Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

बढ्न थाल्यो चुनावी चहलपहल, नागरिकमा उत्साह

\"\"दाङ, १९ फागुन । निर्वाचनको घोषणसँगै जिल्लामा निर्वाचनका लागि तयारीमा अधिकांश राजनीतिक दल आन्तरिक तयारीमा लागेका छन् । जिल्लामा स्थानीय निकाय निर्वाचनको चहलपहल बढेकाले आम नागरिकमा उत्साह बढेको पाइएको छ । गाउँका राजनीतिकर्मी, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस हुन थालेको छ । जिल्लामा क्रियाशील नेपाली काँग्रेस, नेकपा ९एमाले०, माओवादी केन्द्र, राप्रपालगायतका सैब दलले चुनावी तयारीअन्तर्गत घरदैलो, विभिन्न समिति गठनदेखि जनतालाई जगाउने काममा लागेका छन् । बीस वर्षदेखि भोट हाल्न नपाएर पर्खिएर बस्नुपर्ने अवस्था अब अन्त्य हुने स्थानीय समाजसेवी दलवीर वलीले बताए । स्थानीय निर्वाचनले जनप्रतिनिधि विहीन अवस्था अन्त्य हुने, विकास निर्माणले गति लिने, सार्वजनिक सेवा प्रवाह सहज बन्ने, संविधानको कार्यान्वयन र भागबन्डाको राजनीति अन्त्य हुने बृद्ध रामबहादुर केसीको भनाइ छ । “स्थानीय तहको निर्वाचनको चहलपहल सुरु भइसकेको नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले बताए । स्थानीय तहको निर्वाचन नै विकास र समृद्धिको आधार गाउँबाट सुरु हुने भएकाले सबै यो अभियानमा लागिसकेको सभापति खड्काले बताए । त्यसैगरी नेकपा ९एमाले० ले पनि चुनावी अभियानमा लागिसकेको जिल्ला अध्यक्ष टीकाराम खड्काको भनाइ छ । “हामीहरुले घरदैलो कार्यक्रम सुरु गरिसकेको छौँ चुनावका लागि जनतालाई जगाउने काम सुरु गरेका छौँ ” उनले भने, “विभिन्न स्थानमा कार्यकर्ता भेटघाट भ्रातृ सङ्घ सङ्गठनको गठन र प्रशिक्षण कार्यक्रम सुरु भइसकेको छ । ” नेकपा माओवादी केन्द्रले पनि चुनावको तयारीका लागि विभिन्न स्थानमा भेटघाट, सङ्गठन विस्तारमा लागेको जनाएको छ । त्यस्तै राप्रपा पनि चुनावको तयारी गरेको उल्लेख गरेको छ । राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतले दुई पार्टीको एकतापछि विभिन्न तहमा सङ्गठन निर्माणमा लागेको र चुनावको तयारीमा पार्टी होमिएको बताए । हाल जिल्लाका विभिन्न स्थानमा चियापसल चौतारीमा समेत चुनावको वारेमा चर्चा परिचर्चा हुने गरेको छ । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending