Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

स्थानीय निर्वाचनका लागि यस्तो छ कांग्रेसको तयारी

\"\"काठमाडौँ, १६ चैत । नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी तीव्र तयारी थालेको छ । काँग्रेसले संविधानबमोजिम राज्यको पुनःसंरचना र स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट सम्बन्धित तहमा पार्टी सङ्गठन परिचालन गर्ने र उम्मेदवार चयन गर्नेलगायतका विषयमा आफ्नो विधानमा थप व्याख्या र स्पष्ट गरेको छ । काँग्रेसको तीन दिनसम्म राजधानीमा बसेको केन्द्रीय समिति बैठकले १३ औँ महाधिवेशनबाट गठित पार्टी संरचना कायम रहने गरी विद्यमान संरचनामार्फत जनस्तर ९टोलस्तर० सम्म सङ्गठन विस्तार गरी परिचालन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । निर्वाचन प्रयोजनका लागि स्थानीय समन्वय समिति गठन स्थानीय तहको निर्वाचन प्रयोजनका लागि पार्टीले गाउँपालिका र नयाँ गठन भएको नगरपालिकाको केन्द्र रहेको गाउँ एकाइ सभापतिलाई संयोजक र अन्य एकाइ सभापतिलाई सहसंयोजक तथा सबै एकाइ कार्यसमितिका हाल बहाल सबै पदाधिकारीलाई गाउँपालिका समन्वय समितिको सदस्य कायम गर्ने निर्णय गरेको छ । नगरपालिका÷उपमहानगरपालिका विस्तार भई नगरपालिका÷उपमहानगरपालिका÷महानगरपालिका गठन भएकोमा नगरका सभापतिलाई संयोजक र अन्य एकाइ सभापतिलाई सहसंयोजक र सबै एकाइ कार्यसमितिका सबै पदाधिकारीलाई नगरपालिका÷ उपमहानगरपालिका÷महानगरपालिका समन्वय समितिको सदस्य कायम गर्ने निर्णय गरिएको नेता बडूले जानकारी दिए । वैशाख ७ गतेभित्र उम्मेदवार चयन गरिसक्नुपर्ने काँग्रेसले आगामी वैशाख ७ गतेभित्र जिल्लास्थित संयन्त्रमार्फत सबै तहका लागि उम्मेदवार चयन गरिसक्न स्थानीय नेतृत्वलाई निर्देशन दिने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर जिल्ला सभापतिले गर्नुपर्ने व्यवस्था छ । उम्मेदवार चयनका सम्बन्धमा पार्टीले एकै निर्वाचन क्षेत्रअन्तर्गत उम्मेदवारको नाम, सम्बन्धित गाउँ, नगर, उपमहानगर वडा, महानगर वडा समन्वय समितिको सिफारिसको आधारमा सम्बन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्बन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्ने व्यवस्था गरिएको छ । त्यस्तै दुई वा दुईभन्दा बढी क्षेत्रीय कार्यसमितिले सिफारिस गर्नुपर्ने अवस्थामा सम्बन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्बन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको संयुक्त बैठकले सिफारिस गर्ने नेता यादवले बताए । उक्त सिफारिसको आधारमा केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिस्पर्धी, सम्बन्धित क्षेत्रका क्षेत्रीय सभापति, सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार समेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्नेछ । जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यको चयन सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिष्पर्धी, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार समेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय गर्नेछ । प्रहरी प्रमुखका सम्बन्धमा सर्वोच्चको निर्णय हस्तक्षेप काँग्रेसले संविधानले संवैधानिक सर्वोच्चता, बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तलाई स्वीकार गर्दै कार्यकारिणी अधिकारको स्पष्ट व्यवस्था गरेको भएता पनि प्रहरी प्रमुख नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले हालै गरेको निर्णयले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको महसुस गरेको छ । काँग्रेसले संसद्मा प्रस्तावित संविधान संशोधन विधेयक संसद्मा रहेका सबै दलको यथाशक्य सहमतिमा पारित गर्न नेपाली काँग्रेसले अग्रसरता लिने र त्यसका लागि संसद्मा रहेका सम्पूर्ण दलसँगको संवादलाई तीव्र र सार्थक बनाउन पहलकदमी लिने निर्णय गरेको छ । काँग्रेसले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गर्दै निर्वाचनमा सहभागी हुन सम्पूर्ण राजनीतिक दललाई अपिलसमेत गरेको छ । पार्टीले भूकम्पबाट प्रभावितलाई सबैलाई राहतको बाँकी किस्ता उपलब्ध गराउन तथा बाढी, पहिरोपीडितलाई भूकम्प प्रभावितसरह राहत दिने निर्णय गरेको छ । त्यस्तै घर जग्गा अनुदान अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरेको छ । अनुशासन समितिमा श्रेष्ठ, लेखामा यादव काँग्रेसले विधानअनुसार अनुशासन समितिको संयोजकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई चयन गरेको छ भने लेखापरीक्षण समितिको संयोजकमा केन्द्रीय सदस्य चित्रलेखा यादवलाई चयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । पार्टीले गत फागुन २६ गते कञ्चनपुर जिल्लामा नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गोविन्द गौतमको मृत्यु भएको घटनालाई दुःखद्, खेदजनक र दुर्भाग्यपूर्ण भनेको छ । साथै घटनाको सम्बन्धमा भारतको उच्च कूटनीतिक तहमा पहल गरी घटनाको यथार्थ छानबिन गरी दोषी माथि कारबाही अगाडि बढाउन, मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । आइतबारदेखि सुरु बैठकले यसअघि सभापति शेरबहादुर देउवाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरिसकेको छ भने पार्टीका ४२ वटा केन्द्रीय विभाग कायम गर्ने निर्णय गरेको मुख्य सचिव पौडेलले जानकारी दिए । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समिति समेत गठन गरिसकेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE