Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

पत्रकार महासंघ ६२ औं बर्षमा

\"\"काठमाडौं, १६ चैत । बुधबार (आज)देखि पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ आफ्नो स्थापनाको ६२औं वर्षमा प्रवेश गरेको छ । महासंघको स्थापना २०१२ चैत १६ गते भएको हो । महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई हुन् । स्थापना दिवसको अवसरमा अध्यक्ष डा महेन्द्र विष्टले मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको प्रयासलाई रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न अझ सशक्तरूपमा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली सञ्चार क्षेत्र अहिले विभिन्न अवसर र चुनौतीको बीचबाट गुज्रिरहेको भन्दै विविध समस्याका लागि सबै एक हुनुपर्ने र राज्यले सहयोग गर्नुपर्ने बताए ।।  संविधानसभाबाट जारी भएको नयाँ संविधान बमोजिम मुलुक अहिले स्थानीय तहको निर्वाचनको संघारमा छ भने नेपाल पत्रकार महासंघ पनि २५औं महाधिवेशनको पूर्वतयारीमा छ । राजनीतिक संक्रमण र नयाँ नेतृत्व चयनको यस घडीमा अझ संवेदनशील भएर आफ्नो जिम्मेवारी बहन गर्न सबै पत्रकारहरु लाग्नुपर्ने पनि उनले बताए । स्थापना दिवसका अवसरमा आज दिउँसो एक बजे महासंघले केन्द्रीय कार्यालय सञ्चारग्राम काठमाडौमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेकाले सहभागिताका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापन, पत्रकारिता सम्वद्ध संघसंस्था र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील अगुवा संघसंगठनको नेतृत्वलाई हार्दिक आमन्त्रण गरिएको छ । यसैबीच नेपाल पत्रकार महासंघको ६२ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ प्यूठान शाखाले फोप्लीका बाढीपहिरो पीडितका लागि ८० सेट रेडियो वितरण गर्दैछ । रेडियोको माध्यमबाट जनचेतना फैलिने भन्दै शाखाले रेडियो सेट वितरण गर्ने भएको हो । गत साउन महिनाको ११ र १२ गतेको बाढीपहिरोमा परेका र जिल्ला प्रशासन कार्यालय प्यूठानको तथ्याँकको “क”वर्गमा परेका बाढीपहिरो  पीडितका लागि रेडियो वितरण गर्ने शाखाका सचिव विजयसिँह भारतीले जानकारी दिए। गत साउन महिनाको ११ र १२ गतेको बाढीपहिरो फोप्लीका गाविसका २८ जनाले ज्यान गुमाएका थिए भने सयौँ परिवार विस्थापित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE