Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

गहुँको बीउ र माछामा आत्मनिर्भर बन्दै रुपन्देही

\"\"तिलोत्तमा (रुपन्देही), १३ चैत । स्रोत संरक्षण कृषि प्रविधि र उन्नत बीउ प्रयोग गर्दा यस वर्ष जिल्लामा गहुँको बीउ र माछाको उत्पदानमा उल्लेखनीय वृद्धि भएको छ । उत्पादनमा आएको वृद्धिसँगै गहँुको बीउ र माछा उत्पदानमा रुपन्देही आत्मनिर्भर बनेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । माछाका लागि रुपन्देहीलाई नमुना जिल्लाका रुपमा विकास गर्ने योजना अगाडि बढाएका छौं, जिल्ला कृषि विकास कार्यालय, रुपन्देहीका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले भने, – ‘जिल्लाको छपिया क्षेत्रलाई माछाको पकेट क्षेत्रको रुपमा घोषणा गरी त्यसै अनुरुप विकास गर्ने कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाएको छ ।’ उहाँले यहाँ उत्पादित जिउँदो माछा जिल्लाको माग पूरा गरी अन्य जिल्लामा समेत निर्यात गर्न थालिएको बताउँदै पछिल्लो समयमा छपिया क्षेत्रमा ठूल्ठूला कृषि फार्मसमेत खुल्ने थालेका छन् भने । त्यस्तै यहाँ उत्पादन भएको गहुँको बीउ पनि अन्य जिल्लामा निर्यात हुन थालेका छन् । नवलपरासी, कपिलवस्तु, पाल्पा, तनहुँलगायतका जिल्लामा गहुँको बीउ निर्यात हुने थालेको वरिष्ठ कृषि विकास अधिकृत सापकोटाले बताए । रुपन्देहीमा विजय, भृकुटी, गौतम, एनएल, २९७ लगायतका गहुँका बीउ उत्पादन हुने गरेका छन् । अन्यका तुलनामा यी बीउको उत्पादकत्व राम्रो र रोग प्रतिरोधात्मक शक्ति बढी भएकाले यहाँ उत्पादित बीउ अन्य जिल्लामा समेत लोकप्रिय हुने भएकाले यसको निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा दुई वटा सहकारी र तीन वटा निजी कम्पनीले वार्षिक दुई हजार ९०० मेट्रिक टन गहुँको उन्नत बीउ उत्पादन गर्ने गरेका छन् । रुपन्देहीमा ४० हजार किसान गहँु खेतीमा संलग्न छन् । यहाँको ३० हजार हेक्टर क्षेत्रमा गहुँ खेती गरिन्छ । त्यसका लागि तीन हजार ७०० टन बीउ आवश्यक पर्छ । जसबाट प्रतिहेक्टर उत्पादन ३ दशमलव २ टन हुने गरेको छ । जिल्लामा ८०० टन बीउ मात्र अनुदानमा आएको थियो । अनुदानको बीउ ४० किलोलाई रु एक हजार ३६० पर्छ भने बाहिर यसको मूल्य रु दुई हजार पर्छ । जिल्ला कृषि विकास कार्यालयकाअनुसार रुपन्देहीमा जिल्लामा जलाशय क्षेत्र ८६५ हेक्टर छ भने जिल्लामा माछापालक कृषक एक हजार ९०० जना रहेका छन् । व्यावसायिक रुपमा माछापालन गरेका पोखरीको सङ्ख्या जिल्लामा तीन हजार ३९० वटा छन् । अघिल्लो आवमा तीन हजार ५१० मेट्रिक टन माछा उत्पादन भएको थियो । यसरी माछा उत्पादन हुने दर जिल्लामा प्रतिहेक्टर चारदेखि पाँच टन हुने गरेका छन् । त्यस्तै जिल्लामा माछापालक समूह ४० वटा छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending