चैत्र २ गते, २०७३ बुधवार 15th March, 2017 Wed१५:११:३१ मा प्रकाशित
[caption id=\"attachment_51135\" align=\"alignleft\" width=\"600\"] फाइल फोटो[/caption]
भक्तपुर, २ चैत । परिक्षा नियन्त्रक कार्यालयले बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परिषद्को परिक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै परिक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भोलिबाट सुरु हुने परिक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले माध्यमिक शिक्षा परिषद्( एसइई) परिक्षाको प्रक्रिया गत वर्षको जस्तै भएको बताउँदै यो वर्षको परिक्षा पनि लेटर गेटिङ प्रणलीमा हुने बताए ।
राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गतको क्षेत्रीय परिक्षा बोर्डबाट हुनुपर्ने परिक्षा बोर्डको संरचना तयार भई नसक्दा परिक्षा नियन्त्रक कार्यालयले परिक्षाको सम्पूर्ण तयारी गरेको नियन्त्रक रेग्मीले जानकारी दिए । भोलिबाट हुने माध्यमिक परिक्षा परिषद्को परिक्षामा देशभर १९ सय २३ वटा परिक्षा केन्द्र तोकिएको बताए ।
जिल्लामा परिक्षा समन्वय समितिले निर्धारण गरेको आधारमा परिक्षा केन्द्र तय गरेको बताउँदै उनले केन्द्रमध्ये काठमाडौमा सबैभन्दा बढी ९६ वटा केन्द्र र मनाङ र मुस्ताङमा एक÷एक वटा परिक्षा केन्द्र रहेको जानकारी दिए । उनले १ सय ५० परिक्षार्थी भएको केन्द्रमा सहायक निरीक्षक थप गर्दै लगिएको र जम्मा २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष भएको बताए ।
उनले परिक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी परिक्षामा सामेल रहेको बताउँदै देशभर १ हजार ९ सय २३ परिक्षा केन्द्र, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी र २८ हजार ८ सय ४५ सुरक्षाकर्मी खटाइएको जानकारी दिए ।
उनले २५ परिक्षार्थीमा एक निरीक्षक रहने गरी परिक्षाको तयारी गरिएको बताउँदै सबै केन्द्रमा केन्द्राध्यक्ष नियुक्तिदेखि सुरक्षा ब्यवस्था मिलाइसकेको बताए । परिक्षा बिहीबारबाट सुरु भई आगामी १४ गतेसम्म चल्नेछ ।
उपनियन्त्रक डिल्लीराम लुँइलेटले सरकारले गत वर्षबाट नयाँ शिक्षा ऐन कार्यान्वयनमा ल्याएपछि माध्यमिक शिक्षाको संरचनामा परिवर्तन भई १ देखि १२ कक्षासम्मलाई माध्यमिक शिक्षाको रुपमा परिणत गरिएको थियो । शिक्षा ऐन कार्यान्वयनमा आएपछि शिक्षा मन्त्रालयले १२ कक्षापछि मात्र एसएलसी परिक्षा लिने भएपछि यस वर्षदेखि माध्यमिक शिक्षा परिषद्को खासै प्रचार भएको देखिन्न् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: