Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

उम्मेदवार छान्न माओवादीले बनायो यस्तो कार्यविधि

\"\"काठमाडौं, २५ फागुन ।माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोट कार्यविधि तय गरेको छ । गाउँपालिकाका वडा सदस्यदेखि महानगरपालिकाका प्रमुख–उपप्रमुखसम्मका उम्मेदवार छान्न माओवादी केन्द्रले कार्यविधि बनाएको हो । अाजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमा सोसम्बन्धी कार्यविधि उल्लेख छ । ‘अध्यक्षले पेस गर्नुभएको निर्वाचन परिचालन समिति गठनदेखि उम्मेदवार छनोट गर्ने कार्यविधि पार्टीले बनाएको छ,’ माओवादी केन्द्रका हेडक्वार्टर सदस्य गिरिराजमणि पोखरेलले नया“ पत्रिकासँग भने, ‘अब त्यही प्रस्तावका आधारमा त्यसलाई अझै परिष्कृत गरेर निर्वाचन परिचालन समितिले काम गर्नेछ ।’ सरकारले ३१ वैशाखमा स्थानीय चुनावको मिति तय गरेको छ । निर्वाचनमा पार्टीलाई सम्पूर्ण रूपमा परिचालन गर्ने र उम्मेदवार छनोटका लागि अहिलेदेखि नै पार्टी कमिटी परिचालन गर्न सोअनुसारको तयारी थालेको हो । बन्यो निर्वाचन परिचालन समिति निर्वाचन परिचालनका लागि माओवादी केन्द्रले नेता देव गुरुङको नेतृत्वमा १३ सदस्यीय आन्तरिक कमिटी गठन गरेको छ । त्यस्तो समितिमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोपाल किराती, लीलामणि पोखरेल, मणि थापा, शक्ति बस्नेत, विश्वभक्त दुलाललगायत नेताहरू छन् । समितिले जिल्ला निर्वाचन परिचालन, उम्मेदवार छनोट मापदण्डसहितको कार्यविधिलगायत काम गर्नेछ । ‘हामी अब समितिको छिटै बैठक बसेर थप कार्यविधि बनाउनेछौँ,’ नेता पोखरेलले भने । के छ प्रचण्डको प्रस्तावमा ? प्रचण्डले सोमबारको पार्टी हेडक्वार्टर बैठकमा पेस गरेको प्रस्तावमा निर्वाचन परिचालन समितिले गर्ने कार्यविधिमा वडादेखि गाउँ, नगर र महानगरसम्मका उम्मेदवार छनोट के कसरी गर्ने भन्नेसम्मका प्रारम्भिक खाका समेटिएका छन् । निर्वाचन परिचालन समितिलाई प्रारम्भिक खाकामा थप परिष्कृत गरी कार्यविधि तय गर्न बैठकले निर्देशनसमेत दिएको छ । तीनजनाको नाम सिफारिस गर्न निर्देशन स्थानीय तहका जुनकुनै पदका उम्मेदवार छनोट गर्न सम्बन्धित सिफारिस गर्ने कमिटीले तीनजनासम्मको नाम आफूभन्दा माथिल्लो कमिटीमा पठाउनुपर्ने हुन्छ । त्यसरी सिफारिस भई आएका नामलाई सिफारिस गर्ने कमिटीभन्दा माथिल्लो कमिटीले अनुमोदन गरी आफूभन्दा माथिल्लो कमिटीको स्वीकृति अनिवार्य लिनुपर्ने विधि बनाएको छ । कसरी छानिन्छन् उम्मेदवार ? वडा सदस्यका लागि जिल्लाले स्वीकृति दिनुपर्ने स्थानीय तहको चुनावमा गाउँपालिकाको वडा सदस्यका लागि टिकट लिन पार्टी जिल्ला संगठन समितिको स्वीकृति अनिवार्य लिनुपर्ने प्रारम्भिक विधि माओवादी केन्द्रले बनाएको छ । वडा कमिटीको सिफारिसमा गाउँ कमिटीले अनुमोदन गरेर जिल्लामा पठाउनुपर्ने र जिल्लाले स्वीकृति दिनुपर्ने उल्लेख छ । गाउँ­–नगरपालिकाको प्रमुखका लागि प्रदेशको स्वीकृति अनिवार्य गाउँ र नगरपालिका प्रमुख–उपप्रमुखको उम्मेदवारीका लागि प्रदेश कमिटीको अनिवार्य स्वीकृति लिनुपर्ने विधि माओवादीले तय गरेको छ । गाउँपालिकाका लागि सम्बन्धित गाउँ कमिटी र नगरका लागि नगर कमिटीको सिफारिसमा जिल्ला संगठन समितिले अनुमोदन गरी प्रदेशमा नाम पठाउनुपर्ने विधि उसले बनाएको छ । त्यसरी सिफारिस भई आएका नाममध्येबाट प्रदेश कमिटीले स्वीकृति दिएकाले मात्र पार्टीका तर्फबाट उम्मेदवार बन्न पाउने कार्यविधि बनाएको छ । उपमहानगरपालिकाका लागि पनि प्रदेशकै स्वीकृति चाहिने उपमहानगरपालिकाका प्रमुख–उपप्रमुखका लागि पनि प्रदेश कमिटीको स्वीकृति चाहिने गरी मापदण्ड माओवादीले बनाएको छ । सम्बन्धित कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारलाई जिल्लाले अनुमोदन गर्ने र प्रदेश कमिटीले मात्र उम्मेदवार बनाउने विधि उसले बनाएको छ । महानगरका प्रमुख पार्टी केन्द्रले तोक्ने स्थानीय तहअन्तर्गतका महानगरपालिकाका प्रमुख–उपप्रमुख पदका उम्मेदवार पार्टी केन्द्रले नै तोक्नेछ । जिल्लाको सिफारिसलाई प्रदेश कमिटीले अनुमोदन गर्ने र केन्द्रले स्वीकृति दिने गरी विधि बनाएको माओवादीका एक नेताले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending