Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

संवेदनशील केन्द्रमा प्रत्यक्ष भिडियो निगरानी

\"\"काठमाडौं, १७ चैत ।  निर्वाचन आयोगले सुरक्षाको दृष्टिले संवेदनशील मानिएका मतदान केन्द्रमा प्रत्यक्ष भिडियो निगरानी (लाइभ स्ट्रिमिङ) गर्ने भएको छ । आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचन तयारीमा जुटिरहेको आयोगले सुरक्षा दृष्टिले संवेदनशील मानिएका मतदान केन्द्रको भिडियो देखिने गरी लाइभ स्ट्रिमिङ गर्ने र त्यसलाई जिल्ला सदरमुकाम तथा केन्द्रबाट निरीक्षण गरिने प्रस्ट पारेको हो । आजको राजधानी दैनिकमा खबर छ– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले आम मतदातालाई भयरहित वातावरणमा मतदान गर्न यस्तो व्यवस्था गर्ने तयारीमा आयोग जुटेको जानकारी दिए । ‘स्वतन्त्र तथा भयरहित वातावरणमा मतदान गर्न पाउनु मतदाताको अधिकार हो । हामी त्यसका लागि सुरक्षा प्रबन्धमा जुटेका छौं । यसपटक सुरक्षा संवेदनशील मानिएका मतदान केन्द्रमा केन्द्रबाटै हामी लाइभ स्ट्रिमिङ गर्छौं,’ प्रमुख निर्वाचन आयुक्त यादवले राजधानीसँग भने । आयोगले यसपटक विशेष प्रविधिको प्रयोग गरेर मतदातामा सुरक्षा विश्वसनीयता बढाउन लाइभ स्ट्रिमिङको रणनीति अपनाउन लागेको हो । स्थानीय मतदान केन्द्रबाट गरिने त्यस्तो भिडियो लाइभ स्ट्रिमिङले जिल्ला सदरमुकामस्थित कार्यालय हुँदै निर्वाचन आयोगको केन्द्रीय कार्यालयलाई जोड्नेछ । अर्थात्, जुन केन्द्र संवेदनशील मानिएको छ, सो केन्द्रको अवस्था सिधै केन्द्रमा प्रत्यक्ष जानकारीमा रहनेछ । तर, सो प्रविधिबाट हुने भिडियो सार्वजनिक रूपमा भने हेर्न पाइनेछैन । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले आयोगले तोक्ने संवेदनशील निर्वाचन केन्द्रहरूबाट त्यस्तो प्रकारको विशेष निगरानीको व्यवस्था हुने बताए । ‘निर्वाचन आयोगले त्यसको टुंगो लगाउँछ, आयोगले तोकेका केन्द्रबाट यस किसिमको निगरानी हुनेछ,’ मैनालीले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending