Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

अस्पतालको लापर्वाहीका कारण बिरामीको ज्यान जाने क्रम बढ्दो

\"\"काभ्रे, १९ फागुन । अत्याधुनिक प्रविधि सहितको सेवामा आफूलाई देशकै अब्बल स्वघोषणा गर्दै आएको धुलिखेल अस्तपतालमा लापर्वाहीको श्रृंखला रोकिएको छैन । अस्पतालको लापर्वाहीका कारण धेरै विरामीको ज्यान जाने गरेको छ । अस्पतालले हरेक घट्नामा आफ्नो गल्ती स्वीकार्ने तर त्यस्तो लापर्वाही भने दोहोर्याई रहने गरेको छ । मंगलबार पनौति–१०, काभ्रे निवासी ४२ वर्षिया सुभद्रा महतको धुलिखेल अस्पतालमै मृत्यु भयो । उनको मृत्यु अस्पतालकै लापर्वाहीका कारण भएको अस्पतालले बुधबार एक विज्ञप्ति मार्फत स्वीकारेको छ । यो लापर्वाहीलाई अस्पताले प्राविधिक त्रुटीको संज्ञा दिंदै भविष्यमा नदोहो¥याउने प्रतिबद्धता जाहेर समेत गरेको छ । मंगलबार महत पाठघेर र पित्तथैलीमा भएको पत्थरीको उपचारको लागि आफै हिँडेर अस्पताल गई उनी शनिवार धुलिखेल हस्पिटलमा भर्ना भएकी थिईन् । केही समय अघिदेखि रक्त अल्पता र महिनावारी हुँदा अधिक रक्तश्राव हुने समस्याका कारण अस्पताल भर्ना भएकी उनको आइतबार शल्यक्रिया (अपरेसन) गरिएको थियो । सोमबारसम्म सामान्य अवस्थामा रहेकी उनको चिकित्सकको लापरबाहीले मृत्युु भएको मृतकका श्रीमान् सहदेव महतले बताए । घरबाट उपचारका लागि हिडेर अस्पताल आएकी श्रीमती उपचारमा लार्पावाही गर्दा अकालमै मृत्यु भएको उनको आरोप छ । चिकित्सकको लापरबाही, सिकारु विद्यार्थीहरु प्रयोगात्मक परिक्षण गर्ने गरेकोले उनको मृत्यु भएको परिवारको आरोप छ । पिडितको आफन्तहरुले बुधबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै धुलिखेल अस्पतालले गल्ती गरे पनि ढाकछोप गरेको आरोप लगाएका छन् । अन्तिममा आएर मृतकका आफन्तहरुको आरोप सही भएको छ । यस विषयमा बुधबार प्रेश विज्ञप्ती मार्फत अस्पतालले प्राविधिक गल्ती भएको भन्दै आगामी दिनहरुमा गल्ती नदोहोराउने जनाएको छ । विज्ञप्तिमा उल्लेख गरे अनुसार पित्त थैली तथा पाठेघर निकाल्ने शल्यक्रिया पछि शल्यक्रिया गरेको दोस्रो दिनमा विरामीको रगतमा होमोग्लोविनको मात्रा कम हुन गएकोले रगत चढाएको थियो । ‘विरामीको रक्त समूह लिने रगत (चिकित्सा क्षेत्रमा प्रचलित नियम अनुसार क्र म्याचिङ गरी) चढाउने क्रममा रगत चढाउँदा हुनसक्ने विरल जटिलता मध्य एक अप्रत्यासित प्रतिक्रिया हुन गई विरामीको अवस्था विग्रीदै गई उहाँको फाल्गुण १७ गते निधन हुन गएको हो ।’ अस्पतालले विज्ञप्तिमा भनेको छ– ‘उहाँको उपचारको क्रममा हुन गएको प्राविधिक त्रुटीलाई भविष्यमा पुनः नदोहो¥याउने प्रतिबद्धताका साथ शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’ यस अस्पतालमा पटक–पटक उपचारका क्रममा यस्ता घटना घटी कैयौंको अकालमा ज्यान गइसकेको छ । तर पनि बारम्बार माफी माग्दै घटनालाई अस्पतालले ढाकछोप गदै आएको र दोषीलाई कार्वाही नहुने गरेको पिडितहरुले गुनासो पोखेका छन् । यसरी सर्वसाधारणको जीवन माथि खेलवाड गर्ने अस्पताल र चिकित्सक माथि कार्वाही कहिले होला ?
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: