Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

सिंहदरबारले सुनोस्: श्रीमतीको उपचार गर्न नसकेपछि श्रीमान फरार

\"\"गुल्मी, १६ चैत । सरकारले उपचारको नाममा लाखौं रुपैयाँ वितरण गरिरहँदा दुरदराजका जनता भने सामान्य उपचार नपाएर मृत्युवरण गर्न थालेका छन् । त्यसोत आफ्नो जीवनसंगिनीको उपचार गर्न पैसा अभावपछि भएपछि विरामी श्रीमतीलाई छाडेर श्रीमान नै फरार हुनु परेको छ । फरार हुनु उनको रहर होईन बाध्यता हो । सरकारले उपचारको नाममा राज्य कोषबाट सहयोग गर्ने गर्छ । तर त्यो सहयोग दुरदराजका गरिब र असहायहरुले कमै मात्रमा पाउँछन् । अझ त्यो पनि ‘पावर’ छ भने मात्र पाउँछन् । स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै वाहवाहि कमाएका स्वास्थ्यमन्त्री गगनकुमार थापाले यो पनि सुनून् ‘ श्रीमतीको उपचार गर्न पैसा नहुँदा श्रीमान फरार छन् ।’ दर्लामचौरका एक व्यक्ति विपन्नताका कारण श्रीमतीको उपचार गर्न नसकेर घरबाट फरार भएका छन् । ईस्मा गाउँपालिका अन्तर्गत साविकको दर्लामचौर ८ सेनखण्डका अन्दाजी ४० वर्षिया मंगल नेपाली श्रीमती पार्वती नेपालीको उपचार गर्न नसकेर फरार भएको आफन्तले बताएका छन् । मुटु सम्वन्धी रोगले ग्रस्त भएकी श्रीमति पार्वतीलाई जिल्ला अस्पतालले पाल्पा रिफर गरेको थियो  । तर उनका श्रीमानले उपचार गर्ने खर्च नभएका कारण श्रीमतिलाई घर फर्काएका थिए । घरमा विरामी श्रीमतिको हेरचाह गर्नुपर्ने ठाउँमा १५ वर्षिय र ११ वर्षिय दुई छोरालाईसंगै लगेर नेपाली चैत ९ गते फरार भएको र त्यसको दुई दिनपछि चैत १३ गते श्रीमतिको मृत्यु भएको थियो । स्थानीय समाजसेवी प्रेम भुसालले मृत्यु भएको पनि पाँच दिन भई सक्दा पनि काजकिरीयाको काम हुन नसकेको जानकारी दिए । फरार उनका श्रीमानलाई तम्घास सम्म खोजतलास गर्न पनि गइएको थियो तर उनी कतै पनि फेला परेनन् । घरमा एक्ली पाँच वर्षकी छोरी मात्रै भएकोले गाउँवासीले पालेर राखेका उनले बताए । उनको काज किरिया गर्ने कोही नभएपछि रोकिएको छ । उनको उपचारका लागि आफुहरुले गाउँमा चन्दा उठाएको तर त्यो रकमले नपुगेपछि ३० वर्षको उमेरमा उपचार पाउन नसकेर पार्वतीले अकालमा ज्यान गुमाउनु परेको भुसालको भनाइ रहेको छ । काग्रेस नेतृ सुजता कोइरालाको अर्बौंको सम्पति हुँदाहुँदै पनि उपचारको नाममा ५० लाख दिन सक्ने सरकारले पार्वर्तीहरु सामान्य उपचार मरिरहेका देख्न नसक्नु जित्त लज्जाकाे विषय के हाेला र ?  र प्रश्न गर्न मन लाग्छ उपचार नपाएर कतिन्जेल मर्ने पार्वतीहरु सरकार ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending