Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

शक्तिशाली एन्टीभाइरस हो माओवादी जनयुद्ध

साधारणतः भाइरस भनेको विनाशकारी तत्व हो । जसले सधैं तहसनहस गर्ने कुरामा मात्र उन्मुख हुन्छ अनि एन्टीभाइरस भनेको विनाशबाट रोक्ने तत्व भन्ने बुझिन्छ । बैज्ञानिक प्रविधिको विकाससँगै भाइरसहरुको पनि तीब्र गतिमा विकास भएको पाइन्छ तर हरेक समस्याको पछाडी समाधान पनि छ भन्ने तथ्यलाई आत्मसात गर्दै भाइरसहरुको निर्मूलको लागि एन्टीभाइरसको पनि विकास भएको हो । [caption id=\"attachment_120769\" align=\"alignleft\" width=\"250\"]\"\" लेखक[/caption] माथिको उदाहरणबाट मैले प्रष्ट पार्न खोजेको कुरा के हो भने हरेक चिजमा भाँजो हाल्ने तत्व या गलत प्रवृति हुन्छ चाहे त्यो वैज्ञानिक प्रविधीमा होस् या राष्ट्रिय राजनीतिमा । यदि भाइरस (समस्या) हुदैनथ्यो भने चुनौतीहरुको सामना पनि गर्नु पर्ने थिएन । जति चुनौतीहरु थपिदै जान्छ त्यति नै अवसरको बाटोहरु पनि खुल्दै जान्छन । राजनीतिमा पनि यस्तै हो । सामन्ती शासकहरुको इतिहासलाई गहिरोसँग विश्लेषण गर्ने हो भने तिनीहरुको तमाम भाइरसयुक्त ब्यबहारहरु निर्मूल पार्नको लागि नेपाली जनताहरुले समयानुकुल एन्टिभाइरसहरुको पनि विकास गर्दै आइरहेका छन् अर्थात परिवर्तनका लागि धक्का मुलक एजेन्डाहरुको पनि उत्पत्ति गर्दै आइरहेका छन् । त्यो मध्येमा एउटा उच्चकोटीको र शक्तिशाली एन्टीभाइरस हो माओवादी जनयुद्ध । माओवादी केन्द्र समग्र राजनीतिलाई आफ्नो कक्षमा सन्तुलित रुपमा घुमाउन सक्ने नेतृत्व भएको पोलिटिकल पावर कन्ट्रोलर हो । मागिखाने भाँडो बनाएको नेपाली राजनीतिलाई राज्यको नीति र आम जनताको हितको लागि हुनुपर्छ भन्ने सिद्धान्तले प्रतिस्थापन गरेकाले नै माओवादी केन्द्र आज राष्ट्रिय राजनीतिको केन्द्रमा छ । राजनैतिक रुपमा हाइ भोल्टेज भएको माओवादी केन्द्र सामन्तीहरुको दिमागमा करेन्ट लगाएर जनताको लागि उज्यालो प्रकाश दिने परिवर्तन र अग्रगामी उदेश्य भएको जनवादी पार्टी हो भन्ने कुरामा कुनै दुइमत छैन । माओवादी केन्द्र गठन पश्चात यो एउटा पावर सेटरको रुपमा स्थापित भैसकेको हुदा यसले आफ्नो पावर सेयरिङ ससक्त रुपमा देशब्यापी फैलाएर जनतालाई उर्जाशील बनाउने काम तीव्र गतिमा गरिरहेको छ । नेपालको हरेक परिवर्तनको पछाडी माओवादी र कमरेड प्रचण्डको नाम सवैभन्दा अगाडी आउछ चाहे त्यो जनजाति आन्दोलनको सवालमा होस या सिमान्तकृत समुदायको हक अधिकार र पहिचानको सवालमा । यदि १० वर्षीय जनयुद्ध भन्दा पहिले र जनयुद्धपछिको आम जनताको चेतनास्तरको मुल्यांकन गर्ने हो भने पनि माओवादी आन्दोलनको उपलब्धी मज्जाले देख्न सकिन्छ । यथास्थितिवादी चिन्तन बोकेका तत्वहरुलाइ एउटै जाति र धर्मका ब्यक्तिहरुले निरन्तर यो देशमा राज गरेको देख्न चाहन्छन तर माओवादी आन्दोलनले बृद्धि गरेको चेतनास्तरको कारण अब त्यो रहन सक्दैन । अब कैलालीमा जमिनदारको घरमा हली बस्ने थारुको छोराले राज्य समाल्ने भइसके, दैलो टेक्न पनि नदिने दलितको छोरा सिधै सिंहदरबारमा पाइला राख्ने अवस्थामा पुगिसक्यो, बच्चा जन्माउने मेसिन सम्झने नारीहरु पुरुषबादी समाजलाई उछिन्दै यो देशको राष्ट्र प्रमुख सम्म पुगिसके । यावत कुराहरु सुन्दा अनौठो जस्तो लागेता पनि सबै परिवर्तन मात्रै माओवादीको कारणले सम्भव भएको हो । यी अथाह परिवर्तनको पछाडी सिंगो माओवादी आन्दोलन र त्यसका कमान्डर प्रचण्डको नाम अग्रपंक्तिमा आउछ । वर्ग विभेदयुक्त समाजको भाइरसहरुलाई स्क्यान गरेर स्वच्छ समाजको निर्माण गर्ने एन्टिभाइरसको भुमिका प्रचण्डले गरेका छन् । तर यी सबै परिवर्तनहरुलाई तहसनहस गर्नको लागि जातिवादी मिडियाको दुरुपयोग गर्दै जनतालाई भ्रमित बनाउन एमाले कांग्रेस लगायतका भाइरसहरु लागि परिरहेका छन तर जबसम्म एन्टिभाइरसको भुमिकामा प्रचण्ड रहन्छन् प्रतिक्रियावादी शक्तिहरुले संसारको जस्तो सुकै भाइरसहरुको प्रयोग गरे नि केही हुनेवाला छैन । माओवादी इतिहास रगतले कोरिएको इतिहास हो । हजारौ जनताका छोराछोरीहरुको त्याग, तपस्या र बलिदानको इतिहाससँग जोडिएको छ माओवादी केन्द्र । समय र परिस्थितिको अभाव/आवश्यकतामा पिल्सिएर जन्मेको यो पार्टी अरुभन्दा धेरै भिन्न छ । राज्यबाट पिछडिएका समुदायहरु आदिवासी जनजाति, मधेसी लगायत उत्पीडनमा परेका जातिहरुको मुद्दाहरु प्रतिनिधित्व गर्ने पार्टी भनेको माओवादी केन्द्र नै हो । उत्पीडनमा परेका विभिन्न धर्म, सम्प्रदाय, संस्कृति, भाषा, पहिचानहरुको अधिकार सुनिश्चितताका लागि लडेको माओवादी केन्द्रलाई आउदो निर्वाचनमा भोट दिनुको कुनै विकल्प छैन । लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरिसकेपछि लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार्नै पर्ने हुन्छ । हारजीत सामान्य प्रक्रिया भएपनि परिवर्तनलाई आत्मसात गर्ने शक्ति नै पहिलो रोजाइमा पर्नु अनिवार्य सर्त हो । कतिपय जनजाति समुदायहरु चुनाबलाई कमाइको भाँडो ठान्ने गर्छन । अहिलेसम्म पनि एक हातमा नोट र अर्को हातले भोट साटिरहेका छन् । यसै गरि आफ्नो अमुल्य भोट दुई चार पैसाको लोभमा भ्रष्ट, दलाल र राष्ट्रघातीहरुलाई सुम्पिरहेका हुन्छन् । अनि पछि गएर राजनैतिक हक अधिकारहरु प्राप्त गर्नुपर्ने बेलामा माओवादी लगायत परिवर्तनकामी दलहरुलाई धारेहात लगाउदै बस्ने गर्छन् । तर परिवर्तनकारी शक्तिलाई वेवास्ता गरेर दुईचार पैसाको लोभलालचमा आफ्नो भोट बेच्दाको परिणाम हो भन्ने कुरामा पश्चाताप गरेको कदापी देखिदैन । अब यो पटक पनि हामीले त्यही गल्ती दोहोरायौ भने इतिहासले कदापी माफ गर्नेवाला छैन । यदि समुदायको मुक्ति चाहने हो भने माओवादी केन्द्र बाहेक अन्य विकल्प नै छैन । विगत ६० बर्षदेखि प्रतिक्रियावादी शक्तिहरुले लुटेर कँगाल बनाएको देशलाई दुईचार बर्षमा नै माओवादीले कायापलट गरेन भनेर फेरी प्रतिक्रियावादीहरुलाई नै भोट दिनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो । देशमा निरंकुश राजतन्त्रको अन्त्यसँगै संघीय गणतन्त्रको स्थापना, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व लगायत उत्पीडित वर्गमा स्थापित गराएका अधिकारका मुद्धाहरुलाई फेरी पनि अँध्यारो कोठामा बसेर उल्टाउने कसरत भइरहेको छ । यदि ती उपलब्धीहरुलाई बेलैमा संस्थागत गर्न नसक्ने हो भने हामी हाम्रा हक अधिकारका बारेमा एकादेशको कथा सुन्दै पुर्पुरोमा हात लगाएर बस्नु बाहेक कुनै उपाय रहने छैन । त्यसैले देशको त्यो अवस्था आउनुभन्दा पहिले नै हामीले सचेतता पुर्वक समाजका यस्ता भाइरसहरुलाई निर्मुल पार्न, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थपा उपलब्धिका लागि पनि नेकपा (माओवादी केन्द्र) लाई भोट हाल्नुको विकल्प छैन । आवादी खोज्ने कि बर्वादी रोज्ने बेलैमा सोचेनौ भने हामीलाई हाम्रा सन्ततिले अनन्तकाल सम्म धिक्कारी रहनेछन् । (लेखक प्रेस सेन्टर नेपाल, युएईका अध्यक्ष हुन् )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending