Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

संशोधनबारे मोर्चामा चुलियो विवाद

\"\"काठमाडौं, २० फागुन । मधेसी मोर्चाभित्र संविधान संशोधनको विषयलाई लिएर विवाद भएको छ । संशोधनविना निर्वाचनमा सहभागी नहुने मोर्चाको निर्णयविपरीत संघीय समाजवादी फोरमले निर्वाचन आयोगमा दल दर्ता गराएपछि मोर्चाभित्र विवाद उत्कर्षमा पुगेको छ । आजको नयाँ पत्रिकामा खबर छ– संविधान संशोधन विधेयकमाथि संशोधन गर्न नमान्ने संघीय समाजवादीले स्थानीय तहको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएको मोर्चामा आबद्ध अन्य दलका नेताले आरोप लगाएका छन् । ‘संशोधनविना निर्वाचनमा सहभागी नहुने निर्णय गर्ने, तर निर्वाचन आयोगमा सुटुक्क दल दर्ता गर्नु आपत्तिजनक छ ।’ मोर्चाआबद्ध दलका एक नेताको टिप्पणी छ । मोर्चाभित्र तीन विवाद १) संशोधन विधेयकमाथि संशोधन उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी संविधान संशोधनमाथि संशोधन राख्न नहुने भन्दै संशोधन दर्तामा सहभागी भएनन् । उनीहरूले मोर्चाले अस्वीकार गरेको संविधान संशोधनमाथि संशोधन दर्ता गराउनु गलत भएको टिप्पणी गरेका थिए । तर, मोर्चाका अन्य दलले संशोधनमाथि संशोधन दर्ता गराए । त्यही विषयलाई लिएर मोर्चामा विवाद छ । मोर्चामा आबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका महामन्त्री केशव झाले फोरमले संशोधन दर्ता गराउन असहमति जनाएकाले सामान्य विवाद ल्याएको बताए । तर, फोरमका प्रमुख सचेत डा. शिवजी यादवले संशोधन दर्ता गर्ने नगर्ने कुरा पार्टीको आफ्नो मत भएको दाबी गरे । २) आयोगमा दल दर्ता मोर्चाले स्थानीय तहको निर्वाचनमा सहभागी नहुने र निर्वाचन आयोगमा दल दर्ता नगर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मोर्चाआबद्ध अन्य दलले आयोगमा दल दर्ता गराएनन् । १८ फागुनभित्र दल दर्ता गराइसक्नुपर्ने थियो । तर, निर्णयविपरीत फोरमले आयोगमा दल दर्ता गराएको भन्दै मोर्चाका अन्य दल असन्तुष्ट छन् । मोर्चाआबद्ध दलका एक नेताको भनाइमा फोरमले मोर्चाभित्र द्वैध चरित्र देखाइरहेको छ । फोरमका प्रमुख सचेतक यादवले आयोगमा दल दर्ता गर्नु सामान्य कुरा भएकाले विवादको विषय बनाउन नहुने बताए । ३) स्ववियु निर्वाचन मोर्चाले स्वतन्त्र विद्यार्थी युनियनमा सहभागी नहुने निर्णय गरेको रामसपाका महामन्त्री झाको भनाइ छ । तर, फोरमनिकट विद्यार्थी संगठन भने पहाडी जिल्लाका क्याम्पसमा सहभागी भएको छ । फोरमको यस्तो निर्णयले मोर्चामा विवाद ल्याएको उनीहरूको तर्क छ । अब के गर्छ मोर्चा ? मधेसी मोर्चासँग तीन विकल्प देखिएको छ । नेताहरू मोर्चासँग सरकारले घोषणा गरेको निर्वाचनमा जाने, संशोधन नभई निर्वाचन नजाने र आन्दोलनमा जाने गरी तीनवटा विकल्प रहेको बताउँछन् । ‘अब हामीसँग निसर्त सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी हुने, दोस्रो आन्दोलनमा जाने र तेस्रो विकल्प संशोधनलाई राजनीतिक नारा बनाएर निर्वाचनमा जाने विकल्प हुन सक्छन्,’ झाले नयाँ पत्रिकासँग भने । तर, संशोधनविना कुनै पनि निर्वाचनमा मोर्चा सहभागी नहुने उनले बताए । झाका अनुसार केही दिनमै मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छ । निर्वाचन मुठभेड निम्त्याउने काम मात्रै हुने भन्दै फोरम प्रमुख सचेतक शिवजी यादवले आन्दोलनबाहेकको विकल्प नभएको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: