Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

यसरी ठडिदैछ मुसहर बस्ती (फोटोसहित)

\"\"महोत्तरी, १९ फागुन । सधैं टेलिभिजनको पर्दामा देखिने, सधैं हसाउँने, त कहिले रुवाउने पनि । रुवाउने भन्दापनि धेरै हसाउँने एउटा जोडि यतिबेला इट्टा र बालुवा बोक्न हतारमा देखिन्छन् । बर्षदिन अघिदेखि उक्त जोडिको पिठ्यूमा बालुवा र इट्टाको भारी नबोकेको कुनैदिन छैन् । उनीहरुलाई न बर्षायाममा कुनै झरिको प्रवाह छ, न जाडो याममा कुनै सितको प्रवाह, न त प्रचण्ड गर्मीको नै प्रवाह छ । जो निरन्तर कहिले सिन्धुपाल्चोककको इन्द्रावतीको तिरैतिर त, कहिले काभ्रेपलाञ्चोकको डाडै–डाडाँ हुँदै यतिबेला तराईको समथर भू–भागमा कुनै थकानको प्रवाह नगरि काममा व्यस्त छन् चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मस) र कुन्जना घिमिरे (सुन्तली) । पूर्व –पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबास चोकबाट झन्डै १ किलोमिटर दक्षिणमा मुसहर बस्ती छ । एकिकृत नमुना बस्ती बनाउन यतिवेला उक्त जोडीलाई भ्याईनभ्याई छ । \"\" सितलहर कठ्याङरिएर बस्न नसकेका मुसहर बस्तीको रुप यतिबेला फेरिने क्रममा छ । बर्दिबास नगरपालिका –२ मा पर्ने मुसहर टोलमा एकीकृत बस्ती निर्माण संगै चेतनाको लहरले स्थानियको दिन फेरिदिएको छ । \"\" जाँडरक्सिको पैसा समूहमा ५० घरधुरीलाई लक्षित गर्दै निर्माणाधिन अवस्थामा रहेको एकिकृत नमुना मुसहर बस्तीका २ सय ७० जना मुसहरहरुको आनीबानीमा समेत परिवर्तन भएको छ । दैनिक ज्याला मजदुरी गरेर कमाएको रुपैंयाँ जाँड रक्सीमा उडाउँदै आएका मुसहरहरुको दैनिकी अचेल फेरिएको छ । हिजोआज मुसहरहरु जाँडरक्सी खान छोडेर कमाएको पैसा घरखर्ची, छोराछोरीको पढाइमा खर्चिने गरेका छन् । भइपरी आउने खर्चको लागि उनीहरु गाउँमा समुह गठन गरेर मासिक बचत गर्न थालेका छन् । \"\" धुर्मुसको ‘ब्रिफिङ’पछि काम शुरु मुसहर टोलका विन्दे सदाको आजभोली दिनचर्या बदलिएको छ । दैनिक ज्याला गरेर कमाएको पैसाले सधैंभरी जाँड रक्सीमा रित्याउने विन्दे आजभोली कमाएको पैसा जोहो गर्छन् । एकीकृत बस्ती निर्माणमा उनी विहान ६ बजे डिउटीमा पुग्छन् । डिउटीमा पुग्नु अगाडी २० मिनेट रोल क्रममा उनी बस्छन् । ३५ बर्षीय विन्देसंगै मुसहर टोलका ६५ जना स्थानीय सबै रोलक्रमको लागि एक विहानै लाम लाग्छन् । निर्माणमा खटिएका स्थानिय सहित अन्य कामदारहरु राष्ट्रिय गानमा सहभागि हुन्छन् । गानपछि हाँस्यकलाकार सिताराम कट्टेल ’धुर्मुस‘ ले दैनिक गर्ने कामको ब्रिफिङ गर्छन् । र बस्ती निर्माणको लागि विन्दे सहितका कामदारहरु घर निर्माण कार्यमा खट्छन् । करिब ५ दर्जन घर भएको मुसहर बस्तीका स्थानिय सहयोगि हातको प्रतिक्षामा बर्सौंदेखि बाटो कुरेर बसेका थिए । बर्खामा चुहिने, जाडोमा शितलहर पस्ने स–साना छाप्राहरुमा मुसहरहरु दिनरात बिताउँथे । दयनीय अबस्थामा गुजारेका उक्त बस्तीलाई यतिबेला नयाँ जीवन दिने अभियान अन्तिम चरणमा पुगेको छ । निर्माण थालेको दुई महिनामा घर निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । १५ कठ्ठा क्षेत्रफलमा निर्माण भएको उक्त एकीकृत बस्तीका प्रत्येक घरहरुमा मुसहरका सबै घरधुरी र कलाकार सिताराम कट्टेललगायतले दिनरात खटिरहेका छन् । दिउँसो प्रचण्ड गर्मी हुने भएपछि उनीहरु बिहानै काममा खटिन्छन् । धुर्मुसका अनुसार यो वस्ती बालमैत्री र अपाङ्ग मैत्री पनि हुनेछ । यसअघि काभ्रेको पहरी वस्तीमा बनाएको एकिकृत नमूना वस्ती, सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत नमुना बस्ती भन्दा फरक र ‘एड्भान्स’ हुन्छ । सिन्धुपाल्चोक र काभ्रेका भुकम्प पीडितहरुलाई पनि धुर्मुस–सुन्तली फाउन्डेसनले एकिकृत नमूना बस्ती बनाएका थिए । बस्तीमा एउटा सामुदायिक घर र चिल्ड्रेन पार्क यस वस्तीका थप विशेषता हुन् । घरहरु एक अर्कासँग जोडिएका हुने छैनन् । ३ कोठा र चोटासहित भवनमा एउटा भान्सा कोठा हुनेछ । भवनसंगै ट्वाइलेट, वाथरुम हुनेछन् । भ¥याङ चढेर एक तल्लामाथि गएपछि बुईंँगल हुनेछ, जहाँ सरसामान राखिन्छ । वस्तीमा फराकिला बाटो छ । वस्तीभित्र सजिलै दमकल, एम्बुलेन्स ओहोरदोहोर गर्न सक्छन् । वस्तीमा पानीको व्यवस्था गरिएको छ । घरहरु ईटाले बनेका छन् । एउटा पक्की घरमा डण्डी, रोडागिट्टी, बालुवा र जस्तापाता प्रयोग हुनेछ । \"\" यसरी शुरु भयो अभियान अशिक्षा, गरिबी र सामजिक रुपमा पीछडीएका मुसहरहरुको उक्त बस्ती निर्माण धुर्मुस– सुन्तली फाउण्डेशनले गरेपनि बस्ती निर्माणको श्रय पत्रकार तथा सामजिक अभियान्ता राजकरण महतोको रहेको कलाकार सिताराम कट्टेलले बताए । पत्रकार महतो महोत्तरी निवासी हुन् । सरसफाई अभियानमा लागेका महतोले पत्रिका मार्फत सो बस्तीको बारेमा निरन्तर समाचार लेखेपछि उक्त मुसहर बस्ती निर्माणको शुरुवात भएको थियो । \"\" ‘उहाँ नै हुनहुन्छ यो बस्ती निर्माण शुरुवातको श्रयकर्ता’, पत्रकार राजकरणलाई देखाउँदै धुर्मुसले भने । विभिन्न राजनीतिक दलहरुको भोट बैंक बनेको उक्त बस्तिमा शिक्षा, स्वास्थ्य तथा विकास निर्माण तथा मुसहर बस्तीका जनताको जीवन स्तरका लागि कामहरु हुन नसकेको पत्रकार राजकरणको भनाई छ । उक्त नयाँ बस्ती निर्माण संगै रोग, भोग र अशिक्षाले पिल्सिएका मुसहर बस्तीको नवयुगको शुरुवात भएको उनको दाबी छ । राजकरणका अनुसार बस्ती निर्माणको अभियान संगै सो बस्तीका बालबालिका समेत विद्यालय जान थालेका छन् । \"\" आफ्नो कमाई जाँड रक्सीको लतमा मात्र खर्च गर्ने मुसहरहरु पछिल्लोपटक व्यहारिक हुन थालेको राजकरणको भनाई छ । उनीहरुमा सामुहिक भावनाको समेत विकास हुन थालेको छ । फाउण्डेशनले सिन्धुपाल्चोकको गिरानचौरमा शुरुवात गरेको एकीकृत बस्तीमा समेत मुसरहरुले दाउरा बेचेर तथा दैनिक ज्यालादार गरेर १५ हजार सहयोग गरेको पत्रकार राजकरणले खबरडबलीलाई बताए । बस्ती निर्माणले निकै उत्साहित भएका मुसहर बस्तीका सबैजना काममा खटिने गरेका एकिकृत नमुना मुसहर बस्तीका अध्यक्ष मञ्जय सदाले खबरडबलीलाई बताए । उक्त बस्तीका ५० घरहरु एकै पटकमा पाँच समुहले गुणस्तरीय र प्रतिस्पर्धात्म रुपमा निर्माणको काम गरिरहेका धुर्मुस सुन्तली फाउण्डेसनका परियोजना व्यवस्थापक अर्जुन प्रसाद न्यौपानेले खबरडबलीलाई बताए । पाँचवटा टिमले निर्माण गरिरहेको पाँचवटै टिममा एक जना टोली नेता छानिएका छन् । \"\" त्यहाँ निर्माधिन प्रत्येक घरका एक जना सदस्यले अनिवार्य रुपमा श्रमदान गर्नु पर्ने उर्दी जारी गरिएको छ । कसैको परिवारबाट बिनाकारण एक दिन अनुपस्थित भए तीन दिन सम्म गरेको हाजिरी काटिने नियम छ । \"\" प्रत्येक टिमलाई कसले छिटो गर्ने भनेर धुर्मुसले जोस्याइदिँदा रहेछन् । बिहानै टोली नेताले सिटी फुकेपछि गुरुरु निर्माणस्थलमा स्थानीयवासी ओइरिन्छन् । ब्रिफिङपछि स्थानियले भटाभट काम गर्न थाल्छन् । उनीहरुलाई भ्याएसम्म निर्माण स्थलमै खटिएर साथ दिन्छन धुर्मुसले । रुटिन अनुसार बिहान ६ः३० बजे खाजा खाएर काम सुरु हुन्छ । ११ बजे खाना खाएर विश्राम हुन्छ । १२ देखि साँझ ७ बजेसम्म निरन्तर काम हुन्छ । आवश्यक परे राती बिजुली बत्ति बालेर पनि काममा कामदारहरु खटिन्छन् । \"\"   २ करोड ६० लाख संकलन करिव ४ करोड ७८ लाख अनुमानित लागतमा बन्ने यो वस्तीका लागि देश–विदेशबाट हालसम्म २ करोड ६२ लाख सहयोग संकलन भएको र्धुुमुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कटेलले खबरडबलीलाई बताए । ‘सहयोग रकम आउने क्रम जारी छ तर, अपेक्षकृत हुन सकेको छैन,’ धुर्मुसले खबरडबलीसँग भने,‘बस्ती निर्माणमा अझ २ करोडको अभाव छ । भूकम्पले ध्वस्त भएको गिरान्चौर एकीकृत बस्ती निर्माण प्राप्त भएको सहयोग जस्तो मुसहर एकीकृत बस्ती निर्माणमा सहयोग जुटाउन ग्राहो छ । ’मुसहर बस्तीमा रहेको अशिक्षा र भाषाको कारण निर्माण प्रक्रियामा अर्को चुनौति रहेको उनले बताए । \"\" सबै चुनौतिका बाबजुत २ महिनामै रकेटको गतिमा बस्ती निर्माणको काम भइरहेको छ । गत पौष २५ गते महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र जनकपुरको गंगा सागर पोखरीका सरसफाई अभियन्ता आशिष यादवको हातबाट बैशाख १ गते बस्ती समुदायलाई हस्तान्तरण गर्ने शिलान्यास गरि काम सुरुवात गरिएको थियो ।   मुसरहरुमा उल्लास धुर्मुस–सुन्तलीको आगमनले यहाँका नागकिरहरुमा नयाँ उर्जाको सञ्चार भएको छ । एक पुस्ता होइन्, दुई पुस्ता होइन्, पुस्तौं पुस्तादेखि जीर्ण टहरोमा गुजारा गरिरहेका सोझासिधा तथा पीछडीएका मुसहरहरु नयाँ घरमा बस्न पाइने भएपछि मख्ख परेका छन् । ‘उहाँहरु त हाम्रो लागि भगवान नै हुनुभयो, हामीले नयाँ घर पाउने भयौं किन खुसी नहुनु ?’ स्थानीय माहवती सदाले खबरडबलीलाई भनिन् । आफ्नो घर बनेको मात्र नभई रोजगारी सिर्जना भएको उनले बताईन । आफ्नो घर निर्माण संगसंगै ज्याला पाएका उनीहरुले बिहानबेलुका छाक टार्न र बालबालिका पढाउन सहजता मिलेको शत्रुधन सदाले बताए । आफ्नो लागि घर बन्ने भनेर स्थानीयबासी आफैं काममा उत्साहित बनेको कलाकार धर्मुसको भनाई छ । उनले भने, ‘उहाँहरुको अनुहारमा देखिने खुशी र उत्साहाले हामीलाई काम गर्न प्रेरणा मिलेको छ ।’ सरकार र राजनीतिक दलहरुलाई सबक यहाँका स्थानीयवासीको आयआर्जनको प्रमुख स्रोत दैनिक ज्यालादारी नै हो । यद्यपि, यहाँ जग्गा प्रयाप्त भएपनि मुसहरहरुको एक घर बराबर बढिमा ५/६ धुर भन्दा छैन् । अशिक्षा र गरिबीले निकै पीछडीएको यस क्षेत्रमा यातायात र बजारको हिसावले निकै सुगम भएपनि यहाँका बासिन्दालाई कुनै प्रभाव छैन । न त यहाँका राजनैतिक दल तथा सरकारले नै यो बस्तीको लागी कुनै काम गरेको देखिन्छ । तर, र्धुमुस–सुन्तली फाउण्डेशनले सय दिनमै बस्ती ठड्याएपछि सरकार र यहाँका राजनैतिक दलहरुलाई ठूलो सबक दिएको छ । मुसहर बस्तीलाई गिरान्चौर बासीको सहयोग देशैभर निकै चर्चा कमाएको सिन्धुपाल्चोक गिरान्चौर एकीकृत नमुना बस्तीका तामाङ समुदायले मुसहर बस्तीलाई सहयोग गरेका छन् । बुधबार झण्डै ६० जनाको उक्त टोली बनाएर तामाङ समुदायले एकीकृत नमुना बस्ती निर्माणमा श्रमसहयोग गरेको गिरान्चौर नमुना एकीकृत वस्ती निर्माण व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङले खबरडबलीलाई बताए । ‘मुसहर बस्ती निर्माणमा हाम्रो पनि सहयोग पुगोस् भनेर ७ दिनको श्रमदान गरेका हौ’, अध्यक्ष तामाङले भने । ७ दिनको लागि चाहिने खाद्यान्न, लत्ताकपडा र ६० जनाको जनशक्तिसहित महोत्तरीको एकीकृत मुसहर बस्तीमा श्रमदान गरेर सिन्धुपाल्चोकको सहयोगी भावनालाई देशभरी सन्देश छर्न लागिएको सोही अभियानमा सहभागी गोरखबहादुर तामाङले बताए । एकीकृत बस्ती निर्माणमा सिन्धुपाल्चोकको सहयोगलाई अधिराज्यभर जतासुकै आवश्यक परेपनि सहयोग गरिने उनले बताए । \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies