Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

श्रेणीविहीन पदमा स्नातकोत्तर उत्तीर्णको आवेदन

\"\"काठमाडौँ, ६ चैत । नेपाल वन सेवाको श्रेणीविहीन स्थायी पदमा आवेदन दिनेको लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा भीड लागेको छ । कक्षा ८ उत्तीर्णको शैक्षिक योग्यता तोकिएको भए पनि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि आवेदन दिन आयोग पुगेका छन् । काठमाडाँैस्थित आयोगको केन्द्रीय मध्याञ्चल विकास क्षेत्रका लागि वनरक्षक ५३ र गेम स्काउट ९५ स्थायी पदका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि आवेदन दिन पुगेका हुन् । आयोग परिसरका गणित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका गुल्मी बल्लेटक्सारका निर्मल भण्डारी वनरक्षक र गेम स्काउटका लागि फाराम भरेको बताउनुभयो । उनले निजामती सेवामा प्रवेश गर्न आफूले आवेदन दिएको जानकारी दिए । “निजामतीमा प्रवेश गर्ने उमेर नाघ्न थालेकाले मैले वनरक्षक र गेम स्काउटमा जागिर खान आवेदन दिन आएको हुँ,” उनले भने, “अहिले श्रेणीविहीनमा जागिर खाएपछि माथिल्लो तहमा उमेरले छेकवार गर्दैन ।” काठमाडौँका नाम चलेका कलेजमा पढाए मनग्य आम्दानी हुने गरे पनि निजामती सेवाको आकर्षणले गर्दा अहिले श्रेणीविहीन पदमै भए पनि जागिर खान मन लागेको बताए । विगत दुई वर्षदेखि आयोगको परीक्षा दिँदै आएका भण्डारी यसअघि शाखा अधिकृत र नायब सुब्बाको प्रथम चरणको परीक्षासमेत दिइसकेका छन्। “मैले शाखा अधिकृतको प्रथम चरणको परीक्षा पास गरेको छु । दोस्रो, तेस्रो र चौथो परीक्षा अझै बाँकी छ,” उनले भने – “ती अन्य परीक्षा पास हुने सुनिश्चित छैन । त्यसैले अहिले कम्तीमा श्रेणीविहीनमार्फत निजामतीमा प्रवेश गर्ने रहर छ ।” आयोगकै परिसरका अछाम घर भएका अङ्ग्रेजीमा स्नातकोत्तर तह उत्तीर्ण गरेका कल्याण बजगार्इं पनि वनरक्षक र गेम स्काउटका लागि आवेदन दिन पुगेका थिए । बजगाईं पनि निजामती सेवामा आफ्नो स्थान सुरक्षित गर्न श्रेणीविहीन पदमा आवेदन दिन आएको बताए । “कक्षा ८ उत्तीर्ण भए मात्र पुग्ने पदमा नाम निकालेर सजिलै निजामती सेवामा प्रवेश गर्ने ध्याउन्नाले आवदेन दिन आएको हुँ,” “मेरो सानैदेखि निजामती सेवामा प्रवेश गर्ने रहर थियो ।” बजगाईंले यसअघि विद्यालय निरीक्षक, शाखा अधिकृत, नायब सुब्बा र खरिदारजस्ता पदमा आवेदन दिएका छन् । आयोगले फाराम बुझाउने अन्तिम दिन मङ्गलबारलाई तोकेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE