Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

वर्षाका कारण नेपाल र केन्याबीचको खेल प्रभावित

[caption id=\"attachment_121835\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, २८ फागुन । आज नेपाल र केन्याबीच हुन गइरहेको विश्व क्रिकेट च्याम्यिनसीप खेल निर्धारित समयमा नहुने भएको छ । शुक्रबार रातीदेखि परेको पानीका कारण खेल प्रभावित हुने भएको हो । मौसम विभागले भने दिनभरी पानी पर्ने बताएको छ । यो स्थितिमा आजको खेल स्थगित समेत हुन सक्ने सम्भावना प्रबल छ । क्रिकेट मैदानमा दुवै देशका खेलाडीहरु पुगिसकेका छन् । दर्शकहरुको पनि उल्लेख्य उपस्थिति रहेको छ । आजको खेल हुन नसके आइतबारका लागि सारिने छ । केन्या र नेपाल पुराना प्रतिद्वन्द्वी हुन् । दुई वर्षअघि डिभिजन–२ मा केन्याबाट नेपालले पराजय भोगेको थियो । नेपालले केन्यासँगको दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा पुग्ने र यसबाट शीर्ष चारको सम्भावना जिवितै रहने छ । यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ । नेपालले केन्यासँग ५० ओभरको तीन खेल खेलेको छ र एउटा टी–२० पनि। ५० ओभरको ३ वटै खेल जितेको केन्याको यो ‘भर्सन’ मा बलियो उपस्थिति देखिन्छ। तर, टि–२० मा नेपालले केन्यालाई हराएको छ। आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । विश्व क्रिकेट लिग च्याम्पियनसीप प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमा छ । केन्या भन चार खेलमा जित हासिल गरेपनि ८ अङ्कका साथ अङ्क तालिकामा नेपालभन्दा एक स्थान अगाडि छ । नेपालले लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत कीर्तिपुरमा खेलेको खेल अहिलेसम्म हारेको छैन्। त्यसैले केन्यासँगको दुई खेलबाट नेपालले राम्रो नतिजाका साथ ४ अंक बटुल्नेमा नेपाली टोली धेरै हदसम्म विश्वस्त देखिन्छ। यस्तो भएको खण्डमा नेपालले अंक तालिकामा केन्यालाई २ अंकले पछि पार्ने छ। लिग क्रिकेट च्याम्पियनसिपमा अन्तिम ४ मा स्थान बनाउने टिमले आउँदो वर्ष बंगलादेशमा विश्व कपको छनोट खेल्न पाउने छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE