Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

भूकम्पपीडितको चुनावी नारा, ‘जसले दिन्छ छत, उसैले पाउँछ मत'

[caption id=\"attachment_125111\" align=\"alignleft\" width=\"750\"]\"\" गोरखामा घर बनाउन जुटेका स्थानीय[/caption] काठमाडौं, १७ चैत । स्थानीय तह निर्वाचनका लागि भोट माग्न आउने दलका प्रतिनिधिसामु गोरखाका भूकम्पपीडित आवास निर्माणको माग उठाइरहेका छन् । उनीहरूले नारा नै तय गरेका छन्, ‘जसले दिन्छ छत, उसैले पाउँछ मत ।’ घर बनाउन सहयोग गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनीहरूको सर्त छ । आजको कान्तिपुरमा खबर छ– भूकम्पबाट अति प्रभावित गुम्दा नवघोषित धार्चे गाउँपालिकाको केन्द्र हो । स्थानीयलाई अहिले घर निर्माणसँगै चुनावी चटारो छ । ‘हिजोआज फुर्सद नै हुन छाड्यो,’ कर्णमाइला गुरुङले भने, ‘घर, स्कुल, स्वास्थ्यचौकी बनाउने काममा भ्याइनभ्याइ छ, फेरि चुनाव पनि लाग्न थाल्यो ।’ पार्टीका मान्छे भोट माग्न आउन थालेको उनले बताए । टहरामा कष्ट झेलिरहेका पीडितहरू यसपालि बर्खाअगावै घर बनाइसक्ने तयारीमा छन् । घर बनाउन सरकारी अनुदान छिटो दिलाइदिने उम्मेदवारलाई भोट दिने सल्लाह छ, उनीहरूबीच । ‘दोस्रो किस्ताको अनुदान लिन झन्झट रहेछ, घर बनाउन सहयोग गर्नेलाई मात्र भोट दिने सल्लाह गरेका छौं,’ स्थानीय कमानसिंह गुरुङले भने । पुनर्निर्माणमा महिला पनि निकै सक्रिय छन् । ‘गाउँमा छोरामान्छे धेरै छैनन्,’ स्थानीय राममाया गुरुङले भनिन्, ‘जान्ने र सक्नेजति काम महिलाले गर्न थालेका छौं ।’ उनका अनुसार घर निर्माणसँगै चुनावको पनि चर्चा भइरहेको छ । ‘घर बनाउने काममा गयो, को उठ्ने, कसलाई भोट दिने भनेर छलफल हुन्छ,’ उनले भनिन् । शान्ति समितिले पालुङटारमा आयोजना गरेको चुनावी छलफलमा पनि पुनर्निर्माणकै चर्चाले बढी समय खायो । ‘भूकम्पपीडितले घर बनाउने राहत नपाउँदा चुनावप्रति पनि शंका गरेका छन्’, लालबहादुर विश्वकर्माले भने, ‘अनुदानको पूरै रकम नपाएसम्म भोट हाल्दिनँ भनेर गाउँले सल्लाह गर्दैछन् ।’ अनुदानको आस देखाएका नेताहरूले चुनाव जितेपछि जनतालाई मद्धत गर्नेमा ढुक्क भएको पालुङटारको च्याङ्लीका अर्जुनबहादुर पाण्डेले बताए । ‘चुनाव जित्नेले अनुदान प्रक्रिया सरल पारून्, सजिलै घर बनाउन पाइयोस् भन्ने चाहना छ ।’ निर्वाचित व्यक्तिले पुनर्निर्माणको नयाँ खाका ल्याउनुपर्ने पालुङटार–६ का रूपनारायण श्रेष्ठले बताए । ‘भूकम्पपछिको पुनर्निर्माण सुस्त छ, गति दिन जनप्रतिनिधिले खाका ल्याउनुपर्छ,’ उनले भने । लमजुङको सुदूरपूर्वी भेगका स्थानीय पनि भूकम्पले भत्किएका घर बनाइदिए मात्र भोट हाल्ने बताउन थालेका छन् । गोरखासँग सीमा जोडिएका ती ठाउँका बासिन्दा अहिले भोट माग्न आउनेलाई यसै भनिरहेका छन् । भूकम्प केन्द्रविन्दु बारपाकबाट १४–१५ किमि हवाई दूरीमा रहेका त्यहाँका बासिन्दाले अझै पनि आवास अनुदान पाएका छैनन् । ‘भूकम्प गएको दुई वर्ष भयो । अहिलेसम्म घर बनाउने पैसा दिँदैन,’ दूधपोखरीको सिरानगाउँ पात्लेका ७२ वर्षीय नन्दलाल गुरुङले भने, ‘पहिले बास चाहियो, अनि मात्रै चुनाव र भोटको कुरा ।’ उनले सिंगो दूधपोखरी गाउँका ४ सय घरपरिवार टहरामा बसेको बताए । ‘सबै छाप्रोमा बसेका छन् । छाप्रो बनाउन नसक्नेहरू ढल्नै लागेको घरमा छन्’ उनले भने, ‘घर बनाउन सहयोग गर्ने भए मात्र भोट दिन्छौं ।’ स्थानीयका अनुसार तथ्यांक विभागबाट खटिएको टोलीले घर सर्भेसम्म गरेर गएको छ तर थप प्रक्रिया अघि बढेको छैन । ‘सरकारले दिएको रकमबाट पारि गोरखाका स्थानीयले घर बनाइसके, हाम्रो कहिले आउने हो, थाहा छैन,’ गजबहादुर गुरुङले भने । घमारचोकका इतराज गुरुङका अनुसार गाउँमा चुनावी गतिविधि सुरु भएको छ । नेता आएर गाउँका टाठाबाठासँग भेटघाट गर्न थालेका छन् । चलहपहल बढेको छ । ‘यसअघिका जनप्रतिनिधिलाई भन्दा नयाँ अनुहार तथा युवालाई हेर्न चाहेका छन्’ उनले भने । बिचौरका रामहरि दवाडीका अनुसार गाउँको बीच भागमा पर्ने ठाँटीमा दिनभरि चुनावका कुरा चल्छ । ‘ठाँटी बजारमा चियापसलदेखि थकान मेट्ने चौतारो भएकाले दिनैपिच्छे मानिसको भीडभाड हुन्छ । त्यही ठाउँमा चुनावको कुरा चल्छ,’ उनले भने । सानोकाभ्रे मावि ताजी इलमपोखरीका प्रधानाध्यापक तुलसी दवाडीले गाउँका बुद्धिजीवी, स्थानीय नेता–कार्यकर्ताबीच चुनावी चर्चा बढेको बताए । ‘नेतालाई चुनाव लागे पनि गाउँलेलाई खासै लागेको छैन । उनीहरू बास खोजिरहेका छन्,’ उनले भने, ‘सरकारले अझै पनि पैसा दिएन ।’ भूकम्मपीडितको व्यथा बुझ्नेलाई नै यसपालिको चुनावमा सघाउने स्थानीयको मनसाय रहेको पनि दवाडीले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE