कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘फेक र रियल’ बीचको लडाइँको रूपमा चित्रित गर्दै मतदातालाई “गफाडी नेताबाट सचेत हुन” आग्रह गरेका छन्। बाराको बारागढी गाउँपालिकास्थित खोपवा बजारमा आयोजित निर्वाचन परिचालन कमिटीको विशेष प्रशिक्षक कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा ‘स्टन्ट’ गर्ने र ‘फेक प्रचार’ गर्ने नेताहरू देशका लागि घातक भएको टिप्पणी गरे।
“अहिलेको चुनाव फेक र रियलको लडाइँ हो। जनताले फेकुहरूलाई हराउनैपर्छ,” साहले भने, “सोसल मिडियामा नक्कली प्रचार गर्नेहरूको दबदबा छ, यसलाई चिर्नुपर्छ।”
साहले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई लक्षित गर्दै तीखा टिप्पणी गरे। “देशकै ठूलो महानगर सम्हाल्दा विकासको मोडेल दिन नसक्नेले देश बदल्छु भन्नु नक्कली कुरा हो,” उनले भने। काठमाडौं महानगरले “करमाथि कर थोपरेर सेवा नदिएको” आरोप लगाउँदै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था दयनीय रहेको दाबी गरे।
यस सन्दर्भमा उनले रौतहटको मौलापुर नगरपालिकाको उदाहरण दिँदै त्यहाँ “शिक्षा, स्वास्थ्य, पानी, बिजुली निःशुल्क” रहेको र दलित तथा सुकुम्बासीका लागि आवास व्यवस्था गरिएको उल्लेख गरे। “मौलापुरले लिँदैन, दिने काम गर्छ,” उनले भने।
त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै साहले चुनावको मुखमा संसद् पुनःस्थापनाको चर्चा चलाउनु “पराजित मानसिकता” को परिणाम भएको आरोप लगाए। “निर्वाचनबाट कोही भाग्न हुँदैन। श्रेष्ठता देखाउने ठाउँ चुनाव हो,” उनले चुनौती दिए।
कार्यक्रममा बारा क्षेत्र नं. १ का उम्मेदवार विजय यादवलगायतको सहभागिता थियो। आजै बारा क्षेत्र नं. २ अन्तर्गत गञ्जभवानीपुरमा पनि निर्वाचनसम्बन्धी कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २१ गते, २०८२ - २१:३९
पुराना नेता, नयाँ स्टार र परिवारिक प्रतिष्पर्धा
माघ २१ गते, २०८२ - २१:२०
ललितपुर । पेस्तोलसहित ललितपुरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट तीन जनालाई नियन्त्रणमा ...
माघ २१ गते, २०८२ - २१:०८
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन ५५ वर्षपछि आफ्नै परिवारको हात समाउँदै घर फर्किएका छन्। २१ वर्षको उमेरमा लाहुरे ह...
माघ २१ गते, २०८२ - २०:४३
काठमाडौँ। काठमाडौं उपत्यकामा विगत केही दिनदेखि खाना पकाउने एलपी ग्यासको अभाव बढ्दा उपभोक्ताहरू खाली सिलिन्डर लिएर पसल–पसल भौँतारिन बाध्य भएका छन्। तर ...
माघ २१ गते, २०८२ - २०:३७
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विरासत जोगाउने दाउ खेलेको छ । नेकप...
माघ २१ गते, २०८२ - २०:२४
मुस्ताङ। वारागुङ मुक्तिक्षेत्रमा आज चौथो पटक हिमपात भएको छ। मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेका अनुसार दिउँसोदेखि निरन्तर हिमपात भइरह...
माघ २१ गते, २०८२ - २०:२३
कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘फेक र रियल’ बीचको लडाइँको रूपमा चित्र...
माघ २१ गते, २०८२ - १९:२९
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले पेश गरेको उम्मेदवारहरूको अन्तिम बन्दसूची सार...
माघ २१ गते, २०८२ - १९:०९
झापा । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चलाएको विषयले राष्ट्रिय बहस चर्किरहेका बेला, रास्वपा वरिष्ठ नेता बालेन साहले झापा–५ मा पुगेर त्यसबारे कडा ...
माघ २१ गते, २०८२ - १९:०५
खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिक तीर्थस्थल हलेसीको दर्शन सकेर फर्किँदै गरेका यात्रु बोकेको सुमो आज लाकुरीभञ्ज्याङमा दुर्घटनामा परेको छ। मध्यपहाडी लोक...



प्रतिकृया लेख्नुहोस्: