Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

लोप हुने अवस्थामा जोगिरा (होली गीत)

\"\"धनुषा, २३ फागुन । ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग कौन तालपर गोरिया नाचे कौन तालपर हम जोगीरा सर‘र‘र’ “फागुको बेला यस्ता गीतले सारा गाउँघर गुन्जाएका हुन्थ्यो तर अहिले गीत, ढोल, मृदङ्ग र डम्फूको स्वर बिरलै सुन्न पाइन्छ,” क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका रामसागर शर्मा बरही भन्छन्, “वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा खल्लो लाग्छ्, ‘उहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अब न ढोल, मृदङ्ग नै बज्छन् न त फागुगीत नै गुञ्जिन्छन् । ” बरहीले भने, “पहिले पहिले त गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगीरा गाइन्थ्यो जोगीरा नसुनेको पनि झण्डै सात वर्षभयो ।” समयको परिवर्तनसंगै गाउँका युवा रोजगारीका लागि विदेशिएकाले पनि यस्ता गीत बिरानो हुन थालेको हो । सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुले राम सागरलाई मात्र होइन हरिहरपुरका बेचन यादवलाई समेत यस्तै चिन्ता छ । यादव भन्नुहुन्छ, “होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहूँजसो हुने झै–झगडाले गर्दा नत अब होलीको रौनक छ, नत माधुर्य नै ।” पूर्वी धनुषाधाम नगरपालिका मङ्गलपुर बस्ने सतिशलाल कर्ण पूर्खौली मृदङ्ग बजाइ फागुगीत ‘जोगिरा’ गाउन नपाएकोमा विस्मात् गर्छन् । कर्णले अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यतापूर्ण भएको छ । भाङको ठाउँमा मदिरा र प्रेम र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको छ । अहिले जोगिरा गीत नबज्दा रङ्गबिनाको होलीजस्तै माधुर्य हराउँदै गएको उनीहरुको दुखेसो छ । सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले प्रायः सबै जातजातिलाई प्रभाव पारेकामा अहिले गरिबीका कारण युवा विदेश पलायन हुनथालकेकाले होलीसँगै जोगिरा गीतसमेत प्रभावित हुनपुगेको हो । फागु पर्वको पहिलो दिन अर्थात् चतुर्दशीको राति होलिकालाई निर्जन स्थानमा लगी गाउँका मानिस मृदङ्ग, ढोल बजाइ होलिका दहन गर्दछन् । होलीपर्व नजिकिँदै छ, तर परापूर्वकालदेखि गाउँदै आएको होली गीत (जोगिरा) लोप हुँदै गएकोमा बुढापाकाले यसको संरक्षणमा युवा वर्ग अगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन् । अहिले बजारमा पाइने जोगिराका अश्लिल संस्करणले पनि परम्परागत होलीगीतमाथि धावा बोलेका छन् । परम्परा लोप हुँदै गएको र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेपछि लोप हुँदै गएको परम्परागत होलीगीत जोगिराको संरक्षण गर्नुपर्नेमो शिक्षाविद् रमापति चौधरीे जोड दिन्छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending