Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

वैद्य माओवादीः चुनावी मोर्चा बन्यो, भाग लिन पाएन

\"\" काठमाडौं, ६ चैत । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने तयारी स्वरुप मोर्चा गठन गरेको थियो । दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेपछि ब्यवस्थापिका संसदबाटै बाहिर भएको क्रान्तिकारी माओवादीले आगामी स्थानीय निर्वाचनमा भाग लिने तयारी गर्यो । क्रान्तिकारी माओवादीमा वैद्यपछिका नेता सीपी गजुरेलको नेतृत्वका ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ गठन गरियो । यसलाई ‘खुल्ला’ मोर्चाको संज्ञा दिइयो । गजुरेलको नेतृत्वमा मोर्चा बनाएपछि ‘संसदको मोर्चा’ भन्दै पार्टीभित्र आलोचना पनि भए । क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकमा पनि ‘सरकारको मोर्चा’ भन्दै केही केन्द्रीय नेताहरुले ब्यङग्य पनि गरे । गजुरेल नेतृत्वको मोर्चाले केन्द्र, राज्य, हुँदै जिल्ला तहमा पनि गठन गरियो । चुनावमा भाग लिने उद्देश्यले गठन भएको मोर्चाले जिल्लाबाट गाउँ तहमा पनि गठन भएका छन् । राष्ट्रिया र जनतन्त्रको मुद्दामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग कार्यगत एकता गरेपछि गजुरेल मोर्चाकै संयोजकमा केही संयुक्त प्रदर्शनका कार्यक्रम पनि भएका थिए । मोर्चा केन्द्रदेखि गाउँसम्म नै विस्तार गरिए पनि अन्ततः चुनावमा भने भाग लिन पाएन । यहि मोर्चाले चुनावमा भाग लिने भएकैले पार्टी अध्यक्ष वैद्यले निर्वाचनको मिति घोषणा भइसक्दा पनि निर्वाचनको विरोध गरेनन् । पार्टीभित्रैबाट निर्वाचनबारे आधिकारिक धारणा मागेपछि स्थानीय तह निर्वाचनको मिति घोषणा भएको पाँच दिनपछि चैत ९ गते वैद्यले ‘वैशाख ३१ को निर्वाचन हुन नसक्ने’ भनी विज्ञप्ति निकाले । विविध कारणले निर्वाचन हुन नसक्ने जनाए पनि निर्वाचन उपयोग गर्न सकिने संकेत वैद्यले सोही विज्ञप्तिमा गरेका थिए । आफूहरुका कारणले नभइ अरु मुलुकको राजनीतिक परिघटनाका कारण निर्वाचन हुन नसक्ने आशय वैद्यको थियो । स्रोतकाअनुसार गजुरेलको मोर्चा दर्ता गर्न निर्वाचन आयोग पुग्दा दल दल दर्ताको समय सकिसकेको थियो । केन्द्रमै मोर्चा दर्ता नभए पछि स्थानीय तहमा पनि गजुरेलको मोर्चा दर्ता भएन । स्थानीय तहको निर्वाचनमा भाग लिन नपाएको वैद्य माओवादीले आगामी प्रदेशको निर्वाचनमा कस्तो नीति लिन्छ, त्यो भने हेर्न बाँकी नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE