Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

माओवादी केन्द्रले चैतभित्रै सबै उम्मेदवार छानिसक्ने

\"\"काठमाडौं, १३ चैत । माओवादी केन्द्रले आगामी स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाएको छ । उम्मेदवार छनोटदेखि चुनावी घोषणापत्र तयार पार्नेसम्मका आन्तरिक तयारी माओवादीले अन्तिम तहमा पुर्याएको छ । आजको नयाँ पत्रिकामा खबर छ– ‘युद्धस्तरमा चुनावी तयारीमा सिंगो पार्टी होमिएको छ,’ माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नयाँ पत्रिकासँग भनिन् । माओवादीले स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टी कमिटीहरू गठन गर्न वडा, गाउँ, नगर, उपमहानगर तथा महानगरका सम्मेलन गर्दै चुनावी तयारी तीव्र बनाएको प्रवक्ता भुसालले बताइन् । प्रतिबद्धता (घोषणा)पत्र तयार माओवादी नेताद्वय देव गुरुङ र वर्षमान पुनले स्थानीय तह चुनावका लागि पार्टीका तर्फबाट चुनावी प्रतिबद्धतापत्र केन्द्रीय तहमा तयार पारेका छन् । केन्द्रीय कार्यालयले उक्त प्रतिबद्धतापत्रलाई पारित गरेर सुझाबका लागि सातवटै प्रदेशमा आन्तरिक रूपमा सर्कुलर गरिएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीले जानकारी दिए । ‘केन्द्रीय तहमा चुनावका लागि प्रतिबद्धतापत्र तयार भइसकेको छ, स्थानीयस्तरमा त्यहाँका सापेक्षतामा थप केही बुँदा राखेर पनि तयार पार्न सकिने बनाइएको छ,’ बुढाथोकीले नयाँ पत्रिकासँग भने, ‘आन्तरिक रूपमा पठाइएको प्रतिबद्धतापत्रमा आन्तरिक सुझाब आएपछि केही सुधार गरी एक–दुई दिनभित्रै अन्तिम फाइनल गरेर सार्वजनिक गर्छौँ ।’ माओवादी केन्द्रले घोषणापत्रमा स्थानीय तहको गठनलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्दै जनतालाई अधिकार सम्पन्न गर्ने र स्थानीय तहमै जनतालाई आफ्नो सत्ता आफैँले हस्तान्तरण गर्ने कामलाई उपलब्धिका रूपमा लिनुपर्ने उल्लेख गरेको छ । निर्वाचन परिचालन समिति गठन माओवादीले केन्द्रमा केन्द्रीय निर्वाचन परिचालन समिति र जिल्ला, महानगर, उपमहानगर, नगर र गाउँपालिका तहसम्म स्थानीय निर्वाचन परिचालन समिति बनाइसकेको छ । गत २३ फागुनमा बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले केन्द्रमा नेता देव गुरुङको नेतृत्वमा १३ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा वर्षमान पुन, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोपाल किराती, विश्वनाथ साह, हितमान शाक्य, शक्ति बस्नेत, लेखराज भट्ट र विश्वभक्त दुलाललगायतका नेताहरू सदस्य छन् । उक्त समितिले निर्वाचन कार्यविधि, निर्देशिका, चुनावी प्रतिबद्धतापत्रको मस्यौदा तयार पारेर केन्द्रीय कार्यालयमा पेस गरेको थियो । त्यसलाई केन्द्रीय कार्यालयले पारित गरेर आन्तरिक रूपमा तल्ला निकायमा पठाइसकिएको मुख्यसचिव बुढाथोकीले बताए । चैतभित्रै सबै उम्मेदवार छानिसक्ने माओवादी केन्द्रले उम्मेदवारका लागि कार्यविधि तय गरी तल्लो समितिसम्म पठाइसकेको छ । ३१ वैशाखका लागि घोषित स्थानीय तह चुनावका लागि १६ वैशाखमा दलहरूले उम्मेदवारी दर्ता गराउनुपर्नेछ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि १६ वैशाखको दिन तोकेको छ । ‘निर्वाचन कार्यविधि र निर्देशिका तलसम्म पुगिसकेको छ, सोहीअनुसार, उम्मेदवार छनोट प्रक्रियाका लागि तयारी बैठकहरू अहिले धमाधम बसिरहेका छन्,’ मुख्यसचिव बुढाथोकीले भने, ‘ढिलोमा चैत मसान्तसम्म हाम्रा सबै उम्मेदवारहरू छनोट भइसक्नेछन् ।’ उम्मेदवार छान्न कार्यविधि माओवादीले स्थानीय तहका वडादेखि प्रमुखसम्मका उम्मेदवार छनोटका लागि आन्तरिक रूपमा सम्बन्धित पार्टी कमिटीले तीनजनाको दरले सिफारिस गर्ने, सो कमिटीभन्दा माथिल्लो निकायले अनुमोदन गर्ने र त्यसमभन्दा माथिको निकायले स्वीकृति दिएपछि मात्र उम्मेदवार चयन हुने गरी कार्यविधि बनाएको छ । यसो हुँदा गाउँ तथा नगरपालिकाको प्रमुखका लागि प्रदेशको स्वीकृति अनिवार्य हुनुपर्ने, उपमहानगरपालिकाका लागि पनि प्रदेशकै स्वीकृति चाहिने तथा महानगरपालिका मेयरका लागि भने पार्टी केन्द्रले नै उम्मेदवारको अन्तिम टुंगो लगाउने गरी कार्यविधि बनाएको छ । नेताहरूको दौडधुप तीव्र चुनाव लक्षित गर्दै माओवादीले स्थानीय स्तरमा चुनावी सभा तथा आमसभा गर्नेलगायतका काम सुरु गरेको छ । स्थानीय तहमा हुने चुनावी कार्यक्रममा पार्टी केन्द्रका नेताहरू नै परिचालित भएका छन् । सुर्खेतमा शुक्रबार भएको जनसभामा माओवादी केन्द्रका नेता रामबहादुर थापा, शक्ति बस्नेतलगायतका नेताहरूले सम्बोधन गरेका थिए । उनी शनिबार सल्यान पुगेका थिए । नेता थापा एक साताका लागि जिल्ला दौडाहमा निस्किएका छन् । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा पनि काठमाडौं बाहिर छन् । वर्षमान पुन आफ्नै जिम्मेवारीमा रहेको ५ नम्बर प्रदेशमा खटिरहेका छन् । स्थानीय तहको नयाँ संरचनाअनुसार पार्टीका आन्तरिक संगठनहरू निर्माण गर्दै चुनावी तयारीका लागि माओवादी नेताहरू देशव्यापी रूपमा गाउँ तथा नगरसम्म कार्यक्रम लिएर झरेका छन् । लीलामणि पोखरेल, मणि थापालगायतका नेताहरू प्युठान पुगेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending