस विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । सरकारमा उपप्रधान एवं स्थानीय विकासमन्त्रीसहित थापा सहभागी भएपछि एउटा मात्रै मन्त्रिपरिषद् बैठक बसेको छ । उक्त बैठकमा अर्का उपप्रधानमन्त्री निधि भारत भ्रमणमा थिए । आफू सत्ताको सबैभन्दा ठूलो दलको नेतृत्व गरी सरकारमा सहभागी भएकाले आफू मर्यादाक्रममा अघि हुनुपर्ने तर्क निधिको छ । अर्का उपप्रधानमन्त्री थापाले आफू निधिभन्दा पहिला नै उपप्रधानमन्त्री भइसकेकाले आफू मर्यादाक्रममा निधिभन्दा माथि हुनुपर्ने दाबी गर्दै आएका छन् । दुवैले आफू मर्यादाक्रममा दोस्रो हुनुपर्ने अडान नछाडेपछि मन्त्रिपरिषद् बैठक प्रभावित भएको हो । स्रोतका अनुसार दुवै उपप्रधानमन्त्रीले आफूलाई दोस्रो मर्यादामा नराखे राजीनामासम्म दिने चेतावनी प्रधानमन्त्रीलाई दिइसकेका छन् ।देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले चुनावका विषयमा सरकारले गरेको तयारीका विषयमा पनि छलफल गरेका थिए । स्रोतका अनुसार एक साताभित्र मधेसी मोर्चासँग सहमति गरी चुनावमा अघि बढ्ने तयारीमा सरकारमा सहभागी दलहरू छन् । प्रधानमन्त्रीसँग भेट गर्नुअघि देउवाले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेट गरेका थिए । उनकै निवास बूढानीलकण्ठमा भएको भेटमा एक साताभित्र संविधान संशोधन संसद्मा अघि बढाउन ठाकुरले देउवासँग आग्रह गरेका थिए । कांग्रेसले मधेसी मोर्चाको माग सम्बोधन गर्दै संशोधन प्रस्ताव पारित गर्ने पार्टीको औपचारिक निर्णय आइसकेको भन्दै त्यस विषयमा एमालेलगायत अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने देउवाले बताएका थिए । देउवाले छिट्टै मधेसी मोर्चा र सरकारकाबीच छलफल गरी संविधान संशोधन विधेयक अघि बढाउने प्रतिबद्धता ठाकुरसँग गरेका छन् । \'संविधान संशोधन भए चुनावका लागि हामी तयार छौं\', देउवासँगको भेटमा ठाकुरको भनाइ उद्धृत गर्दै स्रोतले जानकारी दियो, \'तर यत्तिकै अल्झाउने हो भने चुनाव सम्भव छैन ।\'मर्यादाक्रम विवाद चुलिएर मन्त्रिपरिषद् बैठक नै बस्न नसक्ने अवस्था बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE