Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

मधेसी मोर्चाकै ‘लाइन’मा वैद्य माओवादी !

\"\" काठमाडौं, १ चैत्र । दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरी संसदबाटै बाहिर रहेको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी अन्ततः मधेसी मोर्चाकै लाइनमा उभिने भएको छ । सरकारले आगामी ३१ बैशाखका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन घोषणा फिर्ता हुनुपर्ने माग गर्दै आएको छ । पहिले प्रदेशको निर्वाचन भएर मात्रै स्थानीय निर्वाचन हुनुपर्ने माग गर्दै मोर्चाले मंगलबारको संसदको बैठकसमेत बहिष्कार गर्यो । वैद्य माओवादीको सचिवालयको फागुन २८ गते बसेको बैठकले पनि मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको छ । ‘राष्ट्रियता, जनतन्त्र तथा जनजीविका, प्रदेशको निर्वाचन गरी स्थानिय निर्वाचन गरिनुपर्ने र पहिचानसहितको संघीयता लगायतका विषयलाई लिई संञ्चालित संघर्षहरुको सर्मथन गर्ने निर्णय गरिएको छ ।’ –बैठकपछि क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ । संसदवादी दलहरु आफैले वनाएको संविधानअनुसार पनि पहिले प्रदेशको निर्वाचन गरी त्यसपश्चात स्थानीय निर्वाचन हुनुपर्नेमा सो नभएको तथा भन्दै वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन हुन नसक्ने बैद्य माओवादीको ठहर छ । साथै विशेष, संरक्षित तथा स्थानीय स्वायततक्षेत्रका पहिचान सहितको संघीयताको मान्यतालाई उल्लङ्घन गरिएको, सप्तरीमा एमालेको सभा र मधेशी मोर्चाको विरोधको क्रममा सरकारद्वारा गोलीचलाई निर्दोष युवाहरुको जघन्य हत्या गरिएको घटनाले द्वन्द्व बढाउँदै लगेको वैद्य माओवादीको निश्कर्ष छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending