Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

बाबुरामको नयाँ शक्ति फुट्दै : नयाँ पार्टी घोषणा हुँदै

\"\"काठमाडौं, २० फागुन  । अन्य राजनीतिक पार्टीहरुले केही गर्न सकेनन् भन्दै वैकल्पिक शक्तिको दावीका साथ स्थापना भएको नयाँ शक्ति नेपालमा ठूलो विद्रोह हुने भएको छ । पार्टीको संगठनात्मक र वैचारिक कार्यशैली र पद्धतीसँग असन्तुष्ट भएका देशभरीका नेता तथा कार्यकर्ताहरुले पार्टी छोड्ने तयारी गरेका छन् । नयाँ शक्ति समानान्तर पार्टी कमिटिका नामबाट उनीहरुले नयाँ शक्ति छोडेर वैकल्पिक शक्ति निर्माण गर्ने भएका छन् । “बाबुरामजीले पार्टीलाई पुरानै कम्युनिष्ट शैलीमा चलाउन खोज्नुभयो, हरेक कुरामा केन्द्रीकरण भयो ।” नयाँ शक्ति नेपालका अन्तरिम परिषद सदस्य चन्द्रदेव ओझाले भने, “अहिले आएर स्थानीय निर्वाचनको समेत बिरोध गर्न थालेपछि हामीले पार्टी छोड्ने निर्णय गरेका हौं ।” असन्तुष्ट परिषद सदस्यहरुले लोकतन्त्रलाई मजबूत पार्न स्थानीय निकायको चुनाव गर्नुपर्ने धारणा राखेका छन् । “चुनाव भनेको लोकतन्त्रको मुख्य आधार हो, बिभिन्न पक्षका असन्तुष्टि संविधान संशोधनमार्फत हल गर्न सकिन्छ, त्यसका लागि समय पनि छ ।” ओझाले भने, “तर बाबुरामजी चुनाव भाँड्ने र देशलाई अराजकतातर्फ लैजाने योजनामा हिँड्नुभयो । संगठनात्मक कार्यशैलीमा त पहिलादेखि नै हाम्रो असन्तुष्टि थियो, अहिले कार्यदिशा र वैचारिक कुरामा पनि असहमति भयो ।” असन्तुष्ट अन्तरिम सदस्यहरुले संयोजक बाबुरामसँग यसबारेमा पटकपटक कुरा गरेपनि बाबुरामले सच्चिन नमानेपछि नयाँ पार्टी गठन गर्ने निश्कर्षमा पुगेको ओझाले बताए । ओझासँगै निर्मल भट्टराईलगायतले नयाँ पार्टीभित्रका सबै जिल्ला समितिहरुमा छलफल गरेर समानान्तर पार्टी निर्माण गर्ने अभियान थालेका हुन । उनीहरुले दावी गरे अनुसार, अहिले २० प्रतिशत भन्दा बढी अन्तरिम सदस्यहरु नयाँ पार्टीमा सहभागी हुने छन् । नयाँ पार्टीले चुनावका लागि मिल्न सक्ने पक्षहरुसँग वैचारिक छलफल चलाउने तर कुनै पार्टीमा विलय या एकता भने नगर्ने ओझाले बताए । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा ३ सय ७५ जना अन्तरिम परिषद सदस्य रहेका छन् । बाबुराम भट्टराईले संविधान संशोधन नगरी चुनाव गर्नु हुँदैन भनेर सघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर प्रेस विज्ञप्ती जारी गरेपछि पछिल्लो विवाद चुलिएको थियो । फोरमसँग पार्टीको विधानविपरित विज्ञप्ती जारी गर्नु, चुनावको आवश्यकता रहेको बेला यादवको बोलीमा बोली मिलाएर बाबुराम हिँड्नु पार्टीको मूल वैचारिक र सांगठिनक लाइन विपरित भएको भन्दै असन्तुष्टहरुले बिरोध गरेका थिए । यसअघि पनि बाबुरामसँग असहमति राख्दै नौ जना केन्द्रीय सदस्यहरु (अन्तरिम परिषद सदस्य)हरुले बाबुरामलाई पत्र बुझाएका थिए । पार्टी नेतृत्वले बारम्बार खबरदारी गर्दा पनि स्वेच्छिक ढंगले हिँडन खोजेपछि पार्टी नै छोड्नुको विकल्प नरहेको भन्दै असन्तुष्टहरुले देशैभरी छलफल चलाएरु पार्टी गठन गर्न खोजेको बताएका छन् । “हामीले यही २६ गतेभित्र समानान्तर नयाँ शक्ति पार्टीको राष्ट्रिय भेला राजधानीमा आयोजना गर्दैछौं ।” ओझाले भने, “त्यसअघि सबै जिल्लामा छलफल चलाइरहेका छौं । अधिकांश साथीहरु बाबुरामको कार्यशैलीको बिरोधमा छन् । सबैलाई समेटेर वैकल्पिक शक्तिको रुपमा अघि बढ्छौं ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending