Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

मुस्ताङ घटनामा चीनले मागेको थियो माफी, अब भारतले के गर्ला ?

\"\"काठमाडाैं, २८ फागुन । भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ मा पर्ने नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारका ३२ वर्षीय गोविन्द गौतमको मृत्यु भएको घटनाले देशव्यापी आक्रोश बढेको छ । राजनीतिक दल, नेता तथा विभिन्न क्षेत्रमा आबद्ध नागरिकहरूले त्यसको विरोधमा मत प्रकट गरिरहेका छन् । घटनाबारे सरकारले भारतसँग कुरा गर्नुपर्ने र भारतले त्यसमा माफी माग्नुपर्ने आवाज सर्वत्र छ । आजको कान्तिपुरमा खबर छ– पहिलो र दोस्रो दल नेपाली कांग्रेस र एमालेलगायतले विज्ञप्ति प्रकाशित गरेका छन् भने विद्यार्थी संगठनहरूले काठमाडौंस्थित भारतीय दूतावास नजिक विरोध प्रदर्शन गरेका छन् । यो घटनालाई कतिपयले भने १९६० मा चिनियाँ सुरक्षाकर्मीको गोलीले मुस्ताङमा एक नेपाली नागरिकको हत्या भएको घटनासँग तुलना गरिरहेका छन् । १९५० को दशकमा नेपाल र चीनबीच ३ वटा विवाद थिए । पहिलो, नेपाली व्यापारीहरूले चीनमा व्यापार तथा वाणिज्यसँग सम्बन्धित विभिन्न समस्या भोगिरहेका थिए । दोस्रो, नेपाल र चीनबीच सीमा विवाद थियो । तेस्रो विवादचाहिँ सगरमाथाबारे थियो । यी विवादका कारण नेपाल र चीनको सम्बन्ध त्यति मधुर थिएन । नेपाली कांग्रेसका सभापति बीपी कोइरालाले प्रधानमन्त्री भएलगत्तै यी विषय समाधानका लागि चिनियाँ सरकारसँग संवादको थालनी गरे । त्यसै मेसोमा १९५९ को अक्टोबर महिनामा मन्त्री तुलसी गिरीलाई प्रधानमन्त्री कोइरालाले चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न चीन पठाए । चीनबाट फर्केर गिरीले सीमालगायतका अन्य विषय समाधान गर्न चीन तयार हुनेमा आफू विश्वस्त नभएको प्रतिक्रिया दिएका थिए । गिरीको भ्रमणपछि समस्या समाधानको छनक नदेखिएपछि काठमाडौंमा चीनप्रतिको आक्रोश झन् बढेको थियो । समस्या समाधानका लागि प्रधानमन्त्री कोइराला आफैंले १९६० को मार्च महिनामा चीन भ्रमण गरको थिए । यो भ्रमणले दुई पक्षीय सम्बन्धलाई सुधार गर्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । कोइरालाले चीनको भ्रमण गरेको केही महिनामै चीनका प्रधानमन्त्रीले काठमाडौंको भ्रमण गरे । दुई देशका प्रधानमन्त्रीको भ्रमण आदान–प्रदान र कुराकानीको प्रतिफलस्वरूप १९६० को पूर्वाद्र्धमा नै नेपाल र चीनबीचका धेरै समस्या समाधान भए । तर, सीमा तथा सगरमाथाको विवाद कायम नै रहेका बेला मुस्ताङको सीमामा नयाँ विषय उत्पन्न भएको थियो । १९६० को जुन २८ तारिखमा चिनियाँ सुरक्षाकर्मीहरूले सीमा पार गरेर मुस्ताङको नेपाली भूभागमा प्रवेश गरे । चिनियाँ सुरक्षाकर्मीको गोलीबाट एक नेपाली नागरिकको मृत्यु भयो भने उनीहरूले केहीलाई आफ्नो कब्जामा लिए । त्यो घटनालाई नेपाली पक्षले चीनसँग दह्रोसँग उठायो । नेपाल मामिलाका जानकार एसडी मुनीले नेपालको परराष्ट्र नीतिसम्बन्धी पुस्तकमा उल्लेख गरेअनुसार उक्त घटनामा चिनियाँ पक्षले आफ्नो सुरक्षा निकायको तल्लोस्तरको जवानले गरेको असावधनीका कारण घटना भएको स्वीकर गर्‍यो । तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले चीन सरकाका तर्फबाट घटनाका सम्बन्धमा माफी मागे र नेपाल सरकारले मागेअनुसार मारिएका सुरक्षा गार्डको परिवारलाई क्षतिपूर्ति दिने बताए । अहिलेको घटनामा पनि नेपाल सरकारले भारतीय पक्षसँग यो विषयमा कुराकानी भएको जनाएको छ । घटनाको भोलिपल्ट भारतीय विदेश मन्त्रालयले यस सम्बन्धमा सीमा सुरक्षा बलले अनुसन्धान गरिरहेको बताएको छ । उसले आफ्ना सुरक्षाकर्मीको गोलीबाट नेपाली नागरिक मारिएको भन्ने अझै स्वीकार गरिसकेको छैन । विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरेर घटनाको सम्बन्धमा पोस्टमार्ट रिपोर्ट र फोरसेनिक रिपोर्ट उपलब्ध गराएर अनुसन्धानका लागि सहजीकरण गर्न नेपाललाई आग्रह गरिएको बताएको छ । आफ्नो पुस्तकमा चिनियाँ सुरक्षाकर्मीले नेपाली नागरिकको प्रसंग उल्लेख गर्ने मुनीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलद्वारा नेपाली नागरिक मारिएको घटनाबारे ट्वीटमार्फत भनेका छन्, ‘जमिनसम्बन्धी विवादमा गोली चलाएर र नेपाली नागरिकको हत्या गरेर सीमा सुरक्षा बलले ठूलो गल्ती गरेको छ । भारतले सकेसम्म छिटो यस घटनाका सम्बन्धमा माफी माग्नुपर्छ र क्षतिपूर्ति प्रदान गर्नुपर्छ ।’ नेपाली भूमिमै कल्भर्ट बनाइए पनि एसएसबीले भारतको भूमि भएको दाबी गरेपछि विवाद भएको हो । सुस्ता र कालापानीबाहेक अन्य भूभागमा समेत सीमासम्बन्धी विवाद छन् । यसले गर्दा बेलाबेला तनाव सिर्जना हुने गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE