Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

देश विकासमा कर्मठ जनशक्ति र नीति निर्माणमा चुस्तताको अभाव छ : प्रचण्ड

\"\"ललितपुर, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र विकासको मूल मेरुदण्डका रुपमा रहेका युवालाई समयसापेक्ष रुपमा अनुशासन, नेतृत्व विकास, राष्ट्रिय एकता र विपद् व्यवस्थापनसम्बन्धी ज्ञान दिलाउन सके बढ्दो युवा पलायनलाई रोक्न सकिने बताएका छन् । राष्ट्रिय सेवाद्वारा सञ्चालित १२ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कबाज समारोहलाई सम्बोधन गर्दै उनले भने, “युवा पलायनलाई रोक्नसके राष्ट्र विकासका लागि पर्याप्त जनशक्ति निर्माण हुने अपेक्षा गर्न सकिन्छ ।” सामान्य विपद्का बेलादेखि ठूलास्तरका प्राकृतिक विपत्ति, दुर्घटनालगायतमा समेत सेवा दलबाट तालिम प्राप्त व्यक्तिले अमूल्य योगदान दिनसक्ने जनाउँदै प्रधानमन्त्री प्रचण्डले नेपालजस्तो विपद्को उच्च जोखिममा रहेको देशका लागि यो तालिमको अपरिहार्यता झनै बढेको बताए । आफूले सो तालिम लिएको स्मरण गर्दै उनले युवावस्थाको जोश, जाँगर र उत्साहलाई अनुशासन र देशभक्तिको मार्गमा डोे¥याउन उक्त तालिमले महत्वपूर्ण भूमिका खेलेको बताए । कडा परिश्रम, लगनशील र उत्सुकताका साथ तालिममा सिकेका सैनिक तथा विविध व्यावहारिक ज्ञानले एक अनुशासित र कर्मठ देशभक्त नागरिकको रुपमा कार्य गर्न फलदायी भएको विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “भविष्यमा समाजको सफल नेतृत्वकर्ताका रुपमा स्थापित भएको देख्न पाएमा नेपाल सरकार, नेपाली सेना र राष्ट्रिय सेवा दलको पहलकदमी सार्थक भएको ठहरिनेछ ।” अहिलेको मुलुकको विकासका लागि खड्किएको मुख्य दुई समस्याका रुपमा आफूले नीति निर्माणमा चुस्तताको अभाव र देशका लागि काम गर्ने कर्मठ जनशक्तिको न्यूनता देखेको बताउँदै उनले भने, “शिक्षित जनशक्ति विदेश पलायन हुने तथा अर्धशिक्षित जनशक्ति नीति निर्माण तहमा पहुँच राख्न नसक्ने हुँदा अथाह सम्भावनाका बाबजुद पनि मुलुकले विकासमा फड्को मार्न सकेको छैन ।” राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी डा. रमीन्द्र क्षत्रीले युवा जनशक्तिलाई राष्ट्र, राष्ट्रियता, अनुशासन, देशभक्तप्रति प्रतिबद्ध तुल्याउँदै नेतृत्व विकासमा योगदान पु¥याउने उद्देश्यका साथ सङ्गठनले सञ्चालन गर्दै आएको तालिमबाट हालसम्म २६ हजार ८०० छात्रछात्रा लाभान्वित भएको जानकारी दिए । ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आर्दश लिएर २०२२ कात्तिकमा राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । सेवा दलले पछिल्लो समय मुलुकका ६६ जिल्लाका ९० विद्यालयका छात्रछात्रालाई सय दिनको तालिम प्रदान गर्दै आएको छ । यस वर्षमात्र सेवा दलले विद्यालयस्तरका तीन हजार ५६५ र उच्चमाध्यामिकस्तरका ४३५ जनालाई तालिम प्रदान गरेको जनाइएको छ । सेवा दलले नवलपरासी, सुनसरी र बाँकेमा छात्रछात्राका लागि २१ दिने सामूहिक नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गर्दै आएको छ । आजको दीक्षान्त समारोहमा उपत्यकाका नौ विद्यालयका छात्रछात्राको सहभागिता थियो । सैनिक नागरिकबीचको सम्बन्ध विस्तारको एउटा शृङ्खला र कडीको यो तालिमलाई हेरिँदै आएको छ । युवा पुस्तामा राष्ट्रिय सेवा दलद्वारा प्रदान गर्ने तालिमको लोकप्रियता र माग बढेकाले आगामी दिनमा मुलुकका ७५ जिल्लामा विस्तार गरिने सो अवसरमा जानकारी दिइयो । सेवा दलले उक्त तालिममा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई युवा आदानप्रदान कार्यक्रममार्फत भारत, बङ्गलादेश र श्रीलङ्का पठाउने गरेको जानकारी दिएको छ । प्रधानमन्त्री दाहालले समारोहमा तालिममा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई दज्र्यानी चिन्ह्र प्राप्त गर्नुका साथै पुरस्कार र प्रमाणपत्र प्रदान गरे । समारोहमा नेपालको भौगोलिक र सांस्कृतिक विविधता झल्कने गीत सङ्गीत र कला प्रस्तुत गरियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE