Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

गोली सप्तरीमा निशाना सबैतिर

\"\"काठमाडौं, २५ फागुन । अाजको नयाँ पत्रिकामा खबर छ– एमालेलाई प्रत्युत्पादक अहिलेसम्म मधेस–पहाड ध्रुवीकरणले एमाले र अध्यक्ष केपी ओलीलाई राजनीतिक फाइदा भएजस्तो देखिन्थ्यो । तर, सप्तरी काण्डपछि ‘मेची–काली’ अभियानका लागि यो उपयुक्त समय थियो कि थिएन ? भन्ने प्रश्न पार्टी र अध्यक्ष दुवैमाथि उठ्यो । गोली सुरक्षाकर्मीले हाने, जनता मधेसी मारिए, तर जिम्मेवारचाहिँ एमालेको अभियान मानियो । मधेसमा भएको एमालेपंक्ति थप प्रतिरक्षात्मक भयो । मोर्चासँग बीचमा केही सुधारिएको एमालेको सम्बन्ध फेरि बिग्रियो । एमालेको अभियानमा कति जनता सहभागी भए भन्ने प्रश्न सप्तरीमा कति मारिए भन्ने प्रश्नको छायामा पर्यो‍ । मधेसमा हावी देखिने मेची–काली अभियानको उद्देश्य असफल र प्रत्युत्पादक भयो । एमालेलाई एउटै नाफा भयो, मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन अल्टिमेटम दियो । सरकार र मोर्चाबीच दूरी बढ्यो । सरकारलाई नकारात्मक प्रधानमन्त्रीले गोली नहान भन्दाभन्दै गोली चल्यो । गृहमन्त्रीको असन्तुष्टि पनि बाहिर आयो । प्रदर्शनकारी मात्र होइन, कतै सरकारी सुरक्षातन्त्रमै त घुसपैठ थिएन भन्ने प्रश्न उठ्यो । सुरक्षा सतर्कता र समन्वयमा पनि सरकार कमजोर देखियो । मोर्चाले समर्थन फिर्ता लियो भने अल्पमतमा परिनहाले पनि संख्यात्मक र राजनीतिक रूपमा सरकार पहिलेभन्दा कमजोर भयो । मोर्चालाई अप्ठ्यारो आन्दोलन उठाउन आधार खोजिरहेको मोर्चालाई एमालेको अभियान वरदान साबित भयो, तर मोर्चा सरकारलाई दिएको समर्थन फिर्ता लिन पनि नसक्ने र साथ दिन पनि नसक्ने अवस्थामा पुग्यो । राप्रपाको महत्व बढ्यो मोर्चाको सरकारसँग दूरी बढ्दै जाँदा सत्तारुढ गठबन्धनको तेस्रो ठूलो घटक राप्रपाको सत्तामा बार्गेनिङ पावर बढ्यो । विखण्डनकारीलाई उत्साह मधेसको विखण्डकारी शक्तिलाई राज्यविरुद्ध जनता उक्साउन एउटा हतियार थपियो । चुनावमाथि आशंका मधेसीबहुल क्षेत्रमा चुनावबारे पहिल्यै पनि आशंका थिए । ती आशंका थपिए । र, सधैंजस्तै देशले हार्यो‍ मनोवैज्ञानिक दूरी अझ बढ्यो । मधेस आन्दोलनमा अतिवादी तत्वले खेल्ने ठाउँ फराकिलो भयो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE