Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

पुनर्बासमा दोस्रो दिन पनि तनाव : एसएसबीको अश्रुग्यास र हवाई फायर

\"\"काठमाडौं, २८ फागुन । कञ्चनपुरको पुनर्बासमा शुक्रबार पनि झडप भएको छ । भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को गोलीबाट नेपाली नागरिक गोविन्द गौतमको बिहीबार मृत्यु भएपछि विरोध प्रदर्शनका क्रममा झडप भएको हो । अाजको नयाँ पत्रिकामा खबर छ– कल्भर्ट निर्माणस्थलमा बिहानैदेखि दुवै देशका बासिन्दाले दोहोरो ढुंगामुढा गरेका थिए । स्थानीय हेमन्त न्यौपानेका अनुसार बिहानैदेखि घटनास्थल तनावग्रस्त थियो । सो क्षेत्रमा विरोध प्रदर्शन गर्न सयौँ संख्यामा नेपाली नागरिक पुगेका थिए । उनीहरूले भारतीय प्रहरीबाट ज्यादती भएको भन्दै नाराबाजी गरेका थिए । छिमेकी भएर भाईमाराको व्यवहार गरेको भन्दै प्रदर्शनकारीले भारतको विरोधमा नाराबाजी गरेका हुन् । दुवै देशका नागरिकबीच दोहोरो ढुङगा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिन एसएसबीले २५ राउन्ड हवाई फायर र पाँच सेल आश्रुग्याँस प्रहार गरेको थियो । भीड नियन्त्रण गर्न नेपाली सुरक्षाकर्मीबाट पनि पाँच सेल आशुँग्यास प्रहार गरेको थियो । झडपका क्रममा नेपालतर्फ ३५ जना समान्य घाईते भएको स्थानीयले बताएका छन् । साँझसम्म पनि प्रहरीले आक्रोसित प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सकेको थिएन । तर,रात परेसँगै दुवै देशका नागरिक आ–आफ्नो घरतिर लागेपछि स्थिति समान्य बनेको थियो । तर, मृतकको उच्च सम्मान, दोसीलाई कार्बाही, भारतीय ज्यादती रोकिने विश्वास नभएसम्म आन्दोलन जारी राख्ने स्थानीयको चेतावनी छ । प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनालले भारतीय पक्षसंग गरेको तीन बुँदे मौखिक सहमती नेपालीको हित विपरित भएको भन्दै प्रदर्शनकारी आक्रोशित भएको स्थानीय लाकेन्द्र लम्सालले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरे पनि राष्ट्रियता, मातृभूमीको लडाईं भन्दै स्थानीयहरुले भारतीय प्रहरीको विरोधमा नारावाजी गरेका थिए । पूनर्वास घटनापछि सीमा क्षेत्रमा हुने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको छ । यता, माओवादी केन्द्र ७ नम्बर प्रदेशको बन्द आब्हानसंगै पुनर्बाससहित कञ्चनपुरका विभिन्न ठाउँमा स्थानीयले स्वतस्फूर्त प्रर्दशन गरेका छन् । सदरमुकाम महेन्द्रनगर, सीमावर्ती क्षेत्र बेल्डाँडी, बेलौरी र पुनर्वासको आईबिआरडी, झलारी, कृष्णपुरमा स्थानीय, दल तथा विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् । महेन्द्रनगरमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, राप्रपानिकटका विद्यार्थी संगठन प्रदर्शन गरेका थिए । महेन्द्रनगरमा विद्यार्थीले एक सरकारी मोटरसाईकल तोडफोडसमेत गरेका छन् । पुनर्वास नगरपालिकाको आईबिआरडी बजारमा प्रदर्शनकारीले भारतीय नागरिकका पसलमा तोडफोड गरेका छन् । स्थानीय लक्ष्मण कुमालका अनुुसार आक्रोशित भीडले १० भारतीय नागरिकका पसलमा समान्य तोडफोड गरेका हुन् । तोडफोडमा उत्रेका प्रदर्शनकारीलाई प्रहरीले तितरवितर बनाएको थियो । ‘सरकारको लिखित निर्णयपछि मात्र गौतमको पोष्टमार्टम’ एसएसबीले चलाएको गोली लागेर मृत्यु भएका गोबिन्द गौतमलाई सरकारले शहिद घोषणा र उनको परिवारलाई राहत स्वरुप १० लाख र आश्रित परिवारका सन्तानलाई पठन पाठन गराउने निर्णय गरेको छ । तर, आफन्त तथा परिवारले सरकारको निर्णय लिखितरुपमा पाएपछि मात्र गौतमको पोष्टमार्टम गर्ने बताएका छन् । मृतक गौतमका आफन्त रमेश थापाले सरकारको निर्णय कञ्चनपुर प्रशासनमार्फत परिवारको हातमा नपरेसम्म पोष्टमार्टम नगरिने बताए । ‘जबसम्म मन्त्रीपरिषद्को निर्णय लिखितरुपमा जिल्ला प्रशासनले पीडित परिवारको घरमा पु¥याउदैन, तबसम्म न लास उठ्छ न त हामी बुझ्छौँ’, थापाले भने, ‘सरकारको निर्णयलाई पीडितको दैलोमा पुर्या‍उने जिम्मा स्थानीय प्रशासनबाट हुनुपर्छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE