Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

के गर्दैछन् नेताका छोराछोरी ?

\"admin-ajax.php\"नेपालमा मात्र होइन, विश्व राजनीतिमै युवाहरुको महत्वपूर्ण भूमिका र योगदान रहने गरेको छ । राणा शासनविरोधी आन्दोलनदेखि २०६२/६३ को जनआन्दोलनसम्म र गणतन्त्र संस्थागत गर्ने क्रममा चलेका त्यसयताका आन्दोलन, संघर्ष र राजनीतिक गतिविधिहरु समेतमा पनि नेपाली युवाहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहिआएको छ । तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृत्वमा दस वर्ष (वि.सं. २०५२–६२) सम्म चलेको सशस्त्र जनयुद्धमा त झन् युवाहरुको सहभागिता, योगदान र भूमिका सबैभन्दा बढी रहेको कुरा सबैका सामु स्पष्टै छ । यसरी युवाहरुको महत्वपूर्ण भूमिका हुँदाहुँदै पनि राजनीति, आन्दोलन या संघर्षका मुख्य चालक एवम् निर्णांयक पक्षचाहिँ शीर्षस्थ नेता नै हुने गरेका छन् । तर, उनीहरुले सधैं नै युवा उमेरका आम नागरिकलाई राजनीति तथा आन्दोलन र संघर्षहरुमा सक्रियतापूर्वक अघि बढ्न आह्वान र प्रोत्साहन गर्दै आएका छन् । र, ती नेता संयोग वा अवसरअनुरुप ‘सांसद्’/सभासद, उपसभामुख/सभामुख, राज्यमन्त्री/मन्त्री, उप्रधानमन्त्री/प्रधानमन्त्री, उपराष्ट्रपति/राष्ट्रपतिसम्म बन्ने गरेका छन् । यसरी अरुका छोराछोरीलाई सधैं राजनीतिमा आउन र संघर्षमा हेलिन प्रोत्साहित गरिरहने मुलुकका प्रभावशाली नेताहरुकै छोराछोरी चाहिँ के गरिरहेका छन् त ? यस विषमा सरसर्ती नजर डुलाएका छन् खबरडबलीकर्मी गणेश पाण्डेले । –सम्पादक आन्दोलन गर्ने गरिब-गुरुबा, मौका लुट्ने डाक्टर सा’बहरू ! \"rambaranगणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका दुई छोरा र एक छोरी छन् । व्यावसायिक चिकित्सक समेत रहेका  यादवका जेठा छोरा चन्द्रमोहन यादव पनि चिकित्सकै हुन् । चन्ढीगढ, भारतबाट एमडी सकेका डा. चन्द्रमोहन दोस्रो संविधानसभामा सभासद छन् । जनकपुरबाट प्रवेशिका उत्तीर्ण गरेका चन्द्रमोहन केही समय वीर अस्पतालमा सञ्चालित चिकित्सा शिक्षामा केही समय प्रोफेसर बनेका उनी पहिलो संविधानसभाको उपनिर्वाचनमा धनुषा– ५ बाट पराजित भए । राष्ट्रपति यादवका कान्छा छोरा चन्द्रशेखरले पनि जनकपुरबाटै विद्यालय शिक्षा पूरा गरेका हुन् । बैंककबाट ‘इन्भाइरोमेन्ट इन्जिनियरिङ’ मा स्नाकोत्तर यादव अहिले अमेरिका छन् । राष्ट्रपति यादवकी एक मात्र छोरी अनिताले बेलायतबाट स्नाकोत्तर गरेकी हुन् । राष्ट्रपति बुबासँगै शितल निवासमा बस्ने अनिता विदेशी पाहुनाहरुलाई स्वागत गर्ने, भ्रमणको कार्यतालिका मिलाउनेजस्ता काममा सघाउँछिन् । अविवाहित कोइरालामाथि दाग न आरोप ! यतिबेला देशको कार्यकारी प्रमुख रहेका प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइराला अविवाहित छन् । उनी अघिका सभापति तथा आधा दर्जनचोटि प्रधानमन्त्री भएका गिरिजाकी छोरी सुजाताले अनेक उपद्रो र उट्पट्याङ गरेर बाबुको छविमा प्रश्नचिह्न खडा गरे तापनि त्यसअघिका सपभापति कृष्णप्रसाद भट्टाई र अहिलेका सभापति सुशील कोइरालामाथि गरिबका छोराछोरीलाई आन्दोलनमा जोतेर आफ्ना छोराछोरीलाई अवसर दिलाएको दाग र आरोप लाग्ने कुरै भएन । ‘पाखे’ लाई नेतृत्व गर्न राजनीतिशास्त्र पढ्दै देउवापुत्र पटकपटक प्रधानमन्त्री भइसकेका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाका एक मात्र छोरा जयवीरसिंह भर्खर प्लस टु सकेर बेलायतमा अध्ययनरत छन् । नेपालस्थित ब्रिटिस स्कुलबाट ‘ए लेबल’ पूरा गरेका देउवापुत्र बेलायतस्थित युनिभर्सिटि अफ योर्कमा राजनीतिशास्त्र अध्ययन गरिरहेका छन् । नेपालीहरुको सरदर वैवाहिक उमेर घर्किसकेपछि मात्रै विवाहबन्धनमा बाँधिएका राजसी ठाँटका देउवाका कलिला पुत्र समेत विदेशी विश्वविद्यालयबाट राजनीतिशास्त्र पढेर पर्केलगत्तै सडकमा धुलो खाँदै पार्टी र प्रजातन्त्र जोगाउने कांग्रेसका ‘पाखे’ (राणा तथा राजसीहरुले अरुलाई होच्याउन प्रयोग हुने शब्द । देउवा दरबारमा पनि यो शब्द प्रयोगमा रहेको जानकारहरु बताउँछन् ) हरुलाई नेतृत्व गरेर सत्ता चलाउने तयारीमै अघि बढिरहेका छन् । राजनीतिमै \'रस नभएका\' पौडेलका छोराछोरी ! कांग्रेस उपसभापति एवम् भावी सभापतिका दावेदार रामचन्द्र पौडेल चार छोरी र एक छोराका पिता हुन् । जेठी शर्मिला र माइली सन्ध्या घर–गृहस्थीमा जमिसकेका छन् भने साहिँली अनुजा र कान्छी अवज्ञा अध्ययनको सिलसिलामा अमेरिका छन् । पौडेलका एक मात्र छोरा चिन्तन भारतीय दूतावासको छात्रवृत्तिमा बेङ्लोरमा कम्प्युटर इन्जिनियरिङ सकेर राजधानीमै जागिर खाइरहेका छन् । पौडेलपुत्र चिन्तन राजधानीमा निजी इलोक्ट्रोनिक कम्पनीका मालिक समेत हुन् । सिटाैला–सन्तति पनि टाढै छन् राजनीतिबाट... कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् । भारतीय दूतावासको सहयोगमा चेन्नइमा इलेक्ट्रिक इन्जिनियरिङ गरेका छोरा श्याप्रसाद उतै छन् । जेठी छोरी चपदीप्ति नेपालमै अध्ययन पूरा गरी प्राध्यापनरत छिन् भने कान्छी ऋतदीप्ति अमेरिकामा विद्यावारिधिरत छिन् । विश्वचर्चित नेताका बहुचर्चित छोरा : प्रकाश दाहाल \"prakashतीन छोरी र एक छोराका पिता हुन् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । जनयुद्धकालमा सिंगै विश्वले कान ठाडो पारेर नाम सुन्ने प्रचण्डका एक्ला छोरा प्रकाश त्यसताका अध्यक्ष बुबाका ‘स्टाफ’ थिए । शान्तिपूर्ण राजनीतिमा आएपछि संगठनको जिम्मेवारीमा सरेका प्रकाशले अनेकौं विवादास्पद गतिविधिका कारण ठूलै चर्चा बटुले । प्रेमप्रसंग र विवाह–सम्बन्धमा विवादित भएपछि पार्टी कारबाही समेत भोगेका प्रकाश राज्य समितिको सदस्यका रुपमा पार्टी काममै संलग्न छन् । उनले केही ‘मन मिल्ने’ साथीसँग मिलेर बंगुरपालन व्यवसाय समेत चलाइरहेका छन् । प्रचण्डपुत्र प्रकाश पनि जनयुद्धकालमा निकै दुःख भोग्ने नेताका छोराछोरीमध्येमै पर्दछन् । राजनीतिमै सक्रिय जेठी प्रचण्डपुत्री ज्ञानुको गत वर्ष निधन भयो । माहिली रेणु जनयुद्धकालदेखि नै सक्रिय राजनीतिमा छिन् । पहिलो संविधानसभामा सभासद् रहेकी एमाओवादी राज्य समिति सचिवालय सदस्य रेणु यसपटक काठमाडौं– १ बाट पराजित भइन् । कान्छी प्रचण्डपुत्री गंगा राजनीतिमै भए पनि त्यतिसाह्रो चर्चामा छैनन् । बा-आमाजस्तै मेधावी बन्ने धुनमा मानुषी ! \"Manusi_Yami_Bhattarai-400\"वरिष्ठ एमाओवादी नेता डा. बाबुराम भट्टराई तथा चर्चित नेतृ हिसिला यमीकी एक मात्र सन्तान हुन्– छोरी मानुषी यमी भट्टराई । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नाकोत्तर मानुषी भारतीय दूतावासको छात्रवृत्तिमा जवाहरलाल नेहरु विश्वविद्यालयमा एमफिल अध्ययनत छिन् । केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचन जितेकी मानुषी केही अघिसम्म एमाओवादीसम्बद्ध अखिल (क्रान्तिकारी) की केन्द्रीय सचिवालय सदस्य थिइन् । निर्वाचन हुन नसकी सर्वोच्च अदालतले स्ववियुको पुरानो टिमलाई कामकारबाही नगर्न आदेश समेत दिएकै बेला विदेश हान्निएकी मानुषीलाई अखिल क्रान्तिकारीले पनि विदेश विभागको जिम्मेवारी मात्रै कायम राखेर केन्द्रीय समितिबाट हटाइसकेको छ । ‘सन्त नेता’ होइनन् है यीचाहिँ.... \"three‘सन्त नेता’ भनिन्थे कांग्रेसका अविवाहित दिवंगत पूर्वसभापति कृष्णप्रसाद भट्टराई । उनीपछि विवाहित तर विदुर नेता गिरिजाप्रसाद सभापति बने । गिरिजालगत्तै फेरि अर्का अविवाहित नेता सुशील कोइराला आइपुगे कांग्रेस सभापतिको आसनमा । र, अहिले एमाओवादी–माओवादी पार्टीको केन्द्रमा पनि थुप्रै अविवाहित पात्र जम्मा भएका छन् । तर, यी चाहिँ आफूलाई ‘सन्त’ भनाउँदैनन् र ठान्दैनन् । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, वैद्य माओवादीकी प्रवक्ता पम्फा भुसाल, एमाओवादी स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेल अविवाहित हुन् । त्यसैले यिनका सन्तान हुने कुरै भएन अनि छोराछोरीका उपद्रो वा पौरखको पनि । एमाओवादीकै अर्का नेता शशी शेरचन ‘स्वनाम साथी’ वृद्धावस्थासम्म अविवाहितै थिए तर उनीचाहिँ गत वर्ष मात्रै आफ्नै सहयोगी एक युवतीसँग विवाहबन्धनमा बाँधिएका छन् । पूरै राजनीतिमय महरा परिवार \"Mahara_2_Vai\"दुई छोरा र दुई छोरीका पिता हुन् एमाओवादी महासचिव कृष्णबहादुर महरा । महराका सबै सन्तान युद्धकालदेखि नै सक्रिय राजनीतिमा छन् । तत्कालीन जनमुक्ति सेनाका बटालियन कमान्डर हुन् महराका जेठा छोरा निर्मल महरा ‘एटम’ र कान्छा रेशम महरा ‘राहुल’ । सेना समायोजनताका स्वेच्छिक अवकाश लिई दुवै पार्टी राजनीतिमा आए । एटम दाङमा रही पार्टीको जिम्मेवारी निभाइरहेका छन् भने राहुल बुबाको सचिवालमा सक्रिय छन् । जेठी छोरी उन्नति एमाओवादी राज्य समिति सदस्य छिन् भने कान्छी प्रगति पार्टीसम्बद्ध सांस्कृतिक मोर्चा ‘सामना परिवार’ मा जनकलाकार छिन् । कमान्डर पासाङको ‘माओवादी’ परिवार \"Dipesh_Pun\"एमाओवादी स्थायी समिति सदस्य एवम् पूर्वजनमुक्ति सेनाका कमान्डर नन्दकिशोर पुन ‘पासाङ’ को पनि पूरै परिवार राजनीतिमा सक्रिय छ । दुई छोराका पिता पासाङकी श्रीमती हस्तमाली र जेठा छोरा जितेन्द्र काठमाडौंको ४ नं क्षेत्रमा सक्रिय छन् । कान्छा छोरा दिपेश विद्यार्थी राजनीतिका चर्चित पात्र हुन् । सम्पूर्ण पुन परिवार जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमै क्रियाशील छ ।     डाक्टर–इन्जिनियरका बाबु माधवकुमार नेपाल एमालेका सर्वशक्तिमान महासचिव माधवकुमार नेपाल पहिलो संविधानसभा निर्वाचनयता गौण भूमिकामा छन् । दुई कार्यकालयता सर्वोच्च पद गुमाएका पूर्वप्रधानमन्त्री नेपालका एक छोरा र एक छोरी छन् । छोरा सौरभले भारतबाट इलेक्ट्रोनिक इन्जिनियरिङ पूरा गरिसकेका छन् । नेपालस्थित एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत सौरभ कोटेश्वरस्थित नेपालनिवासमा बा–आमासँगै बस्छन् । छोरी सुमन चाहिँ भरतपुरस्थित मेडिकल कलेजमा एमडी अध्ययनरत छिन् । नेपालका छोराछोरी दुवैले स्नातक तहको अध्ययन भारतमै पूरा गरेका हुन् । सोझै ‘नेता’ भए गौतम–खनाल ! एमाले निवर्तमान अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालका एक मात्र सन्तान छोरा निर्भिक विज्ञान विषयमा अमेरिकाबाट स्नातकोत्तर हुन् । अमेरिकाबाट फर्केपछि उनी एमाले भ्रातृसंगठन युवासंघमा सक्रिय छन् । केही समयअघि युवा संघमा खनालका छोरा निर्भिक र पार्टी उपाध्यक्ष वामदेव गौतमका छोरा इन्जिनियर हरिश गौतमलाई विधानविपरीत मनोनयन गरेको भन्दै चर्को विवाद समेत भएको थियो । नेताका छोराछोरी भएकै कारण संगठनको तलका कमिटीमा समावेश नभई एकाएक केन्द्रीय नेता बन्न पुगेको असन्तुष्ट पक्षको आरोप थियो । गौतमले चिनिया छात्रवृत्तिमा उतै अध्ययन गरेका हुन् । सहिदका छोराछोरीको कोटामा जीवित तथा बहालवाला उपाध्यक्षका छोरा छात्रवृत्तिमा अध्ययन गर्न चीन पुगेको भन्दै उनी आलोचित छन् । बुवा गृहमन्त्री भएपछि ठेक्कापट्टा हरिशको सक्रियता बढेको छ । गौतमका दुई छोरी भने घर–गृहस्थीमै छन् । राजनीतिशास्त्री र डाक्टर बने मदनका दुई सन्तान तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारी र हालकी उपाध्यक्ष विद्यादेवी भण्डारीका दुई सन्तान छन्– छोरीहरु निशाकुसुम र उषाकिरण । भण्डारीको रहस्यमय जिप दुर्घटनामा निधन भएपछि दुई छोरी हुर्काउने जिम्मा पूरा गरिन् उपाध्यक्ष भण्डारीले । जेठी उषाकिरण भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नाकोत्तर सकेर अहिले एमाले भ्रातृसंगठन जिफन्टमा कार्यरत छिन् । निशाकुसुमले चाहिँ नेपालमै चिकित्साशास्त्र पढे एमबीबीएस पूरा गरेकी छन् । गच्छदारका तीन सन्तान तीनतिर मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष तथा मधेशी मोर्चाका प्रभावशाली नेता विजयकुमार गच्छदारका दुई छोरा र एक छोरी छन् । जेठा छोरा सुमन अमेरिकामा अटोमोबाइल्स इन्जिनियरिङ अध्ययनरत छन् । कान्छा छोरा सुवासले भने त्रिविबाट राजनीतिशास्त्रमा स्नाकोत्तर सके । छोरी रिना दिल्लीबाट स्नातक सकेर घर–गृहस्थीमै छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies