Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

के भइ राखेको छ सप्तरीमा ?

\"\"काठमाडौं, २३ फागुन । नेकपा एमालेले सुरु गरेको मेची–महाकाली अभियानको तेस्रो दिन  आज सप्तरी पुग्दैछ । सप्तरीको राजविराजमा रहेको औद्योगिक क्षेत्रमा एमालेले आज कार्यक्रम गर्दै छ । एमालेको उक्त कार्यक्रम विथोल्ने भन्दै मोर्चाले आज सप्तरीमा यातायात ठप्प पार्नुका साथै प्रदर्शनसमेत गरिरहेको छ । सप्तरीमा हुने एमालेको सभालाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी दुइ हजार प्रहरी परिचालित गरिएको छ । विहानै देखि सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला भर व्यापक प्रदर्शन चर्काएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी दुई हजार प्रहरी परिचालन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धब तिमल्सिनाले जानकारी दिए । सप्तरीमा सुरक्षा बढाउन नजिकका जिल्लाबाट पनि प्रहरी झिकाइएको छ। सप्तरी जिल्ला अन्तर्गत पर्ने राजमार्गका भारदह, कञ्चनपुर र रुपनी लगायतका मुख्य मुख्य स्थानमा गएरातिदेखि नै प्रहरी परिचालन गरिएको थियो । सप्तरी प्रहरी प्रमुख एसपी दिवेश लोहनीले पनि सप्तरीका मुख्य मुख्य स्थानमा ब्यापक मात्रामा प्रहरी परिचालन गरेका जानकारी दिए । प्रहरीले सुरक्षाका लागि तीन घेराको रणानीति बनाएर सुरक्षा दिइरहेको छ, पहिलो र दोस्रो घेरामा नेपाल प्रहरी छन् भने तेस्रो घेरामा सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । अहिले पनि सडकका भित्रभित्र मोर्चाका कार्यकर्ताले लाठी जुलुस निकालिरहेका छन् । मोर्चाको प्रदर्शनको कारण पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चल्न सकेका छैनन्। सयुक्त मोर्चाका कार्यकर्ताले बिहानै केही सवारी साधन तोडफोड गरिसकेका छन् । सवारी साधन तोडफोड गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । रूपनी र कञ्चनपुरमा अवान्छित गतिविधि गर्न खोज्ने ५ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । मोर्चाको अवरोधकै कारण एमालेले आमसभा गर्ने स्थान परिवर्तन गरेको छ । एमालेले राजविराज नगर बाहिर पर्ने गजेन्द्र नारायण सिंह औंद्योगिक क्षेत्रमा ४ बजेदेखि ५ बजेभित्र आमसभा गर्न लागेको हो। उक्त सभामा एमालेका अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र महासचिव इश्वर पोखरेल लगायतले सम्बोधन गर्ने तय भएको छ । प्रशासनसँगको परामर्शमा एमालेले आफ्नो कार्यक्रमस्थल पहिले तोकिएको राजविराजस्थित राज रंगशालाबाट सारेर बजारभन्दा करिब तीन किलोमिटर उत्तर गजेन्द्र नारायण सिंह औंद्योगिक क्षेत्रमा लगेको हो। प्रजिअ तिमल्सिनाले अहिले जिल्लामा शान्तिपूर्ण अवस्था रहेको प्रतिक्रिया दिए । उनले भने–जिल्लामा हामीले दुई हजार फोर्स परिचालन गरेका छौं, शान्तिपूर्ण अवस्था छ केही भएको छैन ।’ प्रजिअ तिमल्सिनाले दुईवटा बम फेला परेको स्वीकार गरे । उनले जनाए अनुसार दुईवटै बम निस्क्रिय पार्न सेनाको डिस्पोजल टोली पुगिसकेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE